सिरहा,फाल्गुन ६ गते ।महाशिवरात्रीको दिन शिवको पूजा पाठ गरे मनोकामाना पूरा हुने जनविश्वासको कारण सिरहाको विभिन्न शिव मन्दिरमा पूजा पाठ गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ । सिरहा नगरपालिका वडा नं. १२ मा अवस्थित पौराणिक, धार्मिक तथा ऐतिहासिक स्थल सारस्वरनाथ महादेवको दर्शन गर्न दुर दराजको ठाउँबाट अझ बढी भक्तजनहरु ओइरिएको हो ।शिवरात्रीको अवसरमा सिरहा नगरपालिकाका नगर प्रमुख नविन कुमार यादवले सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरेको छ । दैवोको दैव महादेव भएकाले उहाँको विशेष सम्मानको लागि हेलिकप्टरद्वारा पुष्पबृष्टि गरिएको जनाएको छ । शिवरात्रीकै अवसरमा पारेर सारस्वरनाथ परिसरम
सिरहा,फाल्गुन ५ गते । बसोबासको समस्याले दुख कष्ठ भोगिरहेका लहान नगरपालिका वडा नं. १५ मेनहरबा मुसहर वस्तीमा ३८ घर परिवारका लागि घर निर्माण हुने भएको छ । वर्षौदेखि बसोबासको समस्या झेलिरहेकाहरुको लागि उनीहरुको बसोबासका लागि मुसहर बस्तिको शिलान्यास गरिएको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले वताउनुभयो । एक करोड ७२ लाख पचास हजारको लागतमा बन्न लागेको बस्तिमा हरेक परिवारलाई भान्सा कोठा सहित २ कोठाको घर बन्नेछ । घर निर्माणमा लाग्ने खर्च मध्ये नगरपालिकाले १ करोड र बाँकी रकम ह्याविट्याट फर हयुम्यानिटीले भवानी एकिकृत विकास केन्द्र मार्फत उपलब्ध गरिने जनाएको छ । शिल्यानास का
सिरहा,फाल्गुन ५ गते । नेपाल सरकारको ऋजष्मि ७ ब्मयभिकअभलत एभ्ल् एगिक एचयवभअत लाई विशिष्टकृत सेवा विस्तार तथा रेफरल सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले काठमाडौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ र प्रादेशिक अस्पताल लहान, सिरहा बिच आज सम्झौता भएको छ ।नेपाल सरकारले चार वर्ष अगाडि ल्याएको पेन प्लस प्रोजेक्टले मधेश प्रदेशमा थप प्रभावकारी बनाउने उद्देश्यले प्रादेशिक अस्पताल लहानमा शुरुआत गरेको जनाइएको छ । युनिसेफको सहयोगमा चार प्रदेशका चार वटा अस्पतालमा पेन प्रोजेक्ट लागू भएको हो ।ब्लड प्रेसर, डायबटिज, क्यान्स, मुटु रोग लगायत चार प्रकारका नसर्ने रोग तथा धु्रमपान, मद्यपान, अनियमित खानपान तथा अनएक्टिभिटीला
नरेश चन्द्र बरबरिया धनुषा फाल्गुन ४ गते ।" मदेश प्रदेशमा खाद्य अधिकार ऐन निर्माणका लागि भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहालाई खाद्य परिषद गठन गर्न माग गरेका छन । संघीय खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन,२०७५ को कार्यान्वयन एवम् ऐन निर्माणका लागि फियान नेपालको अगुवाइमा मधेस प्रदेशमा कार्यरत नागरिक समाज,संघ संस्था ,अधिकारकर्मी,मानव अधिकारकर्मा,संचारकर्मी सम्मीलित प्रतिनिधिले कृषि मन्त्री कुशवाहा संग भेटघाट गरेका हुन । प्रतिनिधिमण्डलले प्रदेशस्तरीय खाद्य अधिकार सम्बन्धि ऐन कानुनको निर्माण र सो सम्बन्धि " मधेश प्रदेश खाद्य परिषद गठनका लागि कृषि म
रामनारायण ठाकुरसिरहा,फाल्गुन ३ गते । मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादब नगरलाई नमुना नगर बनाउनमा लागि परेका छन । मंग्लवार बसेको बैठकले गुदरी बजारमा रहेका संरचना हटाउने निर्णय गरिएको छ । बैठकबाट मिर्चैया नगरपालिका ५ मा रहेको गुदरी बजार भन्दा दक्षिणमा रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने निर्णय गरिएको छ । नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादबको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थानीय, व्यापारी, बुद्धिजिवी र नगरपालिकाको जग्गामा घर टहरा बनाएका घरपेटीहरुको उपस्थिति रहेको थियो । सार्वजनिक जग्गमा निर्माण गरिएको सम्पूर्ण संरचना यहि फाल्गुन २५ गते भित्र खाली गर्ने सर्वसम
