सिरहा,कार्तिक ७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं।४ जयपुरमा हरेक वर्ष लाग्ने लक्ष्मी पुजालाई भव्य रुप दिन आज ठूलो कलश यात्राको आयोजना गरेको छ । विधि विधान अनुसार देवस्थलको जलाशयबाट कलशमा पानी भरेर लक्ष्मीको प्रतिमा स्थलम राखे पुण्य प्राप्ति हुने जनविश्वासको कारण गाउँ गाउँबाट आएका सयौंको संख्यामा भक्तजनहरुले धनगढीमाई नगरपालिका वडा नं। ५ स्थित धर्मस्थल राजदेवी मन्दिर प्रांगणको दुदहा भबढीबाट जल भरेका हुन् । स्थानीय एवम् विभिन्न दाता, चन्दा संकलनबाट आयोजना हुने मेला विगत पन्द्रह वर्षदेखि प्रत्येक वर्ष दीपावलीको अवसरमा मेला लाग्ने गरेको स्थानीय राज कुमार चौधरीले बताउनु
सिरहा,कार्तिक ७ गते । आसन्न दीपावलीको लागि अहिले रंगीविरंगी फुलहरुको माग अत्यधिक छ । फुलको लागि वर्षौंदेखि अर्का मुलुकको पर निर्भर रहेको थियो । तर यसपालि स्थानीय स्तरमा फलफुल नर्सरीहरुले विभिन्न किसिमका फुलहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेपछि सिरहावासी यसपल्ट आफ्नै जिल्लाबाट उत्पादित फुलबाट पूजा पाठ गर्न पाएका छन् । वर्षौदेखि चाडपर्व, ब्रतबन्ध एवम् वैवाहिक कार्यक्रमको लागि विभिन्न प्रकारका फुलहरु अन्य मुलुकबाट आयात गरिरहेका सिरहाका स्थानीयहरुले अहिले आफ्नै जिल्लामा उत्पादित फुलहरुबाट आवश्यकता परिपूर्ति गर्न थालेको छ ।जिल्लामा दर्जन बढी फलफुल तथा फुल नर्सरीहरुले विभिन्न खाले
सिरहा कार्तिक २ गते । हिन्दुहरुको महान पर्व दिपावली नजिकिन थालेपछि सिरहाका स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहलपहल बढेको छ । दिपावली पर्वमा आवश्यक पूजा सामाग्रीहरु खरिद गर्न स्थानीय बजारहरु लहान, धनगढीमाई, गोलबजार, सिरहा लगायतका बजारहरुमा किनमेल गर्नेहरुको घुइँचो लागेको हो । माटोबाट निर्मित, दियो, गाग्री, ढकनी तथा बाँसबाट निर्मित नांग्लो ढाकी लगायतका सामाग्री खरिद गर्न घुइँचो लागेको हो । पहिलेको तुलनामा यसपल्ट पूजा सामाग्रीहरुको मूल्य व्यापारीहरुले मनोमानी ढंगले बढाए पनि सम्बन्धित निकायको वेवास्ता गरेको आफूहरु थप आर्थिक मारमा परेको स्थानीयले गुनासो गरेका छन् ।
सिरहा,कार्तिक २ गते। पत्रकार महासंघ सिरहाले भन्सार कार्यालय सिरहा माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोरकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो । सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए ।यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्
महोत्तरी, कात्तिक १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मगंलबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं। २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अङ्कित ठाकुर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय, महोत्तरीकाअनुसार अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अङ्कित एक्कासि पोखरीमा डुबेको थियो । उनलाई तत्कालै पोखरीबाट निकालेर प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो ।अस्पताल पुर्याउनुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको जनाइएको छ । जलेश्वरमा रहेको सिमबायोसिस स्कुलको कक्षा ६ मा अध्ययनरत अङ्कित पढ्नमा सिपालु र जेहनदार छात
सिरहा,कार्तिक १ गते । ईलाका प्रहरी कार्यालय मिर्चैयामा अनुसंधानको क्रममा पक्राउ परेका महिला माथि प्रहरीले अमानवीय तरिकाले कुटपिट गरेको भन्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा स्थानिय आक्रोशितले नाराजुलुस सहित सोमबार चक्का जामा गरेको छ। मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले नियन्त्रणमालिई अमानविय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले चक्काजाम गरेको हो।आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै चक्काजाम सहित ईलाका प्रहरी घेराउगरी चर्का नारा लग
सिरहा,कार्तिक १ गते । मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।मृतक अंशु र अरु दुईजना साथी हुन् । विराटनगरबाट उनीहरुले अंशुको परिवारलाई फोन गरेर ‘छोरा अपहरण गरेका छौ, जिवित चाहिए १ लाख पठाउनु’ भनेका थिए । सो रकम नपठाएपछि दुईजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।अ
सिरहा,असोज २५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित भएको धनगढीमाई दोस्रो गोल्डकप प्रतियोगिताको फाइनल खेलमा बारा ११ फुटबल क्लवलाई एकका विरुद्ध सलहेश फुटबल क्लव सिरहाले चार गोल जित हासिल गरेका छन् ।विजयी प्रथम हुने सलहेश फुटबल क्लव सिरहालाई आयोजकले एक लाख पचास हजार नगद तथा शिल्ड र प्रमाणपत्र तथा द्वितीय स्थान हासिल प्राप्त गर्ने बारा ११ फुटबल क्लवलाई एक लाख नगद सहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।नगद, प्रमाणपत्र तथा शिल्ड वितरण गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले खेलले धनगढीमाई नगरपालिकाका युवाहरुलाई थप उत्साहित बनाएको बताउनुभयो । खेल मैदानमा द
सिरहा,असोज २५ गते ।पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ एवम् सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनका उम्मेद्वार चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताउनुभयो ।आज सिरहाको क्षेत्र नं.२ मा चुनावी अगुवा कार्यकर्ताको भेटमा नेतृ यादवले जनताले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै जनताका हक अधिकार एवम् विकासलाई सम्बोधन गर्नका निम्ति संयुक्त गठबन्धनबाट उम्मेद्वारी दिएको बताइन् । नेकपा माओवादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आफू कुनै एउटा पार्टीको उम्मेद्वार नभएको वताउँदै विजयी हासिल गरेपछि संयुक्त गठबन्धन लगायत सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता स
सिरहा,आश्वीन १५ गते । सिरहाको धनगढीमाईस्थित निर्मला लामा कभर्ड हलमा आयोजित प्रथम मेयर कप जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फ गोविन्द चौधरी र प्रशान्त चौधरी प्रथम भएका छन् ।मनोज साह र ध्रुव कुँवरलाई पराजित गर्दै गोविन्द चौधरी र प्रशान्त चौधरी प्रथम भएका हुन् । विजेताहरुलाई धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले नगद, मेडल, ट्रफि प्रदान गरिएको थियो ।भेट्रान्सतर्फ विमल गौतम र शरद रेग्मीलाई हराउँदै हरिप्रसाद गुप्ता र सत्यनारयाण गुप्ता प्रथम भएका हुन् । त्यसैगरी सुपर भेट्रान्सतर्फ भूमिलाल लामा र अशोक लामालाई पराजित गर्दै प्रेम लामा र गोपाल गौधरी प्रथम भएका हुन् ।त्यसैगरी ख
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.