काठमाडौँ, फागुन २७ गते – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु(याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी दिनुभयो ।प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिनुभय
काठमाडौं, फागुन २७ गते – सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ । तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान
धनुषा,फागुन २७ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु विहीबार कञ्चन वनमा होरी उत्सव मनाएका छन् । मिथिलाको महाकुम्भ समेत मानिने १५ दिने मध्यमा परिक्रमा विहीबार सातौं दिन कञ्चनवन पुगेको हो । भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होरी खेलेको स्मरणमा यात्रीहरुले कञ्चनवन पुगेर प्रत्येक वर्ष होरीउत्सव मनाउने परम्परा रहिआएको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिएका छन् । उनले भने,‘मिथिलामा आजको दिनबाटै औपचारिक रुपमा होरी महोत्सव मनाउने प्रारम्भ हुने गरेको छ ।यो अत्यन्त महत्वपूर्ण दिन हो ,हुन त परिक्रमाको १५ दिन नै महत्वपूर्ण रहेको भएपनि आजको दिनलाई विशेष महत्वको रुपमा हेरिन्छ ।’
सिरहा,फाग २७ गते – भारतबाट भन्सार छली गरी ल्याइएको तीन लाख उनाइस हजार भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार सबैला प्रहरी चौकी समेतबाट खटेको संयुक्त टोलीले सबैला नगरपालिका– ९बाट ३ लाख १९ हजार ५ सय २० रुपियाँ बराबरको चीनी ,खानेतेल लगायतका सामानहरु बरामद गरेको हो । वेवारिसे अवस्थामा फेला पारिएको सो सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि जनकपुरधाम भन्सार कार्यालयमा बुझाइएको छ ।
सप्तरी, फागुन २७ गते – नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो ।
सिरहा,फाल्गुन २७ गते । सिरहाको गालवजार नगरपालिकामा वडा सदस्यको निधनको शोकमा आज एक दिन विदा दिने निणर्य गरेको छ । गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरका वडा सदस्य डोमी चमारको निधनमा आज नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहेको जनाईएको छ ।नगरपालिकाको २६ गतेको निणर्यले शुक्रबार एक दिन नगरपालिकाको कार्यालय र अन्र्तगतका वडा कार्यालयहरु बन्द रहने निणर्य गरेको छ ।
महोत्तरी,फागुन २६ गते – महोत्तरीको गौशालामा हुनै लागेको बालविवाह प्रहरीले रोकिएको छ। गौशाला नगरपालिका– ६ फुलकाहामा गएराति जन्तीसहित गर्न लागिएको १४ वर्षिया बालिकाको विवाह रोकिएको हो।प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार दिलेचन महतोले आफ्नी छोरीको गर्न खोजिएको बालविवाह प्रहरीको टोलीले तत्कालै रोकिएको हो। प्रहरीले गोप्य सूचना पाएलगतै स्थानिय नागरिक समाज, भद्रभलादमी, बुद्धिजीवीहरुको सहयोगमा सो कार्य सफल गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए
महोत्तरी,फागुन २६ गते – मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्ने भएको छ ।धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा सातौं दिन आज ९बिहीबार० महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्दै छ । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।&nb
सिरहा,फागुन २६ गते – राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ ।चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो । यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना निकालेको हो । आयोगले बिहीबार जारी गरेको सूचन
सिरहा,फागुन २६ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतापछि देश विकास हुनुका साथै रोजगारका अवसर बढ्ने बताउनुभएको छ । एमसीसी सम्झौता अनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने उहाँको भनाइ छ ।पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गर्नुभएको हो ।एमसीसीबाट आउने रकम ऋण नभई अनुदान रहेको उहाँले स्पष्ट पार्नुभयो । काँग्रेस सभापति समेत रहनुभएका देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.