सिरहा,पुष २६ गते – सिरहामा नेपाली काँग्रेसको जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेको छ । नेपाली काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताहरुले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावी समेत गरे ।जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पुरा प्यानल विजयी हुने दावी गरे । उनले भने पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादब वर्तमान जिल्ला सभापत
सिरहा,पुष २५ गते । नेकपा एमाले सिरहाको १० औं जिल्ला अधिवेशन सिरहाको लहानमा आज सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै यति बेला हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्व विरुद्घ चौतर्फी घेरा वन्दी छ ,मोर्चा वन्दी भईरहेको छ । हाम्रो पार्टी अहिलेको अबस्थामा नेकपा एमाले एक ठाउँमा उभिएको छ ।उनले थप्दैै भने नेकपा एमाले पार्टी र त्यसका नेताहरुले देशका, जनतका विरुद्घमा,विकास र समृद्घको विपक्षमा काम गरेका करणले घेरा वन्दीमा परेको हैन, नेकपा एमालेका विरुद्घ घेरा वन्दी राम्रो काम गरेको रुपमा हामीले बुझनु पर्छ बताउनुभयो । नेकपा एमालेको
ललितपुर,पुस २५ गते । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवार
सिरहा,पुष २४ गते – सप्तरीको राजगढ गाउँपालिकास्थित बनैनियाबाट प्रहरीले दुई यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान र डाइलेक्स डिसि १०० एमएल चार बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरु
सिरहा,पुष २४ गते – बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने भूमिकाबारे उनले जानकारी गराए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुर्व्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका स
वीरगञ्ज,पुष २४ गते – वीरगञ्ज महानगरपालिका– १६ नगवामा एक बालिकाको शव भेटिएको छ ।वीरगञ्ज– १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक
सिरहा,पुष २४ गते – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन । मुख्यमन्त्री राउले भन, “अेब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।” लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्य
वीरगञ्ज,पुष २४ गते – पर्साको जगरनाथपुर गाउँपालिका – ६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् ।गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई सूचना दिएका थिए । बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । बालक चारदिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि समेत निवेदन दिएका थिए ।बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शं
सिरहा,पुस २३ गते । प्रदेश नं.२ का मुख्यमन्त्रीलालबाबु राउतले क्यान्सर रोगीलाई प्रदेश सरकारबाट दिंदै आएको सहयोगमाथप गर्ने घोषणा गर्नुभएको छ ।आज सिरहाको धनगढीमाई नगरपालिकाको वाटिका टुरिजममा आयोजित नेपाल अर्बुद्घ रोग निवारण संस्थाको ३१ आंै वार्षिक साधारण सभामा बोल्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट जनही एक लाख रुपैयाँदिंदै आएको बताउनुहुँदै अबका त्यस्ता रोगीहरुको लागि मासिक रुपमा करिव पाँचहजार दिने आश्वासन दिनुभयो ।विशेषतः खैनी, गुट, चुरोट, धु्रमपान लगायतको सेवनबाट हुने रोग भएकाले सार्वजनिक स्थलमायी यस्ता सामानहरु बिक्रीवितरण गर्नमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशनगर्दै मुख्यमन
सिरहा, पुष २३ गते – सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले सुखा मौषममा पनि लाहान–२३ कडरिया तिलेबोनाका किसानहरुको खेतियोग्य जमिन काटिरहेको छ । पश्चिमतिरबाट थालेको कटान नियन्त्रण नभए यसवर्ष वर्षाको समयमा ठूलो क्षति हुने भयले स्थानीय किसानहरु चिन्तित भएका छन् ।सयौं बिघा जमिन काटेर कति स्थानीय किसानहरुलाई सुकम्बासी बनाइ दिएको बलान नदीले गरिरहेको कटान नियणत्रण गर्न नगरपालिकासँग गुहार मागेपछि नगरपालिकाको सीमित बजेटबाट क्रेटिङग गर्न नसकिने स्थानीय अशेश्वर यादवले बताउनुभयो । उहाँको अनुसार दश विस लाख बजेटले भए लहान नगरपालिका नियन्त्रण गरिदिन्थ्यो । तर क्रेटिङगको लागि करोडौं रकम लाग्ने देखिएकाले
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.