उदयपुर,माघ २१ गते । जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताएको छ । उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उप
सप्तरी, माघ २१ गते । सप्तरीको पूर्वी र उत्तरी क्षेत्रमा जंगली जनावर अर्नाले वर्षैनी गहुँबाली नष्ट गर्ने गर्छन् । यस वर्ष पनि हलक्कै बढ्न लागेको गहुँबाली चरेर नष्ट गरेको किसानको गुनासो छ । पछिल्लो समय सप्तरीको कञ्चनरुप नगरपालिकाको ७ र ४ मा कोशिटप्पु वन्यजन्तु आरक्षबाट दिनहुँ आउने अर्नाले खेतमा लगाएको गहुँबालीमा क्षति गरेको किसान विजय चौधरीले बताउनुभयो । चौधरीकाअनुसार एक विघाभन्दा बढी खेतमा लगाइएको गहुँबाली अर्नाले खाएका छन् । टप्पुबाट रातिको समयमा आउने अर्ना र हात्तीले यहाँका किसानले लगाएको बालि नष्ट गर्नेगरेका छन् ।त्यस्तै, टप्पुबाट आएको अर्नाको एक समुहले वडा ४ का प्रभुलाल पासवानको ४ कठ्ठा, भो
काठमाडौँ, माघ २१ गते । निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त मितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति जनाउँदै निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभएको छ । तथापि सरकारले चुनावको मिति भने घोषणा गरिसकेको छैन । यसै साता सरकारले चुनावको मिति घोषणा गर्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ ।यसै क्रममा निर्वाचन आयोगका पूर्वआयुक्तहरूले विगतको तुलनामा स्थानीय तहको आगामी निर्वाचन गराउन सहज हुने विचार व्यक्त गर्नुभएको छ । आयोगले स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपछि पूर्वआयुक्तहरूले चुनावका लागि पर्याप्त समय रहेको भन्दै आगामी निर्वाचन सहज हुने बताउनु
सिरहा सम्वादातासिरहा, २० माघ । नेकपा एमाले सिरहा जिल्ला उपाध्यक्ष डा.नबिन यादबले नेपाल रेडक्रस सोसाइटी सिरहाको अधिवेशन पारदर्शी र नियम संगत बिधिबाट हुनुपर्ने माग गरेका छन् ।नेपाल-भारत सीमा नजिकैको सिरहा नगरपालिका २० लगडिगदियानीमा अगामी माघ २५ मा अपारदर्शी र अनियमित तरिकाले अधिवेशन आयोजना गर्न लागेकोले आरोप लगाउदै डा यादवले सदस्यता वितरण र हरहिसाब पारदर्शी गर्न माग गरेको छ । अगामी २४ घण्टाभित्र सदस्यता वितरण र हरहिसाब पारदर्शी नगरिए नेपाल रेडक्रस सोसाइटी सिरहा शाखामा तालाबन्दी गरिने डा.यादवले बताएका छन् ।अधिवेशन रोक्नको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी गराउन डेलिगे
सिरहा, माघ २० गते। गोलबजार नगरपालिका–९ घुर्मी खोलामा पूर्व–पश्चिम राजमार्गसंगै टाँसेको कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) २ वर्षदेखि बिनादर्ता सञ्चालन चलिरहेको छ। क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा समेत नरहेको दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आईरहको को छ। यस उद्योगले सरकारी नियम लत्याएको मात्र छैन राजस्व समेत छलिरहेको छैन स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी मूकदर्शक बनेर उद्योगको मनपरीलाई धाप दिँदै आएको छ। गोलबजार नगरपालिका–९ स्थित घुर्मी पुलमै टाँसिएको शिवम् क्रसर उद्योगले पनि कानुनको ध
बारा,माघ २० गते । बाराको कोल्हवी नगरपालिका वाडा नं. ११ को वाडा सचिव लाई घुस रकम सहित पक्रउ गरेको छ । कोलहवी नगरपालिकाका वाडा सचिव विनोद प्रसाद साहलाई जग्गा नाम सारी सिफरिस गर्दा सेवाग्राहीसँग तीन हजार पाँच सय लिसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाबाट खटीएको टोलिले पक्रउ गरेको हो ।सेवाग्राहीले दिएको सूचनाको आधारममा उक्त घुसबापत्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएको छ ।
सिरहा,माघ २० गते – सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीले आम हरतालको घोषणा गरेको छ।किसानहरुको समस्याको माग राख्दै सिके राउतका कर्याकर्ताहरुले चक्का जाम गरेको छ।पुर्व पश्चिम राजमार्ग चक्का जाम गर्ने क्रममा प्रहरीले ८ जना कार्यकर्ताहरुलाई पक्राउ गरेका छन्। पक्राउ पर्ने हरुमा धनगढीमाई नगरपालिका वाडा नम्बर– २ कसहा बस्ने जय प्रताप साह कल्याणपुर नगरपालिका वाडा नम्बर– ९ बस्ने रबिन्द्र ठाकुर,सोही ठाँउ बस्ने रंजित साह,बिजय महतो,गजेन्द्र साह,सन्तोष कुमार साह,सिरहा नगरपालिका वाडा नम्बर– २० बस्ने दिनेश यादव,अर्नमा गाउँपालिका वाडा नम्बर ३ बस्ने मनोज मण्डल लगायत ८ जना पक्राउ परेको जनमत
सिरहा,माघ २० गते – किसानको मुद्दा सम्बोधन गराउन भन्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले बिहीबारदेखि पुनः राजमार्ग केन्द्रित आन्दोलन शुरू गरेको छ ।मधेश प्रदेशका सबै जिल्लामा राजमार्ग अवरुद्ध गरी जनमतका नेता(कार्यकर्ता बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । जनमतको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सबारी चल्न सकिरहेको छैन् । यो पार्टीले बिहीबार राजमार्ग केन्द्रित आन्दोलन गर्नुअघि बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो । पार्टीले पहिला नै राजमार्गमा आन्दोलन गर्ने बताएपछि बिहीबार राजमार्गमा अत्यन्तै कम सवारी सञ्चालन भएका छन् ।मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार जनमत पार
सिरहा,माघ २० गते – काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–७ घर भएका ४६ वर्षीय शिव चरण दास छन् ।माघ १९ मा धरानबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३२५५ नम्बरको बसमा सवार दासको साथबाट प्रहरीले ३४० एम्पुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद गरेको छ । उनलाई लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा थानकोट प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
काठमाडौं,माघ २० गते – भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको रहस्य खुलेको छ। वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पारेर सेटिङ मिलाई भिजिट भिसामा पठाउने गरेका छन्। यसमा तस्कर, म्यानपावर व्यवसायी, प्रहरी तथा अध्यागमन विभागलगायतको मिलेमतो पाइएको छ। ठगिएका पीडितले धमाधम उजुरी दिन थालेपछि तस्करी हुने गरेको खुलेको हो। मानव तस्करी र बेचबिखनका उजुरी बढेको मानव बेचबिखन अनुसन्धान ब्युरोका इन्सपेक्टर मधु खड्काले बताए। ‘यसरी गएका श्रमिक गन्तव्यस्थलमा अलपत्र परेको उजुरी आउने क्रम बढ्दो छ,’ उनले भने, ‘दुबईमा भिजिटमा गएर अलपत्र गरेका १२ जना युवाले हालै अनुसन्धान ब्युरोमा आएको छ।’ कतिपय
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.