धनुषा, पुस १७ गते । मधेश प्रदेशमा ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । २००७ सालअघि तराईको सबैजसो भूभागमा प्राकृतिक वन थियो । वन मासिँदै गएपछि वर्तमान अवस्थामा २६ वटा पालिकामा मात्र प्राकृतिक वन सीमित हुन पुगेको छ । मानव बस्तीको विस्तार र भारतमा तत्कालीन शासनसत्तामा रहेको इस्ट इन्डिया कम्पनीले तराईको वनबाट काठ ओसारेर लगेपछि यहाँको वन विनाश भएको तथ्य छ । इस्ट इन्डिया कम्पनीले तराईको वनबाट सखुवाको काठ ओसार्नकै लागि भारतको रक्सौलदेखि बाराको अमलेखगञ्ज र भारत
धनुषा,पुस १६ गते । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले जनकपुरधाममा कार्यरत अनलाइनखबरकर्मी सैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन् ।मेयर बेचनले शुक्रबार मधेश प्रदेश सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई प्रदेश सभा परिसरमै धम्की दिएका हुन् ।तीन र चार महिनाअघि नगरपालिका कार्यालयमै पत्रकार मौसम झालाई लात्तिले छातीमा हिर्काएर हाड भाँचेको भन्दै उनले महतोलगायत ५र६ जना पत्रकारको हालत त्यस्तै बनाइदिने धम्की दिए ।‘तपाईंले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभयो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिकातिर लात्तीले हिर्काएर छातीको हाड
सर्लाही,पुस १६ गते । सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नं। २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ ।नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २(०३(००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।उनका अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको
धनुषा, पुस १५ गते । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् ।क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए ।दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।
धनुषा, पुस १५ गते । मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयक
धनुषा,पुस १४ गते । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।१०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार
धनुषा,पुस १४ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार (आज) बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका(६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।उनका अनुसार मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपु
सिरहा,पुस १४ गते । सिरहाको मिर्चैया नगरपालिकाको सडक कालोपत्रे निर्माण कार्यमा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा अनियमितता भएको पाईएको छ। मिर्चैया नपा ४ कल्याणपुर–मिर्चैया सडक देखि कुथनमा गाउँसम्म जोड्ने सडक कालोपत्रे निर्माण कार्यमा व्यापक अनियमिता भएको पाईएको हो।मिर्चैया नगरपालिकाको आर्थिक वर्ष ०७८र७९ मा ८ सय मिटर सडक कालोपत्रे गर्न गठन गरिएको ‘कालो पत्रे तथा नला निर्माण’ उपभोक्ता समितिका अध्यक्षलाई समेत जानकारी नदिई जनप्रतिधी र कर्मचारीको मिलेमत्तोमा ठेकेदारले काम गरेको छ। आर्थिक वर्ष ०७८र७९ मा काम सम्पन्न नभएपछि २०७९र०९र०८ सम्मको म्याद थप गरी सोही उपभोक्तालाई देखाएर ठेकेदारमार्फत काम गरा
सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११र१२ डिग्री सेल्सियसको हाराहारीमा हुन्थ्यो । सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महसुस गरे । कठ्याङग्रिँदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनेओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अति पिछडि
सप्तरी, पुस १३ गते । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत ९पाल०को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ ।हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसी जलेर मरेका छन् । यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.