सिरहा,कार्तिक १८ गते । सिरहास्थित औरही गाउँपालिकाका प्रशासनिक भवन जेएनजीको प्रदर्शनको क्रममा भदौ २४ गते आगजनी गरिएपछि औरही गाउँपालिका औरही अस्पतालमै सरिदिंदा अस्पतालबाट हुने सेवा प्रवाहमा समस्या भइरहेको छ । 

पालिकाको प्रशासनिक कामकाज अस्पतालकै भवनबाट संचालन हुन थालेपछि कोठा अभावमा प्रसुति सेवा, अस्पतालको प्रशासनिक काम, ओ.पी.डी. सेन्टर सेवा प्रभावित भएको अस्पतालका प्रमुख उपेन्द्र यादवले उल्लेख गर्नुभयो । 

यता अस्ताल र पालिका एउटै भवनमा संचालन हुन थालेपछि विरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ औरही गाउँपालिकाको कोठा अभावमा प्रशासनिक काम गर्न समेत कठिनाई भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले जनाउनु भयो ।

कोठा अभावमा अस्पतालको माथिलो हलमा रहेको न्याययिक समितिको कोठाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षले र अन्य केही कोठाबाट कर्मचारीले सेवाग्राहीलाई सेवा दिदै आएको छ ।

गाउँपालिकामा आउने सेवाग्राहीका भीडभाडका कारण स्वास्थ्य सेवा पुर्याउन असहज भइरहेको अस्पताल श्रोतले वताएको छ ।