X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing १३१-१४० of ९१० items.
  • वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

    काठमाडौँ, चैत २७ गते । सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाखरजेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौ

    • प्रकाशित मितिः चैत २७, २०७९
    • २२९ पटक पढिएको
  • पूर्ण छात्रवृत्ति पाए पनि तनावमा महादेव

    महोत्तरी, चैत २६ गते । जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ ९पूर्ण छात्रवृत्ति० पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा चैत ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि त्यहाँ जाने खर्चसमेत परिवारलाई जुटाउन सकस रहेको बताउँदै पासवानले भन्नुभयो, “पूर्ण छात्रवृत्ति भए पनि किता

    • प्रकाशित मितिः चैत २६, २०७९
    • ३६४ पटक पढिएको
  • नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन

    जनकपुरधाम, चैत २४ गते । नेपाल रेलवे सेवा आउँदो वैशाखदेखि जनकपुरधामको कुर्थाबाट नै सञ्चालनमा ल्याउने गरी बिहीबार कार्यतालिका सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन हुन लागेको हो।अहिले जयनगरबाट गुड्दै आएको रेल जनकपुरधामको कुर्थासम्म आउजाउ गरिरहेको छ। जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म दैनिक दुई पटक आउजाउ गर्दै आएको रेल सेवाको समय पनि परिवर्तन गरेर कुर्था र जयनगरबाट छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नयाँ तालिकाअनुसार रेल स

    • प्रकाशित मितिः चैत २४, २०७९
    • २२२ पटक पढिएको
  • रविविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम रहने

    भरतपुर, चैत २२ गते । निर्वाचन कार्यालय चितवन क्षेत्र –२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन उजुरीमा दावी नपुग्ने भन्दै खारेज गरेको छ । यो निर्णयसँगै चितवन क्षेत्र २ मा लामिछानेको उम्मेदवारी कायमै रहने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।रविविरुद्ध दायर तीनवटा उजुरीको टुङ्गो लगाउँदै कार्यालयले उम्मेदवारी कायम रहने निर्णय गरेको हो । “निवेदनमा मागदावि अनुसारको प्रमाण नपुगेपछि उम्मेदवारी कायमै रहने निर्णय भयो” आचार्यले भन्नुभयो ।यसअघि लामिछानेले पनि नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको कुनै कारण नभएको बताउनुभएको थियो

    • प्रकाशित मितिः चैत २२, २०७९
    • २६० पटक पढिएको
  • मधेश सरकारबाट एमालेका ४ मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

    सिरहा,चैत्र २१ गते । मधेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन ।एमालेका भोतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुभन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र राज्यमन्त्री केशव राजले राजीनामा दिएको मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिएका छन । मुख्यमन्त्री यादवले सम्भवतः उपनिर्वाचन पछि पुनः मन्त्रीमण्डल गठन गर्ने जानकारी दिए । आज पश्चात रिक्त रहेका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल गठन नहुनजेल आफै सम्हाल्ने

    • प्रकाशित मितिः चैत २१, २०७९
    • ३२९ पटक पढिएको
  • विधुत चोरी गरेको आरोपमा पाँच पक्राउ

    सप्तरी,  चैत २१ गते । विधुत चोरी गरिरहेको आरोपमा मंगलबार जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको छ । यो सँगै दुई महिनामा विधुत चोरी गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या १२५ पुगेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका –५ का २४ वर्षीय जयराम मण्डल, ५० वर्षीय देवनारायण मण्डल, ४० वर्षीय सन्तोष मण्डल छन् । यस्तै, राजगढ गाउँपालिका –४ का ६५ वर्षीय शिवप्रसाद साह, ५३ वर्षीय जगदेव यादव पनि पक्राउ परेको प्रहरीले जनाएको छ । विधुत प्राधिकरण राजविराज वितरण केन्द्र राजविराज र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विधुतीय पोलबाट हुकिङ्गगरी विधुत प्रयोग

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १७७ पटक पढिएको
  • ठगी मुद्दामा शार्मा पक्राउ

    सप्तरी, चैत २१ गते । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले  शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता सिंहले बताउनुभयो । यता सरकारले गत शनिबार मात्र पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १९९ पटक पढिएको
  • एसईई परीक्षा मधेशमा उनासी हजार विद्यार्थी

    जनकपुर, चैत १६ गते  । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरका जिल्लामा २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ। मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छ। धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा कम विद्यार्थी रौतहट जिल्लामा छन्। यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यसैगरी १० हजारभन्दा बढी र ११ हजारभन्दा कम सङ्ख्या विद्यार्थी भएको दु

    • प्रकाशित मितिः चैत १६, २०७९
    • २१७ पटक पढिएको
  • अस्पतालमा मुख्यमन्त्रीको छड्के

    जनकपुरधाम,चैत १५ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार राति प्रादेशिक अस्पताल जनकपुरधामको छड्के अनुगमन गरेका छन् ।प्रादेशिक अस्पतालको सेवा प्रवाह पछिल्लो चरण खस्किएकव गुनासो आइरहेका बेला मुख्यमन्त्री यादवले मंगलबार राति ११ बजेतिर अस्पतालको अनुगमन गरेका हुन् ।अस्पतालको ल्याबमा कार्यालय सहयोगीले रगत परीक्षण गरेको खबर सार्वजनिक भएपछि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा सुधार गर्न निरन्तर अनुगमन गरिरहेका छन् ।मंगलबार राति अनुगमनको क्रममा मुख्यमन्त्री यादवले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै लापरबाही सह्य नहुने भन्दै सेवा प्रवाहमा तदारुकता देखाउन निर्

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ३४० पटक पढिएको
  • सुकुम्बासीलाई जग्गा दिन नापजाँच

    जनकपुर,चैत १५ गते  । दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले भूमि आयोग जिल्ला समिति धनुषा र नापी कार्यालय धनुषाको समन्वयमा जग्गाधनी लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच सुरु गरेको हो। गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँचको काम गत हप्तादेखि सुरु गरिएको बताउनुभयो। उहाँले जग्गा नापजाँचको कार्यले पाँच दशक अघिदेखिको जग्गासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख यादव

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२