सिरहा,फाल्गुन १२ गते । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले वार्ताका लागि गरीएको आह्वान नाटक मत्रै रहेको भन्दै खुट्टी खोला सिंचाई नहर संघर्ष समितिकले पुःन आन्दोलित भएका छन् ।

शनिवार पे्रस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तिविक रुपमा वार्ताको वातावरण नबनाएको संघर्ष समितिले आरोप लगाएका छन् ।

नहरलाई मास्ने कार्य गरेको विरोधमा सात दल, विभिन्न संघ संस्था लगायत आन्दोलनकारीहरु नगरपालिकाको मुख्य गेटलाई छिचोल्दै पालिका परिसमै कोण सभा गरेका थिए ।

लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले किसानहरुको माग  प्रति संवेदनशील रहेकाले वार्ता र सम्वादबाट निकास दिन पुःन संघर्ष समितिलाई आग्रह गरेको छन् ।

खुट्टी खोला सिंचाई नहर संघर्ष समितिका सदस्य हेमन्त यादवका अनुसार नगरपालिकालाई पटक पटक नहरलाई मास्ने कार्य बन्द गर्न आग्रह गर्दासमेत वेवास्ता र वार्ताको ढाोङ्ग गरेका कारण पुःन आन्दोलनमा उत्रिनुपर्ने वाध्यता भएको वताउनुभयो 

vlcsnap-2025-02-24-16h44m21s363

विगत लामो समय देखि लामो समय देखि खुट्टी खोला सिंचाई संघर्ष  समिति आन्दोलन गरिहेकाले माग सम्वोधन भएन भने अव किसानले उग्ररुप लिन सक्ने संघर्ष समितिले जनाउनु भयो ।