सिरहा,असोज ५ गते । व्यक्तिको चरित्रहत्या एवं सामाजिक शान्ति भंग गर्दै आएका मनोज मानब भन्ने मनोज महतो पत्रकार उदउपुरबाट प्रहरीले पक्राउ गरेको छ ।महतोले विभिन्न व्यक्ति तथा सम्प्रदायक विरुद्ध अत्यन्तै अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्रहत्या गर्ने मनसायले विना प्रमाण् तथ्यहिन ,धम्कीपूर्ण र भा्रमक साग्रीहरु सामाजिक संजालबाट पोष्ट गरी समाजिक सदभाब र शान्ति समेत खलल पार्ने र्कायमा संलग्न रहेको अधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरीएको छ ।महतो सिरहा जिल्ला लायतका विभिन्न व्यक्तिहरुको चरित्र हत्या, ब्लायक मेल गर्ने जस्ता कार्यमा संलग्न रहेको अधारमा जिल्ला अदालत सिरहाबाट पक्र
सिरहा,भदौ २५ गते । जनता मा.वि. तिनकोनी धनगढीमाई न.पा. ५ सिरहाले बाढी पिडितलाई आर्थिक सहयोग गरेका हुन ।भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा लागयतका क्षेत्रमा बाढीबाट प्रभावित पिडितहरुको सहयोगको लागी विधालयबाट राहत स्वरुप आर्थिक संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा गरको छ ।विधालयका बालविकास देखी कक्षा १२ सम्मका विधार्थी तथा शिक्षकहरुले आर्थिक संकलन गरी बारह्र हजार एक सय पैसठी रुपैया जम्मा गरेको विधालयका प्र.अ. जितेन्द्र चौधरीले बताउनु भयो ।प्र.अ. चौधरीका अनुसार भदौ १० गते विहान आएको विनाशकारी बाढीका कारण हजारौंले ज्यान गुमाए, हजारौं घर विहिन भए उहाँहरुको लागी विधा
सिरहा,भदौ २४ गते । सशस्त्र प्रहरीले डेढ क्विन्टलभन्दाबढी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमाक्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्वर ७ गण हेड क्वाटर सिरहाको गस्ती टोलिले गएराती १ः ३५ बजे बरामद गरेको हो। टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजादै गरेको अवस्थामा टोलिलाई देखेर व्यक्तिहरु फरार भएको र उक्त प्रतिवन्धित लागु औषध गाँजा बरामद गरिएको नम्वर ७ गण प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए। उनले प्लाष्टिकमा प्याक गरि कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए। नियन्त्रणमा लि
रामनारायण ठाकुर मिर्चैया,भदाै २ गते ।पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–६ स्थित मटियर्वा चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ८ ख ४१२४ नम्बरको ट्रकले ज. ७ प ५२५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा नरहा गाउँपालिका–३ खोरियाका मोहम्मद सरिफ राईनका २० वर्षीय छोरा अर्वाज राईन घाइते भएका छन्। उनी घुर्मी बजारस्थित एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका छन्।घाइते राईनको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको बताइएको छ। उनको मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर प्रा.लि. मा उपचार भइरहेको छ
सिरहा, असार १० गते ।आँपको राजधानी मानिएको मधेश प्रदेशमा यसबर्ष आँप खेतीको क्षेत्रफलमा बृद्धि भएपनि उत्पादन र उत्पादकत्वमा कमी आएको छ । कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ३२ हजार पाँच सय ७४ हेक्टर क्षेत्रफलमा औसत उत्पादकत्व ९ दशमलव ४ मेट्रिक टन प्रतिहेक्टरको दरले दुई लाख ९४ हजार पाँच सय ६७ मेट्रिक टन आँप उत्पादन भएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्ष २०८१/८२ मा मधेश प्रदेशमा २९ हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा औसत उत्पादकत्व ११ दशमलव ४३ मेट्रिक टन प
