स्याङ्जा,पुष २६ गते –  ज्यानसम्बन्धी कसुरमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका १ का वर्षीय भिमबहादुर सुनार, १८ का सुनिल विक, २४ का दिनेश ९रेवत० पौडेल, ३७ का धनबहादुर विक, २४ का ९गोबिन्द० फुननारायण अधिकारी र २८ का साजन कामी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार, पुस २० गते राती अन्दाजी १० बजे आँधीखाला गाउँपालिका १ कालिखर्क जंगलमा अबैध भरुवा बन्दुकसहित वन कुखुरा मार्न गएका ७ जना मध्ये सोही स्थान बस्ने २७ वर्षीय मनोज विकको बन्दुकको छर्रा (गोली) लागि घटनास्थलमै मृत्यु भएपछि फरार रहेका उनीहरु पक्राउ परेका हुन्। त्यसपछि विभिन्न मितिमा छुट्टाछुट्टै पक्राउ परेका उनीहरुलाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्धा दर्ता गरिएको छ। अनुसन्धानका लागि स्याङ्जा अदालतबाट म्याद थप भएको र त्यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।   घटनास्थलबाट एउटा एक नाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा, र ३० बट्टा सलाई बरामद गरेको प्रहरीले जनाएको छ