X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing १५१-१६० of ९१० items.
  • भासिएको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमलामा

    सिरहा,फाल्गुन २६ गते  । हुलाकी सडकखण्ड अन्तर्गत धनुषा र सिरहालाई जोड्ने भासिएको कमला नदीको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमला नदी पुगेका छन् ।गत फागुन १५ गते नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कमला नदीमा बनेको पुल निरीक्षण गर्दै पुल पुनः निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता जनाए बमोजिम प्राविधिक टोलीले माटो परीक्षणको लागि कमला नदी पुगेका हुन् ।निर्माण सम्पन्न भई उद्घाटन तयारी गरिए पनि उद्घाटन नहुँदै नदीमा आएको बाढीले १७ असार २०७८ मा कमला नदीको पुलको सिराहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुलक

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • २६१ पटक पढिएको
  • डढेलोले वन सखाप निभाउने जनशक्ति अभाव

    सर्लाही, फागुन २२ गते । सर्लाहीका विभिन्न साझेदारी तथा सामुदायिक र सागरनाथ वन विकास परियोजनाअन्तर्गतका जङ्गलमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ। यहाँका वन क्षेत्रमा निरन्तर डढेलो लागेर रुख, बिरुवा सखाप भए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन्। जिल्लाको ईश्वरपुरस्थित फूलजोरबाबा साझेदारी वनको आधाजसो क्षेत्रमा डढेलो लागिसकेको घारिबथान क्षेत्रका स्थानीयले बताएका छन्। वन क्षेत्रको ठाउँ–ठाउँमै आगोले स–साना रुख, बिरुवा जलेर नष्ट भइरहेका हुन्। डढेलो दिनानुदिन फैलिने क्रममा छ। ईश्वरपुर नगरपालिका–१२, स्थित घारिबथान गाउँदेखि दक्षिण पूर्व–पश्चिम राजमार्गस्थित फूलजो

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • १७५ पटक पढिएको
  • मदिरा छोडेपछि फेरियो डुम समुदाय

    लहान, फागुन २१ गते । लहान नगरपालिका–२३, बेतहाका डुम समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भइरहेको छ। उनीहरूको बसाइ, लवाइखवाइ र सरसफाइमा उल्लेखनीय परिवर्तन आएको छ। उनीहरूको जीवन आर्थिक र सामाजिक रूपमा पनि परिवर्तन भइरहेको छ। अहिले उनीहरूको पक्की घर बनाउने क्रम बढेको छ। बालबालिका विद्यालय जान थालेका छन्। डुम समुदायले मधेशको गर्मीमा वरपीपल वा पाकैरको रुखमुनि बसेर बाँसजन्य सामग्री बनाएर जिविकोपार्जन गर्ने गरेका थिए। बेतहाका बिल्टु मरिक र टिरहा मरिकको घर मात्रै होइन, यो समुदायको फेरिएको व्यवहार देखेर धेरै प्रभावित भएको स्थानीय रामकिसुन दासको भनाइ छ।  उहाँका अनुसार यहाँका मरिकको बानी व्यवहार

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • ३५२ पटक पढिएको
  • कर्मचारीको न्यूनतम तलब ३४ हजार सिफारिस

    काठमाडौँ, फागुन २१ गते । अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ ।निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब वृद्धि गर्दा तलब मिलान गरेर वृद्धि गर्न पनि सुझाव दिइएको छ । आयोगका सदस्य एवं पूर्वसचिव विमल वाग्लेले सरकारले आगामी दिनमा कर्मचारीको तलब वृद्धि

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • २०५ पटक पढिएको
  • धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

    जनकपुरधाम,फाल्गुन २१ गते । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई  उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई  जनकपुरमा चिकित्सकले मृत

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • १३६ पटक पढिएको
  • कोशी प्रदेशमा आज सार्वजनिक विदा

    विराटनगर,फाल्गुन १८ गते । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ११३ पटक पढिएको
  • ह्वाट्सएपको माध्यमबाट ठगी

    सर्लाही, फाल्गुन १७ गते । सर्लाहीमा सामाजिक सञ्जालको माध्यमबाट मुद्रासम्बन्धी आपराधिक घटना बढ्दै गएको पाइएको छ। प्रहरीका अनुसार विशेषगरी भारतीय सीमावर्ती क्षेत्रमा मुद्रासम्बन्धी विभिन्न आपराधिक घटना बढ्न थालेको हो। मुद्रासम्बन्धी अपराध गरेको कसुरमा सर्लाही प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ। त्यस क्रममा केही नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो। उहाँका अनुसार भारतसँग सीमा जोडिएका विभिन्न नाकामा शृङ्खलाबद्ध रूपमा मुद्रासम्बन्धी ठगीका घटना हुँदै आएका छन्। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत विभिन्न अफर पठाई मानिसलाई सम्पर्कमा ल्याएर त्यस्ता ठगी तथा मुद्रासम्बन्धी कसु

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १७२ पटक पढिएको
  • ११ जना पत्रकारलाई दीर्घ सेवा सम्मान

    जनकपुरधाम, फाल्गुन १७ गते । लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत  ११ जना पत्रकार दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुभएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित प्रेस युनियन प्रदेश कार्यसमिति पदस्थापन समारोहको अवसरमा सम्मानित हुनुभएको हो ।प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा मधेश प्रदेशका आठ वटै जिल्लामा लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत ११ जना वरिष्ठ पत्रकारलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको हो । सम्मानित हुनेमा सप्तरीका गणेशलाल देव र धिरेन्द्रप्रसाद साह, सिराहाबाट सन्तोष सुवेदी, धनुषाबाट रामभरत साह र शैलेन्द्र झा, महोत्तरीबाट कृष्णचन्द्

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १८२ पटक पढिएको
  • लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही

    काठमाडौँ, फाल्गुन १७ गते । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ ।राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ ।राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– “सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।”लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १९३ पटक पढिएको
  • गगनले गरे प्रचण्डको प्रशंसा

    काठमाडौं,फाल्गुन १६ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको उनले उल्लेख गरे । ‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ थापाले काठमाडौं–४ मा आयोजित कार्यक्रममा मंगलबार भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि ।’एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भए

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १३७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२