असार १० गते । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन गरिएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० नारायणप्रसाद भट्टराईले जानकारी दिए ।सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको सहसचिव भट्टराईले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।गृह मन्
सिरहा,असार २ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड कमजोर भएको वताउनुभएको छ । आज सिरहाको मिर्चैैया नगरपालिका वडा नं. ७ स्थित लक्ष्मी सामुदायिक वनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले दशौं चुरे संरक्षण दिवसकोे अवसरमा आयोजना गरेको वृहत् वृक्षारोपण समारोहमा प्रधानमन्त्री दहालले उक्त कुरा वताउनुभएको हो । प्रधानमन्त्री दहालले तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अध
सिरहा,असार २ गते । सिरहाको वरियारपट्टीमा एक अपरिचित व्यक्तिको लाश फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ सिबनगर र देउरीपट्टी बिचमा शिसो झारीमा एक युवतीको लाश फेला परेको छ ।बिहान ११ बजे स्थानीयहरु हिंड्डुल गर्दा मृत्यु अवस्थामा अन्दाजी २५ वर्षको युवती देखेपछि प्रहरीलाई खबर गरेका थिए । “घटना हेर्दा घाटीमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ।लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी गरेरको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।
सिरहा,जेष्ठ ३१ गते । दिन प्रतिदिन भइरहेको वन विनासलाई व्यवस्थापन गर्ने उद्देश्यले सिरहाको लहानमा दीगो वन व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया शुरु भएको छ । डिभिजन वन कार्यालय लहान सिरहादारा आयोजित दुई दिने दिगो वन व्यवस्थापन तथा सम्बर्धन प्रणालीमा कार्यान्वयन सुदृढीकरण गोष्ठी कार्यक्रममा प्राकृतिक प्रकोपसँगै मानवीय अतिक्रमणका कारण भइरहेको वन विनासलाई व्यवस्थापन गर्न सामुदायिक वन, वन कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाहरुलाई भेला गरिएको हो । वनको अवस्था दिनानुदिन नाजुक हुँदै गएकाले यसप्रति सचेत रहन र दीगो वन व्यवस्थापनलाई जोड दिन कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय लहान सिरहाका अध
सिरहा,जेष्ठ ३० गते । महिलालाई जबर्जस्ती करणी गरी गरी मरणासन्त बनाएको आरोपमा सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।घटना पश्चात् फरार रहेका सर्लाहीकै बसवरिया ३ भवानीपुर बंगल्वा मुसहरी टोल घर भएका ३५ वर्षीय रमण माझीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। उनलाई सर्लाहीकै बागमती नगरपालिका ४ मगरटोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।
सिरहा,जेष्ठ ३० गते । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका(१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो।कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपीट गरेको उनको आरोप छ। महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।
सिरहा,जेष्ठ १७ गते । अवैध रुपमा चोरी निकासी गरी भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेका अवस्थाबाट करिव एक लाख साठी हजार मूल्य बराबरको हारा मटर प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा भारतको लदनियाबाट सिरहाको लहानतर्फ लग्दै गरेको अवस्थामा धनगढी वडा नं. १ बाट सिटी रिक्सामा राखेर १०० वटा बोरा प्याक गरेको हारा माटर इलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ । बरियारपट्टिमा छोटी भन्सार कार्यालायका प्रमुख शम्भु कुमार केसीका अनुसार घर प्रयोजनको लागि लगिएकोले थोरै भन्सार काटी उक्त सामाग्री नेपाल भित्र्याउन दिइएको वताइएको छ । यद्यपि प्रति बोरा ३० के.जी. हारा मटर लेखिएको भए पनि भन्सार क
सिरहा,जेष्ठ १७ गते ।सिरहाको लहानमा बुधबार विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी भार होइन, प्रकृतिले दिएको उपहार हो भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको छ । महिनाबारीलाई अवसरको रुपमा लिने उद्देश्यले आयोजना गरेको मेलामा लहान नगरपालिकाका १७ वटा विद्यालयका किशोर किशोरी लगायतहरुको सहभागिता रहेको थियो । महिनावारीलाई स्वच्छ बनाउनको लागि घर र विद्यालयहरुमा सामाग्री तथा संरचना मात्र भएर नहुँने भन्दै सबैको महिनाबारीप्रति सकारात्मक सोच भयो भने मात्र महिनाबारी भएको किशोर किशोरीमा देखा पर्ने समस्या हटेर जाने अभियन्ताहरुले जानकारी दिनुभयो । विशेषतः तराई मधेशमा महिना बारीको बेल
सिरहा १० जेठ । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित आस्था र पवित्रताको प्रतिकको रुपमा रहेको राजदेवी मन्दिरमा भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ । भाकल गरे मनोकामना पूरा हुने जनविश्वासको कारण देश विदेशबाट आजका दिन राजदेवी मन्दिरमा भाकल गरे अनुसारको पशुपक्षीको बलि चढाउन असंख्य रुपमा भक्तजनहरु ओइरिएका हुन् । राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने राजदेवी मन्दिर बाराको गढिमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा पशु बलि दिने मन्दिरको रुपमा लिने गरे
सिरहा,जेष्ठ ४ गते । किशोर किशोरीहरु कुलतमा नफसुन् भन्ने उद्देश्यका साथ सिरहाको लहानमा जीवन उपयोगी सिप सम्बन्धी कार्यक्रम संचालन भएको छ । पछिल्लो समयमा युवा तथा किशोर किशोरीमा कुलतमा फस्ने डर अत्यधिक मात्रामा बढेको कारण कुलतको शिकारमा पर्नेहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । सप्तरी जिल्लाको खड्ग नगरपालिका, सुरुंगा नगरपालिका, विष्णुपुर गाउँपालिका, छिनमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका गरी पाँच पालिलकाका २० जना सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिम प्राप्त सहजकर्ताहरुले स्थानीय वाल क्लवका किशोर किशोरीहरुलाई जीवन उपयोगी सीप सम्बन्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.