धनुषा,माघ ८ गते । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ । अनलाईल खवर बाट
अनुभक्त चौधरीमहोत्तरी,माघ ८ गते । वर्षामा आउजाउ गर्न समस्या भईरहेको बेला महोत्तरीको एकडेरा गाउँपालिका वडा नं. ६ गोनरपुरको राम जानकी पोखरीमा मधेश प्रदेश सरकारको चालिस लाखको लागतमा क्रेटिङ वाल निर्माणले स्थानिय खुसी भएका छन् ।वर्षातको याममा पोखरीको पानीले पूर्व र उत्तर पट्टीको डिल भासिदै जाँदा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग,पर्यटन तथा वन मन्त्रालयको उक्त रकमले १५७ घन मिटर क्रेटिङ वाल संगै घाट निर्माणले आउजाउ गर्न सहज भएको र घाटले नुहाई धुवाई गर्न सहयोग पुगेको स्थानियले जनाउनु भयो ।पोखरीको दक्षिण रउत्तर डिलमा खाल्ड खुल्डि,मन्दिर र घरहरु भासिदै जाँदा क्रेटिङ वाल र घाट निर्माणले घरहरु जोगिए संगै
बर्दिबास, माघ ७ गते । जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले लगत्तै ७ बुँदे सुझावसहित अनुगमन प्रतिवेदन जारी गरेसँगै स्थानीय तहका प्रमुख देखि अधिकांश जनप्रतिनिधिहरूमा तरङ्ग आएको छ । जनप्रतिनिधिहरू आफू चोखिन दिनहुँ जस्तै पत्रकार सम्मेलन गरी नाटकीय प्रतिक्रियाहरू दिँदै आएका छन् । बर्दिबास नगरपालिका समितिलाई नै उल्टै गलत साबित गर्ने प्रयास गर्दै पत्रकार सम्मेलन गरेसँगै जिल्ला समन्वय समिति महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधिहरू क्रसरमा संलग्न हुनु दुर्भाग्य भएको जनाएको थियो । जिम्मा पा
अनुभक्त चौधरी,धनुषा,माघ ७ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ बेङाडावरमा अवस्थित ऐतिहासिक बेङाडावर पोखरीलाई मधेश प्रदेश सरकारले सौन्दर्यकरणका लागि विभिन्न खाले संरचनाहरु निर्माण गरिएकोे छ । मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालय अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत् करिव ४४ लाखको लागतमा घाट निर्माण, कम्पाउण्ड वाल, सोलार लाईट, कुर्सी लगायतका संरचना निर्माण गरिदिएपछि वर्षौ पुरानो रहेको पोखरी सौन्दर्यकरणसँगै संरक्षण समेत भएको हो । पौराणिक भनाइ अनुसार उक्त ठाउँमा बेंग नै बेंग अथवा (भ्यागुता नै भ्यागुताको वास रहेकाले उक्त ठाउँलाई बेंगाडाबर नामाका
सिरहा,माघ ५ गते । प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।बलिदानी
अनुभक्त चौधरीसिरहा,माघ ५ गते । धनुषा जिल्लाको मिथिला नगरपालीका वडा नं. ७ केमिलीपुर सामुदायिक वन क्षेत्रको बथान गहिरी स्थानमा पार्कको संरचनाहरु निर्माण भएको छ । आर्थिक वर्ष २०७८/०७९ को मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको ३८ लाखको लागत सहयोगमा भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान मार्फत पार्क निर्माण हुन लागेको हो । चुरेको फेदमा अवस्थित अति रमणीय र मनमोहक दृश्य समेत रहेकाले सबैको आकर्षणको केन्द्र बन्ने सक्ने उद्देश्यका साथ उक्त स्थानमा पार्क निर्माण प्रक्रिया शुरु गरिएको स्थानीय रामकुमार महतोले जनाउनुभयो ।१५ हेक्टर क्षेत्रफलमा बन्न लागेको पार्कमा अहिले १७० मिटर लम्व
काठमाण्डौ,माघ ४ गते । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अनलाईन खवर बाट
अनुभक्त चौधरीसिरहा,माघ ४ गते । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ बल्टियामा सिंचाईको लागि करिव एक करोडको लागतमा साढे तीन किलोमिटर पक्की लाईनिंग (पैनी) निर्माण भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत भौतिक मन्त्रालयको आर्थिक वर्ष २०७८।०७९ को बजेटबाट सिरहास्थित सिंचाई विकास डिभिजन कार्यालय मार्फत् कमला उत्तराहनी क्यानलमा उक्त पक्की लाईनिंग निर्माण भएको हो । पक्की लाईनिंग निर्माणले कर्जन्हा नगरपालिका वडा नं. १ देखि ३ वडासम्मका करिव तीन सय विघा खेती योग्य जग्गा सिंचित भएको स्थानीय रामेश्वर धामी बताउँछन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका त्यस भेगका कृषकलाई पक्की लाईनिंग निर्माणले समयम
धनुषा,माघ ३ गते । ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ ।उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।अनलाईन खवरबाट
धनुषा,माघ ३ गते । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा एकसय ३ सांसद उपस्थित थिए ।मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.