नरेशचन्द्र बरबरिया धनुषा  पुस १३ गते । 
धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. २
स्थित नेपाल- भारतको सिमा क्षेत्र दशगज्जामा बीस बर्ष देखि बिवादित रहेको जग्गाको समस्या समाधान भएको छ ।                                                                                                                                "बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवको विशेष पहलमा मुखियापट्टि मुसरनिया गा.पा अध्यक्ष  जय कुमार यादव, सशस्त्र प्रहरी बल विओपी फुलगामाका श.प्र नि हेम बहादुर श्रेष्ठ एस.एस.वि कमान्डर हेमराज शर्मा नेपाल प्रहरीका ईन्चार्ज ,पत्रकार लगायत स्थानीय भरभलादमीको रोहबरमा आ-आफ्नो लालपुर्जा अनुसार जग्गा भोगचलन गर्ने लिखित रुपमा सहमति भएको हो ।                                                                                                                                                     
नेपाल -भारत दुबै तर्फका किसानले कसैको हानी नोक्सानी नगर्ने साथै दशगजा क्षेत्रमा रहेको सिमाना(पिलर) दश मिटर छोडेर मात्र खेती गर्न पाउने सहमति भएको हो ।

जमुनी नदि पारि भिखारी यादव लगायत १० जना जतिको करिव १५ विगहा जग्गा जमुनी नदिको पारि अर्थात भारतीय पक्ष तिर रहेको छ ।
करिब  बीस बर्ष  देखि बिबादित रहेको जग्गामा उब्जनी समेत हुन सकेको थिएन । स्थानीय किसान भिखारी यादवले त्यस जग्गाको विवाद समाधान हुन्छ कि हुदैन आस मरिसकेको उनले  बताएका छन ।
नदीले वहाव क्षेत्र परिवर्तन गर्दा जमुनी नदिको पारि भारततर्फ भएको करिव २५ विगहा जग्गा जमुनी नदिको वारि नेपालतर्फ रहेको देखिन्छ  । नदिले वहाव क्षेत्र परिवर्तन गर्दा समेत नेपाल भारतको सिमा स्तम्भ संकेत नं. २८९ का विभिन्न पिलरहरु जमुनी नदिको पुरानै वहाव क्षेत्र अनुसार गाँडिएपछि जिवछ यादव लगायतहरुले आफनो खेत उपभोग गर्न नदि तरेर जानुपर्ने बाध्यता रहेको उनले थपे ।