सिरहा,फाल्गुन २० गते । दक्ष एवम् गुणस्तरीयता सहितको सिभिल ईन्जिनियरिंग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको शिक्षा अब मनमोहन प्राविधिक विश्वविद्यालयले दिने भएको छ । विश्वविद्यालयद्वारा सिरहाको लहानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक नं. प्रदेश सरकारद्वारा नेपालकै पहिलो विश्वविद्यालयको सम्बन्धन पाएका मनमोहन प्राविधिक विश्व विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यसहित यसपल्ट सिभिल ईन्जिनियरिंगमा २४ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको लागि २४ सीटमा भर्ना खोलिएको हो । युवाहरुलाई प्राविधिक शिक्षा
उदयपुर, फागुन २० गते। उदयपुर अस्पतालमा गएराति गर्भवतीको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ। उदयपुरगढी गाउँपालिका–६ की ३२ वर्षीया सीता राउत कार्कीको प्रसूति सेवा लिने क्रममा मृत्यु भएको हो। गर्भवतीको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले लापरवाही भएको भन्दै आक्रोश पोख्ने क्रममा तनावपूर्ण स्थितिको सिर्जना भएको हो।सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड भएको छ। अस्पतालका चिकित्सकमाथि हातपात भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा टोली अस्पतालभित्र र आसपासमा खटिएका छन्। आक्रोशित भीडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउ
काठमाडौं, फागुन २० गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थानीय चुनाव केन्द्रित भएको छ।शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावको तयारीमा केन्द्रित हुन जोड दिनुभएको हो। नेता देव गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्दै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो।गठबन्धनकै आधारमा निर्वाचनसम्म जाने र पुरै निर्वाचनको तयारीमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।नेता गुरुङका अनुसार एमसीसी परियोजनाको विषयमा दलहरुबीच सहमति नजुटेपछि व्याख्यात्मक टिप्पणीमार्फत् यसलाई अगाडि बढाएको
धनुषा,फागुन १९ गते – धनुषाबाट प्रहरीले लागुऔषध गाजासहित एकयुवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका–९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरी टोलीले उनलाई घरनजिकै कालो प्लास्टिक लिएर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा गाजासहित पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कापरको साथबाट ६ सय ग्राम गाजा बरामद भएको हो ।कापरमाथि लागऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक दिन १० दिनक
सिरहा फागुन १९ गते । ऐतिहासिक तथा पुरातात्विक स्थल सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखर बनौलीमा रहेको महाकवि विद्यापति गढमा घेराबेरासँगै संग्राहलय भवन र शिव मन्दिरको निर्माणको कार्य भइरहेको छ । ऐतिहासिक तथा पुरातात्विक हिसावले सम्पन्न रहेको उक्त स्थानलाई संरक्षण सम्बर्धन गर्न प्रदीप गिरीको सांसदीय विकास कोषबाट ४५ लाखको लागतमा विभिन्न संरचनाहरुसँगै बन्न लागेको दुई तल्ले भवनभित्र पहिलो तल्लामा कार्यालय र पाहुना घर तथा अर्को तल्लामा महाकवि विद्यापति सम्बन्धी भेटिएका प्रमाणहरुको संग्रहसँगै दस्तावेज, लेख, रचनाहरु रहने जनाइएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको विद्यापति गढलाई पुरातत्व वि
सिरहा,फागुन १९ गते – जनकपुरधाममा रहेको राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा सारिएको विरोधमा तोडफोड गरेका छन् ।बुधवार हुने परीक्षा एक्कासी सारिएको विरोधमा बिबिए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन । बिना सूचना परीक्षा सारिएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरु तोडफोडमा उत्रेका हुन् । विश्वविद्यालयले पटक÷पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । ‘हामी परीक्षा दिन ११ वजे नै कलेज पुग्यो । तर त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो ।किन पर
सिरहा,फागुन १९ गते – चोरी भएको मोटरसाइकल सहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्लाको हंसपुर नगरपालिका–५ का राम बरण सदाको २० वर्षीय छोरा उमेश माझी र नम्वर उप्केको डिस्कभर मोटर साईकल चालक सोही ठाउँका गंगा मण्डलको छोरा २५ वर्षीय छोरा लक्ष्मेश्वर मण्डललाई चोरीको मोटरसाइकल सहिपक्राउ गरेको छ । गत फागुन १६ गते चेक जाँचको क्रममा ज ४ प ६३९६ नम्बरको मोटरसाईकल सवार भएको चालक र अर्को नम्बर प्लेट उप्काएको मोटरसाईकलमा सवार चालकलाई शंकास्पदरुपमा आउँदै गरेकोमा उनीहरुलाई रोकी सोधपुछ गर्दा ज ४ प ६३९६ नं।को मोटरसाइकल बताएकोमा निजहरुसंग सो मोटर साईकल
सिरहा,फागुन १९ गते – भन्सार छली गरी भारतबाट नेपाल ल्याउंदै गरेको करिब ११ लाख बराबरको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले सोमबार राती जनकपुर उप– महानगरपालिका– ४को सडक खण्डमा भारतबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली गरी ल्याइएको २ लाख ३० हजार ७ सय ५० मूल्यको चिनी, राजनिवास लगायतका किराना सामानहरु वेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ । त्यसै गरी सोही दिन राती जिप्रका धनुषाबाट खटेको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जनकपुर उप–महानगरपालिका– ४ विद्यापति चोकबाट १ लाख ३७ हजार २० रुपियाँ मूल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले स
सिरहा,फागुन १९ गते – मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ हुने भएको छ । मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।डोलासहित आएका परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गर्ने परम्परा रहिआएको छ । मिथिला बिहारीको डोला सहितका यात्रीहरुले विहीबार जनकपुरधाममै विश्राम गर्ने भएपनि औपचारिक रुपमा भने शुक्रबार जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित भारत बिहारको कल्याणेश्वर स्थानमा कल्याणेश्वर महादेवलाई साक्षी राखेर औपचारिक रुपमा परिक्रमा प्रारम्भ हुने परम्परा रहेको सुन्दर सदनका महन्त
सिरहा,फागुन १९ गते – मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ भने ४ हजार १ सय गाँजाको बोट नष्ट गरेको छ ।सो क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाही प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका– ८मा रहेको गोरखकाली प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलबार दिउँसो १२ बजे चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पुमा सवार भारतको सितामढी जिल्ला ग्राम पञ्चायत राजा परसौनी–१ का २३ वर्षीय मो।साकिर, सोही ठाउँका वडा न–९ का ३५ वर्षीय नुर मोहम्मद राई र शिवहर जिल्ला्राम पञ्चायत सलिमपुर–१३ क
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.