जिरामाईल,माघ २९ गते – सिरहाको धनगढीमाई नगरपालिकामा स्थानीय तह खानेपानी तथा स्वच्छता क्षेत्रगत सुशासन सुढृदीकरण कार्यक्रम संचालन सम्बन्धी अभिमुखिकरण बिहिबार सम्पन्न् भएको छ । सन २०३० सम्ममा धनगढीमाई नगरपालिकाको हरेक घरधुरीमा गुणस्तरीय खानेपानीको पहुचमा ल्याउनका लागि धनगढीमाई नगरपालिकामा संस्थागत व्यवस्था गरि अगामी दिनमा गरिने क्रियाकलापको बारेमा जानकारी गराउनु भएको थियो ।

नगरपालिकामा खानेपानी तथा स्वच्छता क्षेत्रगत सुशासन सुढृदीकरण कार्यक्रम संचालन संगै नगरपालिकामा गुणस्तरीय खानेपानीका लागि नीति निर्माण, योजना, वित्तिय व्यवस्थापन, पूर्वाधार विकास, संस्थागत व्यवस्थाहरु र नियमहरु निर्माण गर्नका लागि नेपाल नगरपालिका संघले सघाउने भएको छ । यता नगरपालिकामा वास सम्बन्धी नीति निर्माण, दिगो विकास योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको काममा समेत सहयोग गरिने नेपाल नगरपालिका संघका वास कार्यक्रम व्यवस्थापक उमाशंकर यादबले जानकारी दिनु भयो ।  

धनगढीमाई नगरपालिकाको उप प्रमुख फुलकुमारी श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिका अन्तर्गत रहेका बिषयगत शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा वास कार्यक्रम व्यवस्थापक उमाशंकर यादब, परामर्शदाता वास विज्ञ चन्द्रबहादुर बिष्ट र वास फिल्ड अफिसर अकबर अन्सारीले सहजीकरण गर्नु भएको थियो