सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट बाहिरिने सूचनाले राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै अभिव्यक्ति अधिकार सैनिक नियन्त्रणमा लग्ने गृहकार्यअहिले ‘डिजिटल प्लेटफर्म’ दुरूपयोग नियन्त्रणमा देखिने गरी सैनिक संरचनालाई प्रयोग गरिएको छैनकाठमाडौँ — सरकारले राष्ट्रिय सुरक्षालाई बलियो बनाउने नाममा नागरिकका वैयक्तिक गोपनीयतामाथि सैनिक संयन्त्रबाट निगरानी गर्ने गरी साइबर सुरक्षा र साइबर अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी कानुन ल्याउन गृहकार्य अघि बढाएको छ । कानुनी व्यवस्थाबिनै इजरायलबाट नागरिकका फोन तथा सामाजिक सञ्जाल ट्यापिङ गर्न उपकरण भित्र्याएको सरकारले सैनिक गुप्तचरलाई तथा डिजिटल सामग्रीको नियमन र नियन्
काठमाडौं, चैत २७ गते । शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि यो संख्या सबैभन्दा धेरै हो ।विगत महिनाहरुमा भन्दा मार्च महिनामा समेत पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको र शनिबारको तथ्याङ्कले कोभिड–१९ महामारीले सुस्ताएको नेपालको पर्यटन क्षेत्र बिस्तारै पुरानै गतिमा जान थालेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।यो मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा १८०।४७ प्रतिशतले वृद
जनकपुरधाम,चैत २७ गते । सिटिईभीटीद्वारा सञ्चालित डिप्लोमा ईन्जिनियरिंगका विद्यार्थीहरुले परीक्षा केन्द्र व्यवस्थापनमा विभेद गरिएको भन्दै आन्दोलित भएका छन् ।आन्दोलित विद्यार्थीहरुले शनिबार दिउँसो जनकपुरधामको रामानन्द चोकमा चक्का जाम गरेका छन् । विद्यार्थीहरुले देशभरिको अन्य ६ वटा प्रदेशमा होम सेन्टर राखिएको र मधेश प्रदेशमा सेन्टरमा परिवर्तन गरेर विभेद गरेकोमा सिटिईभीटी विरुद्ध चर्को नाराबाजी गर्दै एक घण्टा सम्म चक्का जाम गरेका थिए । कोरोना र बन्दाबन्दीको कारण तीन वर्षको डिप्लोमाको कोर्ष लम्बिएर पाँच वर्ष हुन लाग्दा पनि समयमा परीक्षा नहुनु ,परिक्षाको व्यवस्थापनमा पनि विभेद गरिनु जस्ता समस्याको का
सिरहा,चैत २७ गते । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।चुलाचुली गाउँपालिका(३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो। प्रहरीका अनुसार उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको थियो।
ढल्केवर, चैत २६ गते । धनुषामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको छ । सिँचाइको उपयुक्त व्यवस्था तथा अनुदानमा धानको बीउ उपलब्ध गराएपछि जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने भएको हो ।चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । फागुन महिनाको अन्तिम सातादेखि रोपाइँ सुरु गर्नुभएको यहाँका किसानले चैत महिनाको तेस्रो सातामै चैते धान रोपाइँ सम्पन्न गर्नुभएको छ ।रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कील
जनकपुरधाम, चैत्र २५ गते। मधेश प्रदेशमा लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत बंचित हुनु राज्यको लागी ठुलो चुनौती रहेको बताउनु भयो ।उहाँले भन्नु,‘ नागरिकता विहिनताको अवस्थाले उनिहरु समान्य मानवअधिकारबाट समेत बंचित भएकाछन । शिक्षा र स्वाथ्यमा समेत पहुँच पाउन सकेका छैन, यो भ
जनकपुर,चैत २५ गते । शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा जनकपुरधामका व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । धनुषाका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा अपराधिक किसिमको घटनामा वृद्धि भएको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरूमा त्रासको वातावरण सृजना भएको बताउँदै उनले तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रज
सिरहा,चैत २५ गते । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उनले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गरे । अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा घिमिरे समूहकै अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । प्यानल नै विजयी भएपछि नेपाल बार परिसरमा घ
महोत्तरी,चैत २५ गते । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान
सिरहा चैत्र २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले धेरै मेहनत एवम् बलिदानीपछिआएको संघीयतालाई जोगाउन आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई हार्ने छुट नभएको वताउनुभयो । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमा सहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दहालले निकै कठिनाई पश्चात् गाउँ गाउँ र टोलटोलसम्म आएकोस्थानीय तहको सिंहदरवारलाई पुनः काठमाडौंमै केन्द्रित गर्ने केही थरीहरुले प्रयास गरिरहेकोले गाउँघरमै सिंहदरवार राखिरहन अबको चुनावमा माओवादी जित्नुको विकल्प नरहेको उल्लेख गर्नुभय
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.