उपमहानगरमा मेयर पदका लागि जनमत पार्टीबाट साहले दर्ता गराइन उम्मेदवारी । ११ बैशाख, जनकपुरधाम चुनाव नजिकिदै गर्दा बिभिन्न स्थान र बिभिन्न पार्टीहरुबाट आज र भोली दिने नोमिनेशनको क्रमजारीनै रहेको अवस्था छ । जनकपुरधाम उपमहानगरपालिकाको लागि मेयर,उपमेयर,वडाअध्यक्ष र वडा सदस्य पदहरुको लागि दिएकोे नोमिनेशनमा जनमत पार्टीबाट मेयर पदको लागि अनिता देवी साहले आज जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन्। साह:जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।
सप्तरी १०,बैसाख,सप्तरीमा दुई ओटा मोटरसाइकल एक आपस्मा ठोकिदा तिनजनाको मृत्यू भएको छ । मध्यराती सप्तरी जिल्लाको राजगढ नगरपालिका मलेकपुर स्थित हुलाकी सडकमा पश्चिम तर्फ जाँदै गरेको प्र १(०२४१ प २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र १(०२०४१ प ९५४१ नम्बरको मोटरसाइकल एक आपस्मा ठोकिदा दुर्घटना भएको थियो ।
राजविराज, बैशाख १० गते । नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य माे. इस्लाम मियाँ अाज एमाले परित्याग गरी नेकपा माअाेवादी केन्द्रमा प्रबेश गरेकाे छ। राजविराजमा अाज अायाेजित एक कार्यक्रमका बीच नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशाेक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराउनुभयाे । मियाँ गत २०७४ सालकाे स्थानीय तह निर्वाचनमा बाेदे बर्साइन नगरपालिकाकाे मेयर पदमा चुनाब लड्नु भएकाे थियाे भने अघिल्लाे प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बन्नुभएकाे थियाे ।
काठमाडौं,बैशाख १ गते । । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् ।नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए ।‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम
काठमाण्डौं,बैशाख १ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गरे ।प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्त
सिरहा,बैशाख १ गते । सिरहा सहित तराईका जिल्लाहरु महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइरहेका छन् ।मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले आजका दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको छ । जौ,चना, मकै,भटमासलगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलामा सतुवाइन पर्व मनाइने चलन रहेको छ । सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र
नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।सिरहा,बैशाख १ गते । आजबाट हामीले वि.सं२०७८ लाई विदाई गर्दै नयाँ संवत् २०७९ लाई स्वागत गरेका छौँ । अर्थात् आज नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।विगतको वर्ष कोरोना महामारीका कारण आक्रान्त बन्यो । राजनीतिक उथलपुथलले अशान्त बन्यो । देशमा पछिल्लो समय देखिएको आर्थिक संकटको अवस्थाले नैराश्यता सिर्जना गरेको छ । समग्रमा भन्दा गएको वर्ष २०७८ नेपाल र नेपालीका लाग
जनकपुर,चैत २८ गते । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झालाई ५ लाख नगद रुपैयाँ घुस सहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले प्रमुख झालाई आज बिहान जनकपुरको भानुचोकबाट पाँच लाख घुस रकम सहित नियन्त्रणमा लिएको हो ।प्रमुख झाले जग्गाको हकछाप सम्वन्धि मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । पक्राउ परेका झा माथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
महोत्तरी,चैत २८ गते । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो । छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।
झापा,चैत २८ गते । झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापाको मृत्यु भएको छ। घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ। झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो। शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ।वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी, वीरे राजवंशी, पवन राजवंशी लगायतको फुसको घर हावाले उडाएको हो। पवन राजवंशीका अनुसार अन्नपात भिजेर नष्ट भएको छ। यता कन्काई
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.