सिरहा,मंसिर २७ गते । उन्नत घाँसका विउहरुको मागलाई परिपूर्ति गर्ने उद्देश्यले सर्लाहीको रंजितपुरस्थित घाँसवाली आनुवांशिक श्रोत केन्द्रले यसपल्ट सयौं क्वीन्टल घाँसका मुल विउ तथा मलखाद निःशुल्क रुपमा कृषकहरुलाई वितरण गरेको छ । यस वर्ष वितरित मुल घाँस अन्तर्गत एक सय २० क्वीन्टल जैं, एक सय वीस क्वीन्टल टी ओ सेन्टी, ३ सय के.जी स्टाइलो, २ लाखनेपियर सेट (टुक्रा)। भेज, ज्वाइन्ट भेज, कुडजु लगायत रहेको कार्यालयले जनाइएको छ ।१, २, ३ र ४ प्रदेशका ४६ जिल्लाको कृषकहरुलाई वितरित उन्नत घाँसका विउ तथा मलखादले मुल विऊहरु उत्पादनमा बृद्धि भई विभिन्न जिल्लाका कृषकहरुलाई मागलाई परिपूर्ति गर्ने उद्देश्य रहेको घ
सिरहा, मंसिर २७ । छोरीलाई सक्षम बनाउन सके दहजे र महिलाहिंसामा कमि आउने गोलबजार नगरपालिकाका उप–मेयर मानती साहले बताएकी छिन्। दलित महिला केन्द्र, नेपाल ९ऋम्ध्ल्० द्वारा ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गोलबजारमा र्याली पछिको कोणसभामा मधेशमा दहेजको समस्या विकराल भन्दै गएको जनाउँदै न्यूनिकरणको लागि छोरीलाई शिक्षित बनाउन जरुरी रहेको बताएकी हुन्।समाजमा भएको आर्थिक तथा सामाजिक विकाससँगै दहेज प्रथापनि बढ्दै गएको उपमेयर साहले बताए। दहेज न्यूनिकरण गर्ने हो भने छोरीलाई शिक्षित, सक्षम तथा आर्थिक उन्नतिगर्न सक्ने बाटोमा लगाउनुपर्ने बताए। उनले भने, ‘जसले जे भनेपनि दहेजप्रथा न्यूनिकरणको लागि छोरि
पर्सा,मंसिर २७ गते । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जा
सिरहा,मंसिर २६ गते । सिरहाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा लागाएको गाँजा प्रहरीले फडानी गरेका छ । जिल्लाको विभिन्न ठाउँमा लगाएको गाँजा एस्कावाड टोलिको विशेष सुचनाको अधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले गाँजा फडानि गरेको हो । मिर्चैया नपा ७ , नरहा गाउँपालिका २ र गोलबजार नगरपालिका ७ बाट २ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजानी आगो लगाई नष्ट गरेको छ । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहीत हुने हुनाले अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियान अन्तर्गत फल लाग्नु भन्दा अगावै फडानी गरिएको सशस्त्र प्रहरी मधे
सर्लाही,मंसिर २६ गते । सर्लाहीको लालबन्दी नगरपालिका १ मा मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा एक जना पक्राउ परेको छ । पक्रउ पर्नेमा लालबन्दी नगरपालिका १ मुसहरी टोलबाट करिब १० किलो गाँजा सहित हरिवन नगरपालिका ३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई रहेको छ । आइतबार रातिइलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित मोटरसाइकलमा सवार श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्रउ परेका श्रेष्ठ सवार मोटरसाइकल चालक फरार भएको छ । फरार चालक को खोजी गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
धनुषा,मंसिर २६ गते । धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं.५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो । उनकै श्रीमानले हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । रिताको उपचारको क्रममा मृत्यु भएको छ ।घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको छ । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भ
सिरहा,मंसिर २५ गते । सिरहा प्रहरीले अवैध लागु पदार्थ सहित चारजनालाई पक्राउ गरेका छन्। जिल्लाको धनगढीमाई नगरपालिका १२ कुस्माहा खुट्टी खोलाबाट करिब ९२ केजी अवैध लागूऔषध गाँजा सहित भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बेदेवर्साईन नगपालिका ९ का रामकुमार साहलाई शुक्रवार राति पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।त्यसैगरी, नवराजपुर गाउँपालिका ५ कुसण्डीबाट नियन्त
महोत्तरी,मंसिर २५ गते । महोत्तरीको बर्दिवासमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका(३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
सिरहा,मंसिर २२ गते ।पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषय प्रति प्रहरी प्रशासन उदासिन देखिएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष सहित सिरहाका पत्रकारहरु लहानको सहिद चौकमा दोषीलाई कारवाहीको माग गर्दै धर्नामा बसेको छन् ।गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषय प्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले व
वीरगञ्ज,मंसिर २० गते । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो ।वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.