सिरहा,चैत्र २३ गते । जलेश्वर नाकाबाट सबैभन्दा बढी पेट्रोलियम ढुवानी भइरहेको जनाइएको छ । महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले संकलन गर्ने वार्षिक राजस्वमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी भइरहेको छ । भारतबाट आयात भएर भिठ्ठामोड नाका हुँदै नेपाल भित्रिने अन्य सामग्रीहरु मध्ये पेट्रोलियम पदार्थ ५५।५ प्रतिशत, कोइला ९ प्रतिशत, आलु ६ प्रतिशत, चामल ४ प्रतिशत, सेरामिक्स २ प्रतिशतको योगदान रहेको छ ।

यसैगरी भन्सार राजस्व बढाउनमा उद्योगको खरानी मसाला, ग्रेनाइट, फलफूल तथा तरकारी मुख्य रुपमा रहेको छ । आर्थिक वर्ष ०८०र०८१ मा सो कार्यालयले अहिलेसम्म लक्ष्यको ८२।६५ प्रतिशत अर्थात् एक अर्ब ७८ करोड ५७ लाख ३३ हजार पाँचसय ७३ रुपैयाँ मात्र उठाउन सफल भएको छ ।

प्याज र खाद्यान्न आयातमा भारत सरकारले गरेको कडाइ आर्थिकमन्दी, खाद्यान्न आयातमा कमी जस्ता कारणले चालु आर्थिक वर्षको माघ महिनामा लक्ष्यको तुलनामा संकलन प्रभावित भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । संघीय सरकारले सो कार्यालयलाई चालु आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख ६२ हजार ६ सय ८७ रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको छ । अघिल्लो आर्थिक वर्ष ०७९र०८० मा उठेको कुल राजस्व मध्ये पेट्रोलियम पदार्थको योगदान ६० प्रतिशत रहेको थियो । राजस्वको लक्ष्य तोकेको भए पनि आयात निर्यात व्यापार प्रभावित भएपछि सो भन्सार कार्यालयले राजस्व संकलनमा गिरावट आएपछि लक्ष्य प्राप्ति हुन नसक्ने प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए ।