सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११ र १२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो । सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महशुस गरे । कठ्याङग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिए
नरेशचन्द्र बरबरिया धनुषा पुस १३ गते । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं. २ स्थित नेपाल- भारतको सिमा क्षेत्र दशगज्जामा बीस बर्ष देखि बिवादित रहेको जग्गाको समस्या समाधान भएको छ । &nbs
धनुषा, पुस १२ गते । मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेका छन् । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीलले रोशन कन्सट्रक्सनमा काम गर्ने राज कुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेका अनुसन्धान अधिकृत उमाशंकर साहले जनाएका छन् ।निरिक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिदैँ आएको थियो ।मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे छ । भने थप अनुसन्धानका लागि मण्डललाई धनुषा जिल्ला प्रहरी क
महोत्तरी,पुस १२ गते । महोत्तरीमा पछिल्लो वर्ष अपराधजन्य क्रियाकलापमा वृद्धि भएको पाइएको छ। एक तथ्यांकअनुसार २०७८ मा बलात्कार,बलात्कार प्रयास र यौनदुर्व्यहारका ४० र १० जनाको हत्या भएको तथ्यांक सार्वनजिक भएको छ।महोत्तरीको जलेश्वरमा सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमकाबीच सो तथ्यांक सार्वजानिक गरिएको हो । इन्सेक महोत्तरीका जिल्ला प्रतिनिधि अजयकुमार साहले जिल्लाभरिमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अभिलेख गरेका घटनाहरूको प्रस्तुत गरेका थिए । सार्वजनिक गरिएको तथ्यांकअनुसार परिव
रौतहट,पुस ११ गते । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो ।भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्री र सेवन निषेध गरिएको छ । सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गरिन्छ ।रौतहटको राजदेवी नगरपालिका(९
महोत्तरी,पुस ११ दगते । पसलेको कुटाइबाट एक मजदुरको मृत्यु भएको छ । जिल्लाको समसी २ पर्सादेवाडका ३० वर्षीय मो खुर्सेद अन्सारीको निर्घात कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरस्थित जानकी हेल्थ केयरमा उहाँको उपचार भएको थियो । उहाँलाई पर्सादेवाडकै ३० वर्षीय किराना पसले असलम भन्ने अवदुस सलामले चरम यातना दिएका थिए । अन्सारी केही दिनदेखि सोही पसलमा काम गर्दै आउनुभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्थानीयका अनुसार घटना पुस ६ गते अपराह्न साढे ३ बजेतिरको हो । सलामले अकस्मात् लात्ती, घुसा र उखुको लाथ्राले अन्सारीलाई यातना दिन थालेपछि उहाँ बिरामी परेर उपचारमा हुन
बारा,पुस १० गते । बारा जिल्लाको आर्दश कोतवाल गाउपालिकाबाट नक्कली नेपाली रुपैया सहित ३ जना पक्रउ परेको छ । पक्रउ पर्नेमा आर्दश कोतवाल गाउपालिका वाड नम्बर ६ पटेर्वाका राम सहाय कुर्मी सहित अन्य दुई जना रहेको छ। पालीकाकै वाडा नं. ६ हरनैया चोकवाट तिनै जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ।जिल्ला प्रहरी परिसर र ईलाका वाट खटिएको संयुक्त टोलीले नक्कली नोट कारोवारमा संलग्न कारोवारी लाई पक्राउ गर्न सफल भएका छन।उनीहरु संग १ हजारका नक्कली नेपाली रु. ३लाख वरावर र दुई वटा भारतीय नम्बर प्लेट को वाईक पनि वरामद गरेको छ।यस सम्वन्धमा थप अनुसन्धान गरि रहेको प्रहरीले जनाउनु भयो ।
विरगञ्ज, पुस १० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रवी चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वर्षीय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।जीतपुरसिमरा(७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।उन
धनुषा, पुस १० गते । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । धनुषको मुख्यापट्टीमा अज्ञात व्यक्तिको गोली प्रहार गरि एक जनाको हत्या गरेका छन् ।शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ ।प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर प
धनुषा,पुस ८ गते । धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय बन्द गराएका छन् ।धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए ।उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गरिरहेका थिए । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।’उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन स
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.