वीरगञ्ज,फागुन २२ गते – सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत– १३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ ।ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको टोलीले उनलाई पक्राउ गरेको थियो ।द्यच् ण्ट ग् छडठघ नम्बरको भा
सिरहा,फागुन २२ गते – नागरिकता माग गर्दै नागरिकता विहीनहरुले शनिबार विरोध प्रदर्शन गरेका छन् ।नागरिकताविहीन संघर्ष समिति नेपालको आयोजनामा नागरिकताविहीन समूहले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै उनीहरुले सात दिने आन्दोलन सुरु गरेका छन् । शनिबार आन्दोलनको पहिलो दिन नागरिकता विहीन संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजीत साफीको नेतृत्वमा नागरिकता माग्दै सडकमा ¥याली निकालेर प्रदर्शन गरिएको छ । उनीहरुले ढल्केवर स्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग पूर्णरुपले अवरुद्ध पारेका थिए । प्रदर्शनमा सहभागीह
सिरहा,फागुन २२ गते – धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका(१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।कमला नगरपालिका– ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५र६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सिरहा,फगुन २२ गते – मिथिला मध्यमा परिक्रमा आइतबार रामायणकालीन स्थल मटिहानी पुग्ने भएको छ ।शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा विहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिए पछि औपचारिक रुपमा सुरुवात भएको छ । यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात
सिरहा,फागुन २२ गते – रौतहटमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गंभीर घाइते भएका छन् ।जिल्लाको विरनगरा माधोपुर सडक खण्डको धोबिनिया स्थित शीतलीमाई मन्दिर नजिक शुक्रबार अबेर राती भारतीय नम्बरको स्कारपियोको ठक्करबाट साइकलमा सवार माधोपुरका ३७ वर्षीय सुरेन्द्र पण्डितको मृत्यु भएको छ । दुर्घटनामा माधोपुर कै सुरेन्द्र साह कानू गंभीर घाइते भएका छन् । सर्लाहीको खैरवाबाट रौतहटको गरुडा जाँदै गरेको डब्लु बी ४० जेड ३८२० नम्बरको भारतीय स्कारपियो गरुडाबाट माधोपुर तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।साइकललाई ठक्कर दिएपछि सो स्कारपियो पनि खेतमा पल्टेर दुर्घटनाग्र
भरतपुर, फाल्गुन २२ गते । चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ । यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा काम
सिरहा,फाल्गुन २२ गते । धनगढीमाई नगरपालिका वडा नं. ११ सोनापुर स्थित राती एक घरमा चोरी गर्दा गर्दै स्थानियले चोर पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।सोनापुर स्थित सिरिया मण्डलको घरमा चोरी गर्दे गरेको अवस्थामा चोर पक्राउ परेको पिडित परिवाजनले बताए ।पिडितका मण्डलका अनुसार घरमा मेरो छोराको बिहेको मटकोरमा गर्न बाहिर गएको बेला मौका छोपी उनीहरु घरमा चोरी गर्न भित्र पसेका थिए । घर भित्र बाक्समा राखिएको नगद ३ लाख चोरी गरेको आरोप रहको छ ।चोरी गर्दा गर्दै पक्राउ परेका गोलवजार नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को राम भरत मण्डल र सोही ठाँउ बस्ने वर्ष सुधिर कुमार सिंह र सुखिपुर नगरपालिका वडा नं. ७ बस्ने नाग
सिरहा,फाल्गुन २१ गते । सिरहाको गोलबजामा भईरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनौटको लागि हुने नोमिनेशन समयावधि भोलि १० बजेसम्मलाई लम्ब्याएको छ । आज दिनभरको प्रयासको बाबजुद पनि सहमति हुन नसकेपछि भोलि १० बजेसम्म नोमेनेशनको समयावधि बढाइएको निर्वाचन अधिकृत संजीव कुमार लामाले उल्लेख गर्नुभयो । निर्वाचन अधिकृत लामाका अनुसार भोलि आइतबार नोमोनेशनको समयावधि समाप्त हुने वितिकै दावी विरोध तथा नाम फिर्ताको लागि दुई दुई घण्टा समय दिई अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गरिने जनाउनुभयो । नेपाली कांग्रेसले १४ औं सिरहा जिल्ला अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष २, सचिव २, सह सचिव २
सिरहा,फाल्गुन २१ गते । सिरहाको मिर्चैया नगरपालिका वाडा नं. ६ मटियर्वा ओलारमा एक करोड ५० लाखको लागतमा अतिथी सदन निर्माण हुने भएको छ । मधेश प्रदेश अन्तर्गत सिरहा क्षेत्र नं. ४ क बाट निर्वाचित सांसद दिलपि साहको संसदीय विकास कोषबाट १ करोड ५० लाखको लागतमा बन्न लागेको सुविधा सम्पन्न भवनले त्यस भेगका स्थानीयहरुलाई बैठक भेला लगायत सामाजिक कामको लागि उपयोगी हुने जनाइएको छ । जनघनत्वको हिसावले ठूलो क्षेत्रफल ओगटेको उक्त क्षेत्रभित्र विवाह, ब्रतबन्ध, सभा, सेमिनटर, गोष्ठी लगायतका सामाजिक कामको लागि अतिथि सदन अभावमा अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता रहँदै आएको थियो । बन्न लागेको उक्त सं
सिरहा,फाल्गुन २१ गते । धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रका जाते चौडी, भालुटार, दुरविन डाँडा लागायतका स्थानहरुमा जुवा तास कौडी खेल्ने र खेलाउनेहरुको संख्यामा दिनानुदिन बृद्धि भएका संगै स्थानियहरुले उक्त कार्य गर्न प्रतिवन्ध लगाएको छ ।स्थानिय बुद्धिजिबि,समाजसेबी तथा धनगढीमाई नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष सुर्यमान तामाङ्गको अगुवाईमा आज बसेको बैठकले जुवा तास खेल्ने र खेलाउने कार्यमा पूर्ण रुपले रोक लगाएको छ । उक्त स्थानमा जुवा तथा खेल्ने र खेलाउने कार्य गरे वा गराएको पाईएमा दश हजार एकावन्न रुपैया जरिवाना तिर्नु पर्ने साथै राति ८ बजे सम्म मात्र उक्त स्थानहरुमा मदिरा बेचबिखन गर्न प
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.