सिरहा,कार्तिक ४ गते । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् ।
आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि साहलाई छुटाउन जाँदा साहको ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।



















