सिरहा,बैशाख २७ गते । अबैध रुपमा लुकाई छिपाई राखेको ६२ लाख बढीको अबैध आयुर्वेदिक औषधी प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहा र लहान बाट खटिएका प्रहरी टोली लहान न.पा.१ स्थित रविन्द्र कुमार साहको घरबाट उक्त परिमाणको भन्सार छलीको औषधी बरामद गरेको छ ।निजको घरको बरण्डामा राखिएको बैसठ्ठी लाख पचहत्तर हजार मुल्य बराबरको औषधी बरामद गरेको छ । भन्सार छली गरी अबैध रुपमा ल्याएको Herbspro (mango flavour) - ५३ कार्टुन Herbspro,mango flavor(La Grandes) - ४ कार्टुन ,Herbspro,mango flavor(La Nutras) - ४ कार्टुन, Herbspro(ELaichiflavour) (La Nutras) - ५ कार्टुन, IG Boost Capsule -१०२ पाकेट, Lycotone
सिरहा, बैशाख २६ गते । सिराहाको गोलबजार नगरपालिका ४ मूख्यचोकको चिया खाजा पसलमा ग्यास लिक भई आगलागी हुँदा १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। पसलको लागि आलु उसिन्न ग्यास चुल्हो बाल्ने क्रममा सिलिन्डरबाट ग्यासलिक भएर गोलबजारनपा ३ का जोगाी साह हलुवाईको चिया पसल र उतिमलाल महतोको किसाना पसलमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई विश्वबाबु बुढाथोकीका अनुसार मंगलबार बिहान करिब ३ बजेतिर ग्यास बाल्ने क्रममा लिक हुँदा आगलागी भएको जानकारी दिए।ग्यास लिक भएर आगलागी हुँदा भरेर राखिएका चारवटा सिलिन्डर विस्फोट भएका छ। विस्फोटबाट र आगल
धनुषा, बैशाख २६ गते । शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक(कर्मचारी आन्दोलित भएका छन् ।धनुषाको बटेश्वर गाउँपालिका(४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका शिक्षक(कर्मचारी आर्थिक वर्ष २०७८र०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक(कर्मचारीहरू धर्नामा बसेका छन् ।वैशाख २४ गतेदेखि पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै अनिश्चितकालीन धर्ना बसेको हो। शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ । पहिलो चरणमा वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । पटक(पटक तलबभत्ता मागलाई बेवास्ता गर्दा विद्यालय
बारा,बैशाख १२ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा पुगेका छन् ।(जसपा) का अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए । अहिले गणना भइरहेको छ । खुशी हुदै भने बाराका जनताले मलाई आशिर्वाद दिएका छ ।चुनाव जित्नेमा आफू विश्वस्त रहेको बारा २ का उम्मेदवार तथा (जसपा) का अध्यक्ष यादवले बताएका छन् । उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिदै अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए । ।मतगणनाको प्राप्त मतपरिणाममा यादव जनमत पार
सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारीमा गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन तराईको जिल्लासँगैसँगै भारतका विभिन्न स्थानका निःसन्तान महिलाहरुको आज ठूलो भिड लागेको छ ।प्रत्येक वर्ष वैशाख २ गते भव्य रुपमा लाग्ने मेला पताल पोखरीमा आजका दिन निःसन्तान महिलाले नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तान प्राप्त हुने जनविश्वासको कारण पोखरीमा नुहाउन निःसन्तान महिलाहरुको भीड लागेको हो । ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा राजा हरिसिंह देवको मन्दिरमा पूजापाठ गरी पताल पोखरीमा नुहाउन निःसन्तान महिलाहरु व
सिरहा,चैत्र २८ गते । सिरहाको गोलवजार नगरपालिका वडा नं. १२ बेतौना भएर वग्ने मैनावती नदीमा मधेश प्रदेश सरकारको सत्रह लाखको लागतमा नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणको काम भएको छ ।जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय सिरहा मार्फत मैनावती नदीमा चेनेलाईजेशन र नदीमा बाँध निर्माण भएपछि त्यस भेगका हजारौ विगहा उवजाउ जमिन कटान हुनबाट जोगिएको स्थानीय जितेन्द्र मंडलले जनाउनु भयो ।नदीले धार परिवर्तण गर्दै वर्षेनी खेती योग्य जग्गा कटान गरिदिदा त्यस भेगका स्थानीय चिन्तित बनेका थिए । नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणले नदीको वहाव पुरानै दिसातर्फ बग्न थालेपछि नदीको दुवै छेउको उब्जाउ जग्गा बँचेको स्थानीयले
महोत्तरी, चैत २६ गते । जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ ९पूर्ण छात्रवृत्ति० पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा चैत ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि त्यहाँ जाने खर्चसमेत परिवारलाई जुटाउन सकस रहेको बताउँदै पासवानले भन्नुभयो, “पूर्ण छात्रवृत्ति भए पनि किता
सिरहा,चैत्र २५ गते ।सहकारी क्षेत्रको सूचना तथ्यांकहरुलाई नियमित, विश्वसनीय बनाई एकीकृत व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले सिरहाको लहानमा तालिम संचालन गरेको छ । सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिममा मधेश प्रदेशको सात जिल्लाका ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) आयोजनासँग सहकार्य गर्ने सहकारीहरुको सहभागिता रहेको छ । यो तालिमले सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गर्न र गरिवी निवारण कार्यलाई दक्ष र प्रभावकारी गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने तालिम सहकारी विभाग, सहकारी प्रशिक्षण त
अनुभक्त चौधरीसिरहा,चैत्र २५ गते ।सिरहाको मिर्चैया नगरपालिका वडा नं.७ छ घरियाबाट वेवारिसे अवस्थामा रहेको पचास बोरा सरकारी अनुदानको युरिया मल फेला परेको छ । विशेष सुराकीको आधारमा लुकीछिपी अनुदानको मल बाहिर लान लागेको सूचना पाएपछि छापा मार्दा उक्त अनुदानको युरिया मल फेला परेको हो । हालसम्म मल मेरो हो भन्ने कसैले दावी नगरेको जनाइएको छ । फेला परेको मल आज मिर्चैया नगरपालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरी आवश्यक कानुनी प्रक्रिया पश्चात मल स्थानीय कृषकहरुलाई बाँड्ने मिर्चैया नगरपालिकाका कृषि तथा सहकारी प्रमुख धननज्य महतोले जानकारी दिनुभयो । रसायनिक अनुदानको युरिया मल हाहाकार
सिरहा,चैत २४ गते । जिल्ला सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ । माग पत्र जारी गर्दै चमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोशन कुमार यादवले रहस्य खुलाए ।छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री दिए गराए वापत भ्याट सहित १७ लाख ४ हजार ५ सय ८१ पैसा ४
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.