सिरहा,भदौ १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१० मा श्यापुर स्थित दिनेश कामती डेढ महिना देखि ढाँड भाचिएर ओछ्यानमै छटपटाई रहेको छन् ।
असारको २७ गते गोलवजार नगरपालिका नं. १२ वेतौना स्थित खानाको विषयमा विवाद हुँदा घरको छतबाट धकेलिदा कमतीको ढाँड भाचिएको छ ।ज्यला मजदुरी गरी जिवन यापन गरि रहेका उनी समान्य उपचार गराए पनि खर्चको आभावमा थला परेको हो ।
महिनामा तीन पटक उपचार गराउन पर्दा नव्वे हजार खर्च लाग्ने गरेकाले ठेकेदार साहलाई भन्दा कुनै वास्ता नगरेको र भागिरहेकाले रुपैयाको अभावमा घरमै राखि समान्य मलहम पट्टी गरिहेको दुखेसो पोख्दै कामतीको श्रीमती अमिरका कामतीले बताईन । उनी थपदै भनिन प्रहरीमा पनि निवेदन दिदा कुनै पहल भएको छैन ।
ध.न.पा. १० कै खाना बनाउने ठेकेदार प्रदिप साहका सालोको विहे भेजको भान्सेका लागि गएका कामतीलाई अचार (चटनी) को विषयमा साहको सालो संग हातपात हुँदा उनी छतबाट खेसेका थिए ।
घरको एक्लो साहारा आर्थिक अवस्था कमजोर रहेका ३५ वर्षिय पिडित कामतीको पाँच छारी र एक छोरा गरी छ सन्तान छन् । ठेकेदार साहलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।






















