सिरहा,फाल्गुन २२ गते । सिरहाको लहान स्थित लहान नगरपालिका वडा नं. ३ का मिटर व्याज पिडित सीता देवी मंडलकी न्यायका लागि ईलाका प्रहरी कार्यालय लहान अगाडि मिटर व्याज पिडित संघर्ष समिति मिटर व्याजी साहु र प्रहरी कार्यालयको ज्यादती विरुद्ध अनिश्चितकालीन धर्नामा बसेका छन् ।
समपूर्ण किसान मजदुर एक होऔ वित्तीय शोषण तथा उत्पीडन विरुछ संघर्ष गरौं । सुदखोर र विचौलियालाई कारवाही गर भन्दै अनिश्चितकालीन धर्नामा बसेको हो ।
२०७५ सालमा जग्गा पास गरी पाँच लाख रुपैया ऋणको हिसाव गरी रकम दिएपनि मिटरव्याजी साहु राम चन्द्र गुप्ताले मंडलको जग्गा फिर्ता नगरेको र प्रहरी साहुकै पक्षमा रहेको भन्दै धर्नामा बसेका छन् ।
आफू साहु गुप्ता संग मिति २०७५ साल असोज सात गते जाग्गा रजिष्टशन पास गरी ऋण लिएको पाँच लाख रुपैयाको सैकडाको पाँच रुपैयाले हिसाव गरी नौ लाख तिरिदिदा पनि जग्गा फिर्ता गर्न मानीरहेका छैन । प्रहरीले साहु संग पैसा खाएर उल्टै हपकाउने डराउने गरेको पिडित मंडलले वताईन ।
सिता देवीको केस संग कुनै चासो र अधिकार नरहेकाले केसलाई पन्छ्यउदै जिल्ला प्रशासन कार्यालय सिरहामा बुझन भनिएको छ । संघर्ष समिति र ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक विष्णु प्रसाद सोती विच वार्ता निशकर्ष विहिन भएको संघर्ष समितिले जनाएको छ ।
जग्गा फिर्ताका लागि मिटरव्याजी पिडक साहु गुप्ता लाई जिल्लाबाट वारम्वार पत्रचार गरे पनि प्रहरी नायव उपरिक्षक सोतीले कुनै चासो नलिएको संघर्ष समितिका केन्द्रीय सदस्यले वताउनु भयो ।