बेलयात,फागुन १२ गते – रुसी बम आक्रमणमा परी सातजनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ । पोडिल्स्कमा रहेको सैन्य शिविरमा भएको आक्रमणमा छजनाको मृत्यु भएको र सातजना घाइते भएको अधिकारीहरूले बताएका छन् । १९ जना बेपत्ता रहेको समेत बताइएको छ ।

प्रहरीका अनुसार मेरियोपोलमा एकजनाको मृत्यु भएको हो । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका छन् । त्यसयता रुसले युक्रेनका धेरै सैन्य अखडाहरूमा आक्रमण गरिसकेको छ । युक्रेनले पनि यसको पुष्टि गर्दै धेरै ठाउँमा क्षेप्यास्त्र प्रहार भएको बताएको बीबीसीमा समाचार छ । 

तर, रुसले नागरिकमाथि हमला नगरेको कुरा अस्वीकार गर्दै आएको छ ।  यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सदस्य राष्ट्रले संयम अपनाउन सुझाव दिएको छ । धेरै देशले कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने बताएका छन् । रुस र युक्रेनबीचको तनावका कारण तेलको मुल्य बढेको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेसँगै तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको हो ।  आक्रमणको असर एसिया सेयर मार्केटमा पनि परेको छ। एसियाली सेयर बजारमा तीन प्रतिशतसम्म गिरावट आएको छ