सिरहा,जेष्ठ ३० गते । महिलालाई जबर्जस्ती करणी गरी गरी मरणासन्त बनाएको आरोपमा सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

घटना पश्चात् फरार रहेका सर्लाहीकै बसवरिया ३ भवानीपुर बंगल्वा मुसहरी टोल घर भएका ३५ वर्षीय रमण माझीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। उनलाई सर्लाहीकै बागमती नगरपालिका ४ मगरटोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।