X wada

खेलकुद

    Showing ९१-९७ of ९७ items.
  • साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

     काठमाडौं,असोज ३१ गते । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३–० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ ।माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १५२ पटक पढिएको
  • भारतविरुद्धको फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

    काठमाडौं , असोज ३० गते  । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ ।साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गु

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • २३१ पटक पढिएको
  • चेन्नई सुपर किंग्सले चौथो पटक जित्यो आईपीएलको उपाधी

    काठमाडौँ ,असोज ३० गते ।  इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करणको उपाधी चेन्नई सुपर किंग्सले जितेको छ । शुक्रबार राती कोलकत्ता नाइटराईडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथो पटक आईपीएलको उपाधी हात पारेको हो ।युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो । १९३ रनको चुनौति पच्छ्याउँदै मैदानमा उत्रिएको कोलकत्ता २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमै समेटियो ।कोलकत्ताको ओपिनिङ राम्रो रहेको थियो । पहिलो विकेटका लागि बैंकटेस ऐय्यर र सुभमन गिलले ९१ रनको साझेदारी गरे । सोक्रममा ऐय्यरले ३२ बलमा ५ चौका र ३ छक

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १७५ पटक पढिएको
  • नेपालसँग इतिहास रच्ने अवसर

    सिरहा–नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो । प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा प

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १४१ पटक पढिएको
  • उपाधि त्रियुगा एएफसीलाई

    सिरहास्थित धनगढीमाई नगरपालिका वडा नं. १३ डावरमा हिजो अबेर सम्पन्न ‘प्रथम डावर गोल्ड कप’ को उपाधी त्रियुगा ए.एफ.सी फत्तेपुर सप्तरीले प्राप्त गरेको छ । फाईनल खेल अवधिमा २–२ को बरावरीमा टुङ्गीपछि आयोजक लक्ष्मी युवा क्लव र एफसीविच भएको ट्राईवेकरमा एफसीले २ को विरुद्ध ४ गोल गरेर ए.एफ.सी. पत्तेपुरले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।  वीजयी टिमलाई धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरिले ५० हजार नगद, शिल्ड, पदक सहित प्रमाणपत्र प्रदान गरेको छ । दोस्रो हुने आयोजक लक्ष्मी युवा क्लव डावरलाई उप प्रमुख फुलकुमारी श्रेष्ठले ३० हजार नगद सहित शिल्ड ,पदक सहित प्रमाणपत्र वितरण प

    • प्रकाशित मितिः असोज २८, २०७८
    • २०२ पटक पढिएको
  • बेंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा

    सिरहा २६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ को एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान बनाएको छ ।कोलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यस खेलको विजेताले चेन्नाइ सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।शारजहाँमा भएको खेलमा बेंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताको जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।बेंगलोरलाई १३८ रनमा रोक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । कोलकताका लागि शुबमन गिलले २९ र वेनकाटेश अयेरले २६ रन बनाए ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ११२ पटक पढिएको
  • प्रथम गोल्डकप संचालन

    सिरहा– स्वास्थ्य लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्दै आजदेखि सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित डाबरमा प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता संचालन भएको छ ।वडा दशैंको अवसरमा संचालित गोल्डकपमा १, २ र ३ नं. प्रदेश अन्तर्गतका सात वटा जिल्लाका खेलाडीहरुले भाग लिएका छन् । खेलको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गरेका हुन् ।रामधुनी युवा क्लव सुनसरी र २ नं। वाहनी ए।पी।एफ। बर्दिवासबीच भएको आजको उद्घाटन खेलमा रामधुनी युवा क्लव विरुद्ध ट्राइब्रेकरमा एक गोलले २ नंं बाहिनी ए।पी।एफ। बर्दिवासले जित हासिल गरेको छ ।भाग लिने जिल्लाका टिमहरुमा क्रमशः रामधुनी युवा क्लव सुनसरी, २

    • प्रकाशित मितिः असोज २१, २०७८
    • २८५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२