सिरहा,मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको शक्तिकरणको लागि आफ्नो तर्फबाट सकिने सवैखालको सहयोग गर्न तयार रहेको नगर प्रमुखहरुले प्रतिबद्धता जनाएका छन्। विभिन्न संस्थाको आयोजनामा गोलबजार र कल्याणपुर नगरपालिकामा अपाङ्गता दिवसको अवसरमा शनिवार आयोजित अन्तरकृया कार्यक्रममा नगर प्रमुखहरुले अपाङ्ता भएका व्यक्तिहरुलाई सवैक्षेत्रमा पहुच वृद्धिको लागि तयार रहेको बताए।कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले अपाङ्गता भएको व्यत्तिहरूको लागि आउदो पुषमा हुने हिउँदे नगर अधिवेशनबाट आफुहरूले विभिन्न कार्यक्रम र बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी अपाङ्ता भएका व्यक्तिहरुको शक्तिकरणको लागि हिउ
लहान, मंसिर १७ गते । मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तामा परेका छन् । धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी)बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका हुन् ।लहान –१३ का उपेन्द्र यादवले भन्नुभयो, “किसानलाई समस्यै समस्या छ । धान उत्पादनको समयमा महँगोमा मल खरिद गर्नुपर्छ, अहिले उत्पादन गरेको धान बिक्री गर्न जाँदा सस्तो मूल्यमा बेच्नुपर्छ ।” सरकारले कायम गरेको मूल्यमा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म धान खरिद गर्ने सूचना समेत प्र
सर्लाही,मंसिर १७ गते । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् ।शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए । राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताए ।कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ। उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए ।भट्टराई नेपाल पत्रकार महासंघ सप्त
जनकपुरधाम, मंसिर १७ गते । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । पक्राउ परेका द
सिरहा,मंसिर १६ गते । सिरहाको बरियापट्टीमा सालनाल सहित भेटिएका नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।बिहिबार विहान बरियापट्टी गाँउपालिका वडा नं. ३ चौक देखी ७ सय मिटर पश्चिम दक्षीणमा सालनाल लागेकै अबस्थामा एक छोरा नवजात शिशु भेटिएको थियो ।स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाईएको थियो ।चिसोको कारण कठ्याङ्ग्रिएको र श्वास प्रश्वास मा समस्या भई भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दै मृ
सप्तरी,मंसिर १६ गते । नेकपा एमालेका नेता एवम् सप्तरी १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने नेकपा एमाले पार्टीले आन्तरिक तयारी शुरु गरेको छ । मधेश प्रदेशको ठूलो दलको हैसियतले एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहईन्चार्ज लेखीको नेतृत्वमा एमालेले सरकार गठनको तयारी गरेको हो ।प्रत्येक्षतर्फ १५ सिट जितेका एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक गृहकार्य शुरु गरेको एमाले नेताहरु बताउँछन् । पार्टी केन्द्रिय कार्यालयमा मधेश प्रदेशमा सरकार गठन बारे छलफल भयो, एक नेताले भने, मुख्यमन्त्रीमा लेखीको नाम अग्रपंक्तिमा राखिएको छ । मधेश प्रदेशको सम
सिरहा,मंसिर १५ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सिराहामा उम्मेदवार बनेका एक सय ७२ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका ७५ र प्रदेश सभाका ९७ गरी एक सय ७२ उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।प्रतिनिधिसभातर्फ चारवटा निर्वाचन क्षेत्रका साना दलका २७ र स्वतन्त्र ४८ गरी ७५ तथा प्रदेश सभातर्फ आठ क्षेत्रका साना दलका २९ र ६८ स्वतन्त्र गरी ९७ जनाको धरौटी जफत भएको हो। कुल २१० उम्मेदवारमध्ये ३८ जनाले मात्र आफ्नो धरौटी रकम जोगाएका छन्। प्रतिनिधिसभातर्फ ८७ मध्ये १२ र प्रदेश सभातर्फ एक सय २३ मध्ये २६ उम्मेदवारले धरौटी रकम जोगाएका निर्वाचन क
सिरहा,मंसिर १५ गते । सिरहाको गोलबजार नगरपालिका(११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल सहित दुई जना लाई पक्राउ गरेको छ । पत्रलउ पर्नेमा गोलबजार नगरपालिका(४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका(११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । पेस्तोल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ।
मंसिर,सिरहा १२ गते । प्रहरीकै संरक्षणमा हुन्छ तस्करी ,मासिक रुपमा लिईन्छ लाखौको कमिशनभारत देखी नेपाल र नेपालबाट भारत सम्म अबैध रुपमा मालसमान भित्राउन प्रहरी नै गर्छ कमिशन लिई सहयोग
सिरहा,मंसिर १० गते । सिरहा क्षेत्र नं. ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएपछि विजयी र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ श्रेष्ठका निकटतम् प्रतिदन्दी विश्नाथ साहका दाजु देवनाथ साहको गोलबजार स्थित वडा नं. ४ को घरमा ढुंगामुडा गरेको विरोधमा आज सिरहाको गोलबजार वरपर सडक अवरुद्ध गरेको छ । र्यालीमा सहभागी कार्यकर्ताले घरमा ढुंगामुडा गर्दा घरका झ्यालका सिसाहरु पmुटेका छन् भने स्थानीय ४३ वर्षीय श्रीचनलाई कुटपिट समेत गरेका छन्, कुटपिटबाट साहको फुटेको छ । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । सडक अवरुद्धले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोहर्वा, गोलबजार, निपनिया लगायतका
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.