गौर, फागुन १६ गते । धार्मिक रूपमा पूजा गरिने प्रजातिका रूखहरू लोप हुँदै गएको छ । पीपल, बर, पाकडलगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट हराउन थालेका छन् ।गाउँघरमा सार्वजनिक तथा निजी जग्गामा रहेका पाकड, पीपल, बर लगायतका रुख खरिद गरी इँटा उत्पादन तथा अन्य प्रयोजनमा प्रयोग गर्न थालेपछि धार्मिक आस्थाको प्रतीक मानेर पूजापाठ, हवनदेखि औषधि निर्माणमा प्रयोग हुनेलगायतका धार्मिक अनुष्ठानमा प्रयोग हुने यी रूखहरू लोप हुँदै गएको छ । पीपलको रुखमा प्रत्येक शनिवारको दिन जल चढाउनाले शनिग्रहबाट ग्रसित मानवको दुःख, कष्ट समाप्त हुनुको साथै सुखमय जिन्दगी तथा धन आयु प्राप्त हुने पुरोहित मङ्गल मिश
सर्लाही, फागुन १४ गते । ठेकेदारले अनेक बहानाबाजी गर्दा सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडकको निर्माण ठप्पजस्तै बनेको छ। सडकको काम अलपत्र छाडिँदा हावाहुरीको मौसममा स्थानीय बासिन्दा र यात्रु धुलोको मार खेप्न बाध्य भइरहेका छन्। सर्लाहीखण्डको ४२ किलोमिटर हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी २०७३ सालमै तीनवटा प्याकेजमा ठेक्कामा लगाइएको थियो। ठेक्का लागेको छ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको हो। सडकको केही स्थानमा पहिलो चरणको अलकत्रा हालिए पनि धेरैजसो ठाउँ धुलाम्मे अवस्थामा छ। सडक कालोपत्रे नहुँदा असाध्य सास्ती खेप्नु परेको बलरा नगरपालिका–३
लहान, फागुन १४ गते । लहानको मुख्य चोकमा नालाको फोहोर पानी नबग्दा दुर्गन्ध फैलिएको छ। नालाबाट निरन्तर फोहोर पानी नबग्नु ठूलो समस्या भएको लहान–१ का शङ्करप्रसाद गुप्ताले बताउनुभयो। उहाँका अनुसार नाला सफा गरेको दुईरचार दिनमै फेरि नाला पुरिने गरेकोले यस्तो समस्या भएको हो। खुला नालामा प्लास्टिकको खानेपानीको बोतल, पसल बढारेर जम्मा गरेको फोहोर फाल्दा जाम भइ दुर्गन्धित हुने गरेको हो। लहान–१ समाजसेवी नेनीलाल रामले भन्नुभयो, “लहान नगरपालिकाले सरसफाइ नगरेको होइन, स्थानीयहरूले जथाभावी फोहोर फालेर समस्या उत्पन्न गरिरहेका छन्। यो समस्यालाई समाधान गर्न टोल समिति र वडा कार्यालय जिम्मेवार हुन आवश्यक
काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब
सिरहा,फाल्गुन ९ गते । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले
सिरहा,फाल्गुन ९ गते । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ। धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिण ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ। नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। परिक्रमामा सहभागी श्रद्धालु सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन्।परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध ल
सिरहा,फाल्गुन ९ गते । सिरहास्थित मिर्चैया नगर अस्पतालमा विरामीको चाप अत्यधिक बढेको छ । न्यून जनशक्तिका कारण सामान्यतया दैनिक एक सय देखि डेढ सयको संख्यामा विरामीहरु आउन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भ्याई न भ्याई भएको हो ।अस्पतालले कम खर्चमा छिटो छरितोसँगै विश्वसिनियता सेवा दिन थालेपछि आफूहरु निजी अस्पतालमा उपचार गराउन छोडेको सेवाग्राहीहरु बताउँछन् । २४ शैय्याको अस्पताल नगरपालिकाले आफ्नै स्रोत साधनबाट चौविसै घण्टा सुत्केरी लगायतका अन्य विरामीहरुको सेवा प्रवाह गर्न थालेपछि विरामीको संख्या बढेको हो । विरामीको चाप अनुसार स्टाफको कमीले अस्पताल व्यवस्थापन गर्न कठिनाइ भइरहेको अस्पतालक
सिरहा,फाल्गुन ६ गते । गएको वैशाख ३० गते भएको पालिका चुनावका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरिदिनु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभएको छ ।निर्वाचन आयोगले गएको भदौ ३१ गते निर्धारित समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाउने एक लाख २३ हजार ६२४ उम्मेदवारलाई डेढ लाखदेखि साढे सात लाख रुपैयाँसम्म जरिबानाको निर्णय गरेको थियो । आयोगले ६ महिनाभित्र जरिबाना बुझाउन र जरिबाना नबुझाउनेलाई&n
धनुषा,फाल्गुन २ गते । मुसहर समुदायले आफ्नो कुल देवता दीना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले नुहाएर भुइँया महाराजको पूजा गरेका हुन्। यसलाई बोलीचालीको भाषामा अपटनी पूजा पनि भन्ने गरिन्छ। सबैला नगरपालिका–९, भठिहनमा आइतबार झाँकी तथा भजनकीर्तन गर्दै राजेन्द्र सदा र रामबली सदाले माटोको भाँडोमा उम्लिरहेको तातो दूध जीउमा छर्केर भुइँया महाराजको पूजा गर्नुभयो। उहाँहरूले भाकल पूरा भएपछि यो पूजा गरेको बताउनुभयो। पूजामा भठिहन र वरिपरि गाउँका मुसहर समुदाय हेर्न आउनुभएको थियो। कुल देवताको स्मरण गरेर तातो दूधले नुहाउँदा शरीर नपोल्नु राजेन्द्र र रामबलीले बताउनुभयो। मुसहर समुदायका अगुवा
सर्लाही, माघ २९ गते । सर्लाहीको बागमती नगरपालिकामा १२ वडा रहेकोमा चार ठाउँबाट मात्रै सबै वडा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई समस्या भइरहेको छ। एकै भवनमा तीनवटा वडा कार्यालय भएपछि सेवाग्राहीलाई सेवा लिन समस्या भइरहेको हो। साविकको शङ्करपुर, राजघाट, कर्मैया र ढुङ्ग्रेखोला गरी चार गाउँ विकास समिति मिलेर बनेको बागमती नगरपालिकाका १२ वटा वडा पुरानै गाविस भवनबाट सञ्चालन भइरहेका हुन्। साविकको शङ्करपुर गाविस अहिले बागमतीको ८, ९ र १० गरी तीनवटा वडामा विभाजन भएको छ। ती सबैको कार्यालय सोल्टी बजारमा रहेको पुरानो गाविस भवनबाट सञ्चालन भइरहेको छ। त्यस्तै साबिकको राजघाट गाविस पनि बागमतीको ५, ६ र
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.