X Sharama Funecure

स्थानिय

    Showing ६३१-६४० of १,३१५ items.
  • फेरि बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

    सिरहा,चैत २३ गते । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।स्वचालित बनाउने तयारीउता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २०४ पटक पढिएको
  • जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

    काठमाण्डौं,चैत २३ गते । उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल ९जीवनजल० उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एकरदुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । ।नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पद

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १६४ पटक पढिएको
  • कृषकलाई मसुरो तथा गहुँ भित्र्याउन भ्याई नभ्याई

    बारा, चैत २२ गते । बेमौसमी बर्षाबाट जोगाउन बाराका कृषकलाई यस वर्ष खेती गरेको दलहन मसुरो तथा गहुँ बाली भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको गहुँबालीलाई बेमौसमी वर्षाबाट क्षति हुनबाट जोगाउन कृषकले बाली भित्र्याउन बिहानैदेखि खेतमा व्यस्त रहने गरेका छन् ।बाराका कृषकले यस वर्ष विभिन्न जातका दलहन बाली मसुरो, रहर, मुङ, र नेपाल २९७, ७९१ भृकुटी, किष, आदित्य, डब्बलु १४०४ जातका गहँु कुल २९ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर २।८ मेट्रिकटनले ८३ हजार १६० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।गतवर्ष जिल्लामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती हुँ

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १९० पटक पढिएको
  • पर्सा निकुञ्जमा ३ वटा गैंडा

    पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा स्थायी रूपले बसोबास गरिरहेको पाइएको छ । निकुञ्जमा यस वर्ष गरिएको गैंडा गणनाको हालै आएको नतिजाले निकुञ्जमा ३ वटा गैंडा रहेको देखाएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहकाअनुसार निकुञ्जको मकवानपुरस्थित रमौली प्रतापपुर पोस्ट क्षेत्रमा ३ वटा गैंडा देखिएको छ । उनले निकुञ्जमा ८ वटासम्म गैंडा रहेको अनुमान रहे पनि गणनामा ३ वटा मात्र फेला परेको बताए । ‘निकुञ्जकर्मीको पटकपटकको स्थलगत भ्रमणबाट निकुञ्जमा ८ वटासम्म गैंडा रहेको हाम्रो अनुमान छ,’ उनले भने,‘तर गणनाको समयमा ३ वटा मात्र फेला परेको हुनसक्छ ।’जनवरी ४ बाट १ महिनासम्म पर्सालगायत, चितवन, बर

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १९१ पटक पढिएको
  • मतदाता नामावलीको विवरण लिन रुपैँया लाग्ने, कुन तहमा कति ?

    काठमाडौं,चैत २२ गते । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १९० पटक पढिएको
  • मालबाहक रेल छिट्टै सञ्चालन हुने :मन्त्री यादव

    जनकपुर,चैत २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे सेवाको नियमित सञ्चालन मधेश प्रदेशको विकासको लागि कोशेढुँगा साबित हुने बताएकी छिन् ।विभिन्न बाधा अवरोधका वावजुद निर्धारित समयमै रेल्वेको सुरुवात गर्न सक्नु मधेश प्रदेशवासीकै लागि ठूलो सफलता रहेको उनले बताइन् । जनकपुर उद्योग वाणिज्य संघले सोमबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले भनिन,‘नेपाल भारत सीमामा भन्सारको यथाशीघ्र भन्सारको व्यवस्थापन गर्ने तयारी छ र सो पछि छिट्टै मालवाहक रेल सेवा सञ्चालनको योजना छ।’ भारतबाट नेपालसम्म आयात निर्यातको लागि मालवाहक रेल आवश्यक रहेकोले यसको लागि मन्त्रालयले पहल सुरु भइ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १४० पटक पढिएको
  • ग्यास पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन

    सिन्धुपाल्चोक, चैत २१ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आईतबार बेलुकी ७ बजेका समयमा खाना पकाउने क्रममा ग्याँस पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन भएको छ ।उक्त वडाका अध्यक्ष सुरज तामाङले लामाटोलका मीनबहादुर तामाङको घरमा ग्याँस पडकेर आगलागी हुदाँ बालबालिकाको मृत्यु भएको बताउनु भयो ।जलेर मीनबहादुरका १० बर्षका छोरा इशाक तामाङ, भाई कुमार तामाङको ५ बर्षीय छोरा सरगम तामाङ र पदम तामाङकी २ बर्षीया छोरी दिब्या तामाङ घरभित्रै जलेर निधन भएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घाइते मीनबहादुरलाई उपचारका लागि राजधानी लगिएको बताउनु

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १६७ पटक पढिएको
  • सबै पेट्रोल पम्प खुल्ने, पेट्रोलियम सहज

    सिरहा,चैत २० गते ।  चार बुँदेमाग राख्दै आनदोलनमा रहेका आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगम बीच सहमती भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज हुने भएको छ।निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ।पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।सहमतिपछ

    • प्रकाशित मितिः चैत २०, २०७८
    • २६१ पटक पढिएको
  • जनकपुर जयनगर रेल चढ्न पहिचानपत्र अनिवार्य

    जनकपुरधाम,चैत १९ गते । रेल चढ्न टिकट काट्नका लागि पहिचानपत्र अनिवार्य गरिएको छ । खुल्ला सीमा र सुरक्षालाई मध्य नजर गर्दै रेल चढ्न केही कागजात अनिवार्य गरिएको छ ।नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने बताइएको छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भए पनि चढ्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । आकस्मिक प्रवेशकालागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । १० देखि १८ वर्ष उमेरका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने कम्प

    • प्रकाशित मितिः चैत १९, २०७८
    • १३४ पटक पढिएको
  • एनआरएनए सउदीका अध्यक्षलाई गृह गाउँमा भव्य स्वागत दक्षता नै आजको सबैभन्दा ठुलो सम्पति हो:एनआरएनए अध्यक्ष डम्बर कुमार

    बद्री नारायण यादवसिरहा,चैत्र १९ गते । आजको आधुनिक युगमा दक्षताको सबैभन्दा बढि महत्व रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए)सउदीका अध्यक्ष डम्बर कुमार यादवले बताए । गाउँ आगमनको अवसरमा उज्जवल समाज कल्याण समिति विष्णुपुर गाउँपालिका–४ थल्हाकट्हाले आयोजना गरेको स्वागत् समारोहमा बोल्दै बताएका हुन् । गृह गाउँ आएको अवसरमा स्थानीय युवाहरुले डम्बर कुमार यादवलाई जनकपुरको विमान स्थलबाट स्वागत् गर्दै बेहुला भैm सजाएर सिरहा जिल्ला ल्याइपुर्‍याए । उनलाई लक्ष्मीपुर चौकबाटै सजिसजाउ गाडि र बाजाका साथ फुलको माला र अवीर लगाई गाउँ परिक्रममा गराउदै कार्यक्रम स्थलमा पुर्‍याएको थियो । आयोजित स्वागत् तथा सम्मान समा

    • प्रकाशित मितिः चैत १९, २०७८
    • २२० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२