सिरहा,फल्गुन ३ गते । सिरहाको गोलबजारस्थित ए.बी.मलको गोदाममा आगलागीबाट भएको क्षति हेर्न मधेश प्रदेश सरकारका गृह तथा संचार मन्त्री शत्रुधन प्रसाद सिंह आज घटना स्थल पुगेका छन् ।आगलागीबाट भएको क्षतिको अवलोकन गर्दै मन्त्री सिंहले भएको उचित क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग आफूले पहल गरिने जनाउनुभएको छ । गोलबजार मन्त्रीको गृह नगर पनि हो । आगलागीबाट कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनहरु लगायत सात करोड मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको मलका संचालक मो.इजहरुल खानले दावी गर्दै आएका छन् ।सुपर मार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको गोदाममा गत
सिरहा, फाल्गुन ३ गते । स्थानीय जनतालाई स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सिरहास्थित मिर्चैया नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई अभियानको रुपमा लैजाने भएको छ । स्वास्थ्य वीमा कार्यक्रम अभियानलाई आज मंगलबार उद्घाटन गर्दै नगरपालिकाले नगर क्षेत्रभित्र रहेको १२ वटै वडामा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने जनाएको छ । वीमा उद्घाटनको क्रममा उपस्थित नगरपालिकाको सम्पूर्ण सदस्य तथा कर्मचारीहरुलाई आजैबाट वीमांकन गरिएको छ । ६० हजार जनता रहेको मिर्चैया नगरपालिकामा हालसम्म करिव ४ प्रतिशत जनताले मात्रै स्वास्थ्य वीमा गराए
सिरहा,फाल्गुन १ गते । सिरहाको गोलबजारस्थित सिरहा एवीमलको गोदाममा आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका लाखौ मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको छ । सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएका छन् । आगलागीको कारण र क्षतिबारे यकिन नभएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु के.सी.ले वताउनु भयो । मलमा विक्रिका लागि ल्याईएका सवैभन्दा बढी मूल्यको कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनहरु लगायत लाखौं मूल्य बराबरको स
सप्तरी,माघ २६ गते । सप्तरीको सुरुंगा नगरपालिका वडा नं. १ भएर बग्ने कोरिया खोलामा मधेश प्रदेश सरकारको चुरे संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत चार वटा स्पर निर्माण गरिएको छ । मधेश प्रदेश सरकारको १० लाख र स्थानीयको एक लाख १७ हजारको जनश्रमदान खर्चमा निर्माण भएको स्परले झोलुंगे पुललाई मात्र नभई खेती योग्य जग्गासँगै वस्तिलाई समेत कटान हुनबाट जोगाएको छ । कोरिया खोला आसपास झण्डै २७ घर परिवारहरु बसिरहेका छन् । सुख्खा मौसममा जसोतसो रात गुजारे पनि वर्षात्को बेला गाउँमा पानी पस्ला भन्ने त्रासले रात गुजार्नुपर्ने वाध्यता उनीहरुको छ । यसपल्ट मधेश प्रदेश सरकारको सहयोगमा बनेको स्परबाट केही हद
धनुषा माघ २५ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सार्वजनिक पोखरीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको ३८ लाखको लागतमा पोखरी घाट निर्माण भएको छ । मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिरहामार्फत् भएको उक्त घाट निर्माणले स्थानीयलाई नुहाई धुहाई देखि छठ पूजा गर्न सजिलो भएको स्थानीय रंजिता महराले वताइन् । नक्टाझिज गाउँको बीचमा अवस्थित उक्त पोखरीमा यस अघि घाट निर्माण अभावमा वर्षातको समयमा पोखरी पुरिदै जानुको साथै मिथिला संस्कृति पर्व अन्तर्गत मनाइने छठ पूजाको बेला पोखरीको डिललाई खन
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.