शम्भु चौधरी लहान,चैत्र ७ गते । सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपु्रमा धनेश्वर साहले आफना बुवा बलराम साहको सम्झनामा समुदायिक चबुतरा निर्माण गरेका छन । गाँउका बुढापाका र किसानहरुलाई आराम गर्न तथा मेरो आदरणिय बुबाको नाम सदियौँ रहिरहने उदेश्यले यो समुदायिक चबुतरा निमार्ण गरेको स्वर्गिय वलराम साहको कान्छो छोरा धनेश्वर साहले बताए । यस चबुतरा निमार्णबाट गाँउका युवाहरुले कुनै किसिमका साँस्कृतिक कार्यक्रम गर्न सुविधा हुने र बाटो हिडने बटुवाहरुलाई अराम गर्न सुविधा हुनेछ । यस कार्यबाट म आसाध्य नै खुशी भएको स्थानिय वुद्धिजीवि बिरेन्द्र कुमार चौधरीले बताए । विकास सरकारी बजेटबाट मात्र
सिरहा, चैत ७ गते । । स्थानियतहको निर्वाचन बैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् ।तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीयोद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
सिन्धुली,चैत ७ गते । सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
सिरहा,चैत्र ५ गते । देशैभर एकैपटक बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार उम्मेदवारी मनोनय दर्ताका लागि २ दिन छुट्याइएको हो ।निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सार्वजन
रौटहट,चैत्र ५ गते ।रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ ।शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। झडपमा केही मानिस घाइते भएका छन्। घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन्। स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ।उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको
सर्लाही,चैत्र ५ गते । सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ ।लालबन्दी नपा वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरीले जनाउनु भयो । घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले उल्लेख गर्नु भयो ।
सिरहा,चैत्र ४ गते ।सिरहाको धनगढीमाई नगरपालिका वडा नं.११ स्थित आँप चौकमा चेक जाँचको क्रममा हतियारसहित धनगढीमाई नगरपालिका वडा नं.११ का ४२ वर्षीय ब्रहमदेव यादवलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीबाट पक्राउ परेका यादवको साथबाट fyaf6 BR 32 AB 0449 को मोटरसाईसँगैMade In Italy लेखिएको पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली, एक थान म्याग्जिन र एक थान मोवाइल बरामद गरिएको छ ।विभिन्न अपराधिक गतिविधिमा संलग्न यादव प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस पार्टीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न यादवको थप अनुसन्धान भइर
सिरहा, चैत्र ४गते । सद्भाव, अपनत्व भावना मिसिएको होली पर्व आज तराई मधेशको जिल्लाहरुमा धुमधामसँग आज मनाइँदैछ । त्यस क्रममा सिरहाका गाउँ, शबहर सबैजसो ठाउँमा होलीले रौनकता लिएको छ । एक अर्कालाई अबिर र रंग दलिएर रमाइलो गर्ने गरिएको छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण विभिन्न चाडवाडसँगै होली पनि मनाउन नपाएकाले यसपल्ट होली खुबै धुमधामसँग मनाइँदैछ । यद्यपि पहिलाजस्तो होली पर्वको दिन एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन भने हराउँदै गएको छ । के शहर के गाउँ सबै गाउँमा मैथिली, भोजपुरीका अश्लील गीत बजाएर गाउँघरका युवाहरुले उद्यम मचाएका छन् । \केही केही ठाउँमा बुढापाका तथा युवाहरु डम्फ
सिरहा,चैत्र ३ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख चौधरीले सामाजिक रुपान्तरणको महाअभियानको जिम्मेवारी हामी सबैको काँधमा आएकाले सबै मिली समाजमा रहेका कुरिति, कुसंस्कारलाई चिर्दै समाजवाद उन्मुख गतिविधिमा लाग्न आग्रह गर्नुभयो । समाज रुपान्तरणको लागि हामी सबै
सिरहा,चैत्र ३ गते । धनगढीमाई नगरपालिका सिरहाले आफ्नै लगानीमा दुई करोडको लागतमा सडक बनाउने भएको छ । सुविधासहितको बन्न लागेको उक्त सडक नगरपालिकाकै सबैभन्दा बढी रकम खर्च गरिएर बनाउन लागेको सडक हो । नगरपालिकाले यो सडकलाई नमूना एवम् गौरवको योजनाको रुपमा लिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शु
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.