सिरहा,माघ १८ गते – नेपाल रेल्वे कम्पनीका पुरानो कर्मचारीको आन्दोलन जारी रहेको छ ।दोस्रो चरणमा नेपाल रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाममा रहेको रेल्वेको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरी निरन्तर धर्ना प्रदर्शन गर्दै आएका संघर्षरत कर्मचारीहरुले लगाएको ताल्चा कम्पनी प्रशासनले प्रहरी लगाएर तोडेका थिए आइतबार बेलुकी ताल्चा फुटाएपछि सोमबार आक्रोशित बनेका कर्मचारी पुनः तालाबन्दी गर्न पुगेका थिए । सोमबार बिहान तालाबन्दीको क्रममा महाप्रबन्धक निरंजन झाले प्रहरी परिचालन गराएर बल प्रयोग गरी तालाबन्दी गर्न नदिएको संघर्ष समितिका दिलिप साहले बताए । कार्यालयमा लगाएको ताला प्रहरीले
अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह
जलेश्वर,माघ १८ गते – महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो । मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि
सर्लाही,माघ १७ गते – लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । चेकजाँचका क्रममा एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार लालबन्दी नगरपालिका(८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ गरेका हुन् ।प्रहरीका अनुसार उनीहरुबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो
बारा,माघ १७ गते – प्रसौनी गाउँपालिका– २ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका– १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका– ४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् । उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट,
सिरहा,माघ १७ गते – धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारमा निर्माणाधिन धनुषा आयल स्टोर्स ,पेट्रोल पम्पका म्यानेजर भुपेन्द्र राईलाई अज्ञात समूहले निर्घात रुपमा कुटपिट गरेको छ ।आइतबार दिउंसो सात वटा मोटरसाइकलमा तीन÷तीन जना सवार भइ आएका व्यक्तिहरुले गाली गलौज गर्दै म्यानेजर राइलाई ईट्टाले प्रहार गरेको पप्मका संचालक तथा पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले बताए । उनले भने,‘ पप्मको उद्घाटन नहुँदै प्रत्येक दिन गुण्डा तत्वहरुले कहिले पेट्रोल माग्न आउने त कहिले पाँच÷दश हजार नगद माग गर्ने गरेको थियो, गुण्डागर्दी गर्दै धाकधम्की दिँदै आएको थियो ।’ कुटपिटमा राईको मुख र
सिरहा,माघ १७ गते – मधेश प्रदेशमा भएको अनियमितताको छानविन गर्न मुख्यमन्त्री लालबाबु राउतले गठन गरेका छानविन समिति नै हराएको छ ।प्रदेश सरकारको १२ करोड रकम बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले हिनामिना गरेको र मुख्यमन्त्री कार्यालयमा आर्थिक अनियमितता भएको छानविन गर्न मुख्यमन्त्री राउतले गत साउन महिनामा छानविन समिति गठन गरेका थिए । समिति गठन भएको ७ महिना बितिसक्दा पनि त्यसले छानविनको प्रक्रिया नै थालेको छैन् ।मुख्यमन्त्री कार्यालयको छानविन गर्न राउतले मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।सो समितिका सदस्यहरुमा प्रदेश लेखा प्रमुख राधेश्याम गिरि र भौतिक पूर्
सर्लाही, माघ १७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राती रात्रीबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सिराहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रीबस शनिबार राती ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । मृतक खड्काको शव पोष्टम
काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ।५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिनुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा। मरासिनीले सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप किन्न प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो।राष्ट्रिय खोप समितिले ५ वर्षदेखि ११ उमेरका बालबालिका खोप दिन सरकालाई सुझाव दिइसकको छ।
जनकपुर, माघ १६ गते । मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानले डेढ वर्षको अवधीमा स्वास्थ्यसम्बन्धी चार वटा विषयमा शिक्षण प्रशिक्षणका कोर्ष सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले बिएसी नरसिंङ्ग, बीपीएच, बीएमएलटी र बीएनएस कक्षा सञ्चालन गर्न सफल भएको हो ।गत २०७७ कात्तिक २५ गते गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी एक महिनाअघि २०७८ पुस १९ गतेदेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्षमा कक्षा सञ्चालन गरेको छ । शिक्षण प्रशिक्षण कोर्ष अन्तर्गत बिएनएस संकायमा १६ जना, बिएसी नरसिंङ्ग, बिपिएच र बिएमएलटीमा एक एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।शैक्षिक कार्यक्रममा २० –
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.