काठमाडौं, माघ १६ गते। २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा हुनुभएको छ। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहनुभएका रायभर आइतबार रिहा हुनुभएको हो। सर्वोच्च अदालतले शुक्रबार उहाँको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उहाँ रिहा हुनुभएको हो।रायभर २५ हजार धरौटी बुझाएपछि तारेखमा छुट्नु भएको हो। सर्लाहीका सरोजकुमार मिश्राले उहाँको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छ
अनुभक्त चौधरीसिरहा,१६ गते । नगरक्षेत्रभित्रका आम नागरिकको गुनासो सुनी समाधान गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्र धनगढीमाई नगर समितिले आज आईतबार कार्यालय स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले कार्यालयको विधिवत् रुपमा उद्घाटन गर्नुहुँदै आम जनताको गुनासो सुन्ने थलोको रुपमा कार्यालयले सहयोग गर्ने वताउनुभयो । नेता, कार्यकर्ता एवम् शुभचिन्तकहरुको सहयोगले स्थापना भएको कार्यालय नियमित रुपमा जनताको गुनासा सुन्ने र नियम संगत ढंगले समस्या समाधान गर्न कार्यालयले सहयोग गर्ने जनाइएको छ । कार्यालय नियमित संचालन गर्न नगर समिति
अनुभक्त चौधरीसिरहा,माघ १५ गते । गोलबजारमा सरकार विरोधी विभिन्न नारा सहित नेकपा एमाले निकट युवा संगठनले सिरहाले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा स्थानीय भएको प्रदर्शनमा स्थानियतह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माँग गर्दै विरोध प्रर्दशन गरेका थिए ।प्रर्दनको क्रममा संघले लिपुलेक लिम्पिया धुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराउन माँगगरेको छ ।प्रदर्शन पछिको कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त्री रेणु यादवलाई वरखास्त गर्न माग गरेको छ । उनले तत्काल मन्त्री यादवल
अनुभक्त चौधरी,सिरहा,माघ १५ गते । सिरहको गोलबजारमा आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय यूवा संघ नेपाल जिल्लाकार्य समिती सिरहाको यायोजनामा संचालन भएको उक्त कार्यक्रममा १६ जना महिला र ६४ जना पुरुष गरि ८० जनाले रक्तदान गरेका थिए ।कोभिड–१९ का बेला उत्पन्न रगत अभाव पूर्तिका लागि आज देखि गोलबजारबाट सप्तहव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ ।मधेश प्रदेशको आठ वटै जिल्लामा कार्यक्रम संचालन हुने राष्ट्रिय यूवा संघ नेपालका प्रदेश सह–संयोजक बैजनाथ साहले जनाउनु भयो ।नेपाल रेडक्रस सोसाईटी धनुषाको टोलिले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।
सिरहा, माघ १४ गते – धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामी सहजरुपमा उपचार पाउन थालेका छन् । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेका हुन् । २०७७ मङ्सिर महिनाबाट सञ्चालनमा आएको सो सर्पदंश उपचार केन्द्र झण्डै दुई करोड रुपियाँको लागतमा निर्माण भएको छ । युएनडिपीको एक करोड १९ लाख रुपियाँ सहयोग र नगरपालिकाको ९६ लाख रुपियाँको लगानीमा २० शैय्याको अस्पताल निर्माण गरिएको सिआईसी जनकपुरका अध्यक्ष सञ्जय साहले बताउनुभयो । यस्तै नियमितरुपमा अस्पताल सञ्चालनका लागि क्षीरेश्वर
वीरगञ्ज, माघ १४ गते– देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो। त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ।
कञ्चनपुर,माघ १४ गते – दोधारा चाँदनी नगरपालिका– ७ डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका– ६ शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ डम्बर चौराह बस्ने प्रेम बहादुर बडुवालको म।२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले उनीहरुलाई सडकमा बसिरहेको अवस्थामा फेला
सिरहा,माघ १४ गते – सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो । स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआईजी० गणेश ठाडामगरले जानकारी दिए ।
सिरहा,माघ १४ गते – नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले मनोमानी तरिकाले पुराना तालिमप्राप्त कर्मचारीहरुसंग अन्याय गरेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाम स्थित कार्यालयमा तालाबन्दी गरेको छ ।करिब दुई सातदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र ,तालिम स्थलमा विरोध प्रदर्शनको कार्यक्रम गर्दै आएका पुराना कर्मचारीहरुले विहीबारदेखि दोश्रो चरणको आन्दोलन सुरु गरेका छन् । समिति आवद्ध दिलिप साहले विगत १५ दिन देखि धर्ना प्रदर्शन गर्दै आए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले जिएम
सिरहा,माघ १४ गते – सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.