X wada

स्वास्थ्य

    Showing ९१-१०० of २०५ items.
  • गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

    काठमाडौं, माघ २८ गते–  गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन । गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३२१ पटक पढिएको
  • सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

    सर्लाही,माघ २७ गते – नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ । सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७६ पटक पढिएको
  • धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष साहमाथि संघातिक आक्रमण

    सिरहा,माघ २६ गते – मधेश प्रदेशका स्थायी राजधानी जनकपुरधाममा धनुषा संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साहमाथि संघातिक आक्रमण भएको छ ।स्थानीय बजरंग चोकमा रहेको जानकी हेल्थ केयरबाट घर जाने क्रममा अचानक ३,४ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले सडकमा आएर अध्यक्ष साहमाथि आक्रमण गरेको साहले बताए । आक्रमणबाट उनको आँखामा चोट लाग्दा देख्नै न सकिने अवस्था रहेको छ । त्यस्तै उनको हातमा पनि चोट लागेको देखिएको छ । घाइते साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ 

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १९९ पटक पढिएको
  • श्रमिकका लागि छुट्टै अस्पताल,सम्भाव्यता अध्ययन गर्न टोली गठन

    काठमाडौँ, माघ २५ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गर्नुभएको छ । श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा अस्पताल निर्माण सम्भाव्यताको अध्ययन टोली गठन गर्नुभएको हो । सो टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने जनाइएको छ ।अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १७८ पटक पढिएको
  • मातृत्व र शिशु मृत्यु दर कम गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

    कलैया,माघ २५ गते –  मातृत्व र शिशु मृत्यु दर कम गर्न जीतपुर सिमरा उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई मातृत्व र शिशु मृत्यु दर घटाउँने बिषयमा प्रशिक्षण दिइएको छ ।जीतपुरसिमरा उप– महानगरपालिकाको १६ वटै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिनुको साथै मातृ शिशु दर घटाउन छलफल समेत गरेको छ । छलफलको क्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबि भाष्करले सुत्केरी महिलाहरुको स्वास्थ्यको समय–समयमा हेरविचार गरिएमा आमा र बच्चा दुबैको जीवन रक्षा गर्न सकिने बताए । गर्भवती महिला बिशेष कारणबश स्वास्थ्य संस्थामा आउन नसकेमा ,घरमै गएर उपचार गर्ने व्यवस्था मिलाइएको जनस्वास्थ्य शाख

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १५९ पटक पढिएको
  • जग्गा दान गर्ने पाँच दाजुभाइ सम्मानित

    सिरहा,माघ २५ गते – सिरहाको सखुवानन्कारकटि गाँउपालिकामा १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गर्ने पाँच दाजुभाइ लाई सखुवा नन्कारकटि गाँउपालिकाले दोसल्ला ओढाई सम्मान गरेको छ ।आमा शङकरियादेवी यादव, पिता पतासी यादव र काका फुसयाही यादवका सम्झनाका लागि एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले बताउनुभयो । जग्गा दान गरेपछि सखुवानन्कारकटि गाँउपालिकाले दोसल्लार र सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो । पाँच जना दाजुभाइ सम्मानबाट खुसी भएका छौं, उहाँले भन्नुभयो ।सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा

    • प्रकाशित मितिः माघ २५, २०७८
    • २१७ पटक पढिएको
  • बेलायतबाट कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

    काठमाडौं,माघ २४ गते –  नेपालमा सोमबार कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा सो खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १३१ पटक पढिएको
  • विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

    महोत्तरी, माघ २४ गते –  कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी ग

    • प्रकाशित मितिः माघ २४, २०७८
    • २३९ पटक पढिएको
  • आजदेखि देशभर मौसम सुधार हुने

    सिरहा,माघ २३ गते –  पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबारदेखि सुधार हुने भएको छ। देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६१ पटक पढिएको
  • मूल्य बढाउन डीडीसीको प्रस्ताव

    काठमाडौं, माघ २३ गते –  दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६।०४ रुपियाँ बनाउने निर्णय गरेको थियो । किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो । यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्र

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १६९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२