सिरहा,जेष्ठ १३ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलले आगामी बजेटमा सबै किसानहरूले अपनत्व महसुस गर्ने गरी पूर्ण रूपमा किसानमुखी कार्यक्रमहरू तयार पार्न निर्देशन दिनुभएको छ।पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधामद्वारा मंगलबार आयोजित पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रमुलाई सम्बोधन गर्दै मन्त्री पटेलले विगतका कमजोरीहरू सच्याउँदै काम गर्न सचेत गराउनुभयो। विगतका वर्षहरूमा वितरण गरिएका कृषि अनुदानहरू वास्तविक किसान (रियल किसान) सम्म नपुगी केवल कागजी प्रक्रिया पुर्याएर मन्त्रालयको रकम दुरुपयोग भएको व्यापक गुन
सिरहा,जेठ १२ गते । बरियारपट्टि छोटी भन्सार पुनःस्थापनाको माग गर्दै सिरहाको जिरोमाईल खण्डमा स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण सयौं गाडीहरु अलपत्रमा पर्दा यात्रुहरु सास्तीमा परेको छ । आन्दोलनकारीहरुले सरकार विरुद्ध चर्का नारा लगाएको थियो । भन्सार बन्द हुँदा स्थानीय व्यापार व्यवसाय प्रभावित हुनुका साथै सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या भएको भन्दै छोटी भन्सारको पुनःस्थापनाको माग गर्दै चक्काजाम गर्नुपरेको संघर्ष समितिका अध्यक्ष विनोद कुमार यादवले उल्लेख गर्नुभयो । मागप्रति सम्बन्धित निकायले गम्भीर नबने आन्दोलनलाई थप सशक्त बनाउँदै लगिने आन्दोलनकारीहरु वताए । आन्दोलनकारीहरुल
जनकपुरधाम, जेष्ठ ८ गते । मधेश प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, जनकपुरधामले आज विश्व जैविक विविधता दिवस, २०८३ मनाएको छ ।जनकपुरधाम उपमहानगर पालिका वडा नं. २४ स्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहियामा उक्त कार्यक्रम मनाईएको हो । विश्वव्यापी रुपमा मे २२ तारिखका दिन मनाईदै आएको विश्व जैविक विविधता दिवसको उपलक्ष्यमा मन्त्रालयले विद्यालयमा अध्ययनरत विधार्थीलाई जैविक विविधता सम्वन्धी ओरिएन्टेसन दिएको छ । कक्षा ९ र १० मा अध्ययनरत करिव २०० सय विद्यार्थी, शिक्षक तथा स्थानिय निकायका पदाधिकारी सम्मिलित ओरिएन्टेसन कार्यक्रमको सहजीकरण मन्त्रालयका वनस्पति अधिकृत श्री दिपा पनेरुल
सिरहा,बैशाख २७ गते । वन क्षेत्रलाई वृद्धि गर्ने र वन आगोलागीबाट हुने थप क्षतिबाट जोगाउने उद्देश्यले सिरहाको सामुदायिक वनहरुमा झाडी सरसफाई तथा अग्नि रेखाको काम तीब्र रुपमा भइरहेको छ ।सो कार्यबाट सामुदायिक वन वृद्धि र विस्तारको साथै खाली रहेको वन क्षेत्रमा पुनः विरुवा रोप्न सकिने देवीदह सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कपिलेश्वर यादवले वताउनुभयो । चालू आर्थिक वर्षमा वन डिभिजनबाट भइरहेको कार्यक्रमलाई निरीक्षण तथा अवलोकन गर्न आउनु भएका वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका बरिष्ठ जलाधार अधिकृत बेचन कुमार महतोले झाडी सरसफाई र अग्नी रेखा कार्यक्रम प्रभावकारी रहेको वताउनुभयो । उहाँले झारी
बरियारपट्टी,बैशाख २६ गते बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयको विरोधमा स्थानीयवासी तथा सरोकारवालाहरूको आन्दोलन तेस्रो दिन पनि जारी रहेको छ।आन्दोलनकारीहरूले सडकमा धर्ना दिँदै सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले छोटी भन्सार कार्यालय हटाइए स्थानीय व्यापार, राजस्व संकलन तथा सर्वसाधारणको दैनिक गतिविधिमा प्रत्यक्ष असर पर्ने बताएका छन्।स्थानीय व्यापारी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत आन्दोलनमा सहभागी भएका छन्। आन्दोलनका कारण केही समय यातायात आवागमनसमेत प्रभावित भएको स्थानीयहरूले बताएका छन्।आन्दोलनकारीहरूले सम्बन्धित निकायसँग वार्तामा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.