सिरहा,कात्तिक १४ गते । सिरहको धनगढीमाई नगरपालिकाबाट लागु औषध गाँजा सहित एक जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको गस्तीटोलीले विशेष सुचनाको अधारमा धनगढीमाई नगरपालिका १३ बाबुराम खोलाबाट १४ किलो गाँजा सहित सोही नगरापालिका १४ बस्ने वर्ष ५० वर्षीय पदम बहादुर विश्वकर्मालाई प्रहरीेले पक्राउ गरेको छ ।पक्राउ परेका विश्वकर्मा माथि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा,कार्तिक १२ गते । सिरहा प्रहरीले भन्सार छली गरी ल्याउदै गरेको १४ पोका कपडा सहित गाडी र चालक पक्राउ गरको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट बिशेष सुचना तथा निर्देशनमा ईलाका प्रहरी कार्यालय धनगढीले उक्त परिमाणको कपडा ,पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ ।ईलाका प्रहरी कार्यालय धनगढीको अगाडीबाट पश्चिम तर्फ आउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयको बिशेष सुचनाको अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको विशेष सुचनाको अधारमा ज.१च.१९३० नंम्वरको गाडी सहित १४ पोका कपडा सहित एक जना चालकलाई पक्राउ गरेको छ ।सो सम्वन्धि आवश्यक अनुसन्
ढल्केवर, कात्तिक ११ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । शनिबार मध्याह्न १२ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७९ प ४७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज २ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।ठक्करबाट बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका–१, लक्ष्मिनिवासका २८ वर्षीय राकेश राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका राउतको जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोही मोटर
सप्तरी,कात्तिक ७ गते । कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीवन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मंगलवार टीका तथा जमरा ग्रहण गर्नुभएको छ । विभिन्न अपराधमा संलग्न वा आरोपको कारण परिवारबाट टाढिएका कैदीहरूको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन दुर्गामाताले कृपा गरून् भन्दै प्रजिअ थापाले आशीर्वाद दिनुभयो । विजयादशमीमा मानवीय संवेदनालाई उजागर गरी आफूभित्रका विकारलाई मानिसले फालेर समाजमा हुने अपराधको ठाउँमा प्रेम र सदभाव कायम गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी थापाले कैदीवन्दीलाई टीका जमरा अर्पण गर्दै दशैको शुभकामना दिनुभएको सप्तरी कारागार प्र
राजविराज, कात्तिक ७ गते । विजयादशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ । हिन्दु धर्मालम्बीहरुको महान् पर्व बडादसैंको विजयादशमीका दिन घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गर्ने प्रचलन छ । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, शान्ति एवं समृद्धि हुने विश्वासका साथ जमरा र टीका लगाएका हुन् । बिहान नुहाइधुवाई गरी नयाँ वा सफा लुगामा टीका र जमरा लगाएका छन् । आफन्तजनसँगै केहीले मन्दिरमा पनि टीका र जमरा ग्रहण गरेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महानन्द ठाकुरले बताउनुभयो
जनकपुरधाम,कात्तिक ७ गते । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । अष्टमीको राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजे ५ मिनेट सम्म चलेको थियो ।अष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।
लहान, कात्तिक ५ गते । मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई मधेश प्रदेश सरकारले २०७८ साल चैतमा प्रादेशिक अस्पताल लहान नामकरण गरेपछि दाता शारडा र मुरारका परिवार रुष्ट भएका थिए । दाता परिवारको नाम हटाउन नहुने भन्दै लहानमा यसको विरोध भएको थियो । त्यसपछि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा जनप्रतिनिधिहरूले दाताको नाम थपेर अस्पतालको पुनः नामकरण हुनुपर्ने मागस
रौतहट,कात्तिक ५ गते । रौतहटमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।शनिबार दिउँसो २ बजे चन्द्रपुर नगरपालिका वडा नं. ५ राजपेडस्थित जंगलमा घाँस काट्न गएका तीन जना महिलामाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दामोदर केसीले जानकारी दिए।आक्रमणबाट सोही ठाउँकी ५४ वर्षीया अधनया देवी र पनावती कुमारी चौधरी घाइते भएका थिए। उनीहरू सामान्य घाइते भएका थिए। तर मनिया देवी कुमर फेला परेकी थिइनन्। हात्तीको आक्रमण पछि बेपत्ता भएकी मनिया देवीकी नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुरको संयुक्त टोलीले खोजी गरेको थियो। खोजी गर्ने क्रममा आइतबार बिहान साढे ७ बजे
बद्री नारायण यादवसिरहा, कार्तिक ३ गते। जन गुनासोको सुनुवाई गर्दै अघि बढेका सिरहाको प्रादेशिक अस्पतालको मुहार फेरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा। प्रमोद कुमार यादवले बताए । मन्त्रालयको टोलीलाई नेतृत्व गर्दै प्रादेशिक अस्पताल सिरहाको स्थलगत अनुगमन गर्दै उनले त्यस्तो कुरा बताएका हुन् । ‘जिल्ला अस्पतालको रुपमा रहेको अवस्थामा धेरै गुनासो आइरहेको हुन्थ्यो,’उनले भने,‘मधेश प्रदेशको मातहतमा भए पछि सोही गुनासोलाई सुनुवाई गर्दै अघि बढेपछि जिल्लाबाट प्रादेशिक अस्पतालमा परिणत भएको छ ।’्स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश र प्रदेशका विभागले गरेको निर्देशन अनुसार काम
बर्दिबास, कात्तिक २ गते । वृद्ध दम्पतीको रकम लुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गौशाला बजार क्षेत्रमा असोज ७ गते लुटपाट गर्ने सर्लाही मलङ्गवा ५ भाडसरका २९ वर्षीय रमेश सनहीलाई प्रहरीले पक्राउ गरेको हो ।गौशाला बजारस्थित एनआईसी बैङ्कबाट ६ लाख ३६ हजार रुपियाँ निकालेर घरतर्फ जाँदै गरेका गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र सूर्यकला देवीको रकम लुटपाट गरी फरार भएका थिए । सिसी क्यामेरा फुटेज तथा अल्फाबेट नखुलेको ७०५९ नंको भारतीय मोटरसाइकलको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.