X Sharama Funecure

All Posts By सुरेश कुमार कर्ण

    Showing ४१-५० of ८२ items.
  • शंखमुलको दोभान पुल नजिक आगलागी

    सिरहा,बैसखा १६ गते । काठमाडौंको शंखमूलमा आगलागी भएको छ ।दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ५११ पटक पढिएको
  • जानकी मन्दिरमा चोरी, सुरक्षामाथि प्रश्न ।

    सिरहा,बैसाख १६ गते । हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोर्ने क्रम बढेको छ ।मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए ९स्नेचिंग०पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश जान थालेको छ । पछिल्लो पटक गत मंगलवार बिहान साढे ८ बजे आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतको बैंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये एकजनाको घाँटीबाट ७० ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट ४० ग्रामक

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ५०२ पटक पढिएको
  • तराईका यी स्थानमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन अनुरोध

    सिरहा,बैसाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा  सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ८१४ पटक पढिएको
  • धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

    सिरहा वैशाख,१३ । जनकपुरधाम । धनुषाको औरही गाउँपालिका(१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • ४९२ पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो

    सिरह,बैसाख १३ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबा

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • ४३५ पटक पढिएको
  • महोत्तरीको मटिहानीमा भीषण आगलागी

    सिरहा,बैसाख १२ गते । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी(६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ। सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ६३६ पटक पढिएको
  • Braking news

    मटिहानी मा भिसन आगलागी भयेको छ । आगो नियन्त्रन गर्न गार्हो हुँदै । करिब ज्ञण्ण् भन्दा बढी घरमा आगो लागेको खबर छ ।मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछीमा अहिले करिब सयवटा घरमा आगो लागेको छ ।उक्त आगो मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणीयन्त्र बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेड क्रॉस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु द्वारा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • २५० पटक पढिएको
  • जनकपुरको एक होटलमा युवक झुन्डिएको अवस्थामा मृत फेला

    सिरहा,वैशाख १२ गते । जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पीडारीचोक स्थित नमूना होटेल एण्ड गेष्टहाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव मृत फला परेका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं। २०४ बुक गरेर बसेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।ढोका खुल्लै अवस्थामा कोठा खुल्ला नै थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परे

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ४९८ पटक पढिएको
  • आज बैशाख १२, महाभूकम्पको ९ वर्ष पूरा

    सिरहा, बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर दिउँसो ११।५६ बजे ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज ९ वर्ष पूरा भएको छ । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको थियो । बितेका ८ वर्षमा सरकारले अधिकांश व्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, बसन्तपुर दरबार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुननिर्माण गरिएको छ । केही अझै पुननिर्माणको क्रममा छन् ।सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । महा भूकम्पपछिको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, न

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • २१० पटक पढिएको
  • आध्यात्मिक स्थललाई विवादित बनाउन नहुने स् महन्त रामतपेश्वर दास

    सिरहा,बैसाख ३ गते । जानकी मन्दिरका महन्त रामतपेश्वर दासले धार्मिक तथा आध्यात्मिक स्थललाई विवादित नबनाउन आग्रह गरेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा महन्त दासले जनकपुरधामको विशेष दिन जानकी नवमी रहेको बताउँदै उनले धर्म र संस्कृतिको रक्षा र संरक्षणका लागि जानकी मन्दिरले सदैव आफ्नो भूमिका निर्वाह गरेकाले यस पवित्रस्थललाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने बताए ।जानकी सेनाले जानकी मन्दिर परिसरमा माटोको रामको मूर्ति स्थापना गरी राम नवमी मनाउनका लागि राम मन्दिर नै उपयूक्त ठाउँ रहेको भन्दै महन्त दासले जानकी मन्दिरमा माटोको प्रयोग गरेर रामको मूर्ति नबनाउन

    • प्रकाशित मितिः वैशाख ३, २०८१
    • २६५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२