बर्दिवास,चैत ११ गते । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका प
हुम्ला, चैत १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हुम्लाको सर्केगाड गाउँपालिका –३ का वडाध्यक्ष गजबहादुर रावत र तत्काली प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।अख्तियारले आठ लाख रुपियाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले वडाध्यक्ष रावत‚
काठमाडौँ, चैत ११ गते । नेपालमा ट्राफिक लाइट ९बत्ती०को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउनुहुन्छ । “कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म
रौतहट,चैत १० गते । प्रहरीले भाउजु हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका(२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिरहा,चैत्र ९ गते । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले उल्लेख गर्नुख भयो ।
सप्तरी,चैत्र ९ गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकास्थित टेङ्गरीका अग्निपीडितहरूलाई सांसद डा.सूर्यनारायण यादवले राहत स्वरुप ग्यास सिलिन्डर र चुलोसहितको सेट दिएका छन् । फागुन २८ मा भएको आगलागीबाट ११ परिवारको सबै सम्पत्ति जलेर नष्ट भएको थियो ।डा.यादवले भने, झविपदको बेला सबैको ध्यान खाद्यन्नमा मात्रै हुन्छ । दिएको खाद्यन्न कसरी र कहाँ पकाउने ध्यान हुँदैन । यही कारण खाना पकाउने सबै सेट दिएका हुँ । अग्नीपीडित सत्यनारायण यादवले ग्यास चुलो पाप्त भएसँगै सुत्केरी, बालबालिका, बिरामी तथा वृद्धवृद्धालाई सहज भएको बताए ।आगलागीबाट डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला या
जनकपुर,चैत्र ९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दुर्घटनापछि घाइते र मृतकका परिवारजनलाई १ लाखदेखि ७ लाखसम्मको राहत र क्षतिपूर्ति उल्लेख गरेर रेल सञ्चालन गर्ने भएको छ । रेल दुर्घटनामा कुनै व्यक्तिलाई हानी कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएमा मृतकको नजिकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिने गरी रेल्वे अध्यादेश जारी गरिएको हो।रेलका कुनै यात्री वा अन्य व्यक्तिलाई चोटपटक लागेकोमा चोटपटकको स्थिति हेरेर औषधि उपचार खर्चबापत १ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने अध्यादेशमा उल्लेख छ । ‘कुनै व्यक्ति अङ्गभङ्ग भई
जनकपुर,चैत्र ९ गते। आजका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ ।सूचना जारी गर्दै प्रदेशसभाको बैठक विशेष कारणवश स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभाको बैठक चौथोपटक स्थगित भएको हो । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित भएका थिए ।फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखह
वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाद्वारा मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतको पिताको नाममा रहेको खानेपानीको लाईन काटिएको छ ।वीरगञ्ज स्थित तेजारथ टोलमा रहेको राउतको निजी निवासमा रहेको खानेपानीको लाईन काट्न नेपाल खानेपानी संस्थानले सूचना जारी गरेको छ ।खानेपानी संस्थान वीरगन्जले सूचना जारी गरी खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सूचिमा राखी लाइन काटिएको उल्लेख गरिएको छ । मुख्यमन्त्री राउतका पिता दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीको १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाले लाइन काट्नु परेको खानेपानी संस्थानले स्पष्ट गरेको छ ।नेपाल विद्युत प्राधिकरणको
सिरहा,चैत्र ७ गते । माननीय पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालय खोलेर नपुग्ने वताउनुहँदै विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नुको विकल्प नरहेको वताउनुभयो । आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित नव निर्मित विद्यालय भवनको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री पोखरेलले विद्यार्थीहरुको जीवनलाई दीर्घकालीन रुपमा परिवर्तनको लागि सिक्ने, कमाउने र तिर्नेको नीति अवलम्बन गरिए मात्र प्राविधिक शिक्षाको औचित्य हुने उल्लेख गर्नुभयो ।गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक धारको पढाईमा जोड्नुपर्ने वताउनुहुँदै पूर्व मन्त्री पोखरेलले अध्ययनरत विद्यार्थी, शिक्षक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.