X wada

स्थानिय

    Showing १,२९१-१,३०० of १,३२२ items.
  • निःशुल्क घर पाएपछि शारीरिक रुपले अशक्त तोपाका दास दंग

    सिरहा,कार्तिक ५ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ८ तोपाका शारीरिक रुपले पूर्ण अशक्त बौना दास सौचालयसहितको सुबिधा सम्पन्न पक्की घर  निःशुल्क घर पाएपछि खुशिले दंग परेका छन् । तोपा बजार यूथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित एक समारोहका बीच पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीवार दासलाई सौचालयसहितको घर हस्तान्तरण गरेका छन् । तोपा बजारका यूवाहरुको सहयोग तथा सक्रियतामा निर्मित सौचालयसहितका घर हस्तान्तरण गर्दै अध्यक्ष यादवले युवाहरूले समाजमा उदाहारणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।सुबिधा सम्पन्न घर पाएकोमा खुशी ब्यक्त गर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १०२ पटक पढिएको
  • सीके राउतका कार्यकर्ता बसे जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना

    सिरहा, कार्तिक ४ गते । आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टी कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको हो ।   पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १६१ पटक पढिएको
  • कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

    सिरहा,कार्तिक ४ गते । पोखरिया नगरपालिकाका कर्मचारीले गत साउनदेखि नै तलब पाएका छैनन् ।तलब नपाएकाले यसवर्षको चाडबाड समेत खल्लो भएको राजश्व शाखाका कर्मचारी महेश साह बताउँछन् । ‘तलब नपाएपछि सर सापट गरेर काम चलाइयो के गर्ने चाडपर्व मनाउनैपर्छ’ उनले भने ‘दीपावली र छठमा अझ बढी खर्च हुन्छ कसरी टार्ने भन्ने चिन्ता छ।पञ्जीकरण शाखाका एमआईएस अपरेटर सु्नीलकुमार साहले पनि तलब नपाउँदा घर व्यवहार चलाउन मुश्किल भएको  जनाएको छ।पोखरिया नगरपालिकाले असार १० गतेभित्र गर्नुपर्ने नगरसभा अहिलेसम्म गर्न सकेको छैन । नगरसभाबाट बजेट पारित नगरेसम्म आर्थिक वर्ष २०७८÷७९ मा बजेट गर्न गर्न पाउँदैन ।पोखरिया नगरपालिकाको स्थ

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १५४ पटक पढिएको
  • खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताले गरे दुर्व्‍यवहार,१० जना भन्दा बढी कार्यकर्ता प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक ४गते । जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर दुर्व्‍यवहार गरेका छ । सि के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेको हो ।लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका छन् ।उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लि

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३६ पटक पढिएको
  • सिरहाका पूर्व मेयर मण्डलले दिए राजिनामा

    सिरहा,कर्तिक४ गते– नेपाल कम्यूनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सिरहा जिल्ला सचिवालय सदस्य पूर्व मेयर राम नन्दन मण्डलले पदवाट राजीनामा दिएका छन् ।केन्द्र देखी जिल्ला सम्मको पद र जिम्मेवारी वाँडफाड समानुपातिक नभएकोले पदवाट आज (आइतबार)देखी लागुहुनेगरी राजीनामा सिरहा जिल्ला अध्यक्ष प्रमोद कुमार यादवलाई बुझाएको उनले बताए । पार्टीको जिम्मेवार कार्यकर्ताको रुपमा काम गर्ने तर पदमा नरहने भन्दै केन्द्रीय नेतृत्वले जिम्मेवारी र पद वाँडफाडमा पूरानै रवैया अपनाएर अग्रगमन भन्दा स्वार्थमा केन्द्रित रहेको उनले बताए 

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १८१ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा प्रजिअ गौतम नेतृत्वको टोलि गरे निरीक्षण,स्परहरु अबिलम्ब निर्माण गर्न निर्देशन

    सिरहा,कार्तिक ४ गते । लगातारको बर्षाका कारण बाढीप्रभावित क्षेत्रमा सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको एक टोलीद्वारा बुधबार स्थलगत निरीक्षण गरेका छन् । लगातारको बर्षाका कारण क्षति भएको बिभिन्न नदीहरुको बाँध तथा स्परहरुको प्रजिअ नेतृत्वको टोलीले अनुगमन गरेको हो । सप्तरीको खाडो, महुली, कोशी ब्यारेज, भारदह रम्पुरा मलहनियाँलगायतका अति संबेदनशिल स्थलका बाँध तथा स्परहरुको प्रजिअ गौतम नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका छन् । अनुगमन टोलीमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ११२ पटक पढिएको
  • सप्तरीमा विद्यालयको पूर्वाधार निर्माणमा अनियमितता

    सिरहा,कार्तिक ४ गते ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विद्यालयको भौतिक पूर्वाधार निर्माणका कार्यमा लाखौं अनियमितता गरेको रहस्य बाहिरिएको छ । नगरका बिभिन्न ५ विद्यालयलाई निर्माण कार्य शुरु नगर्दै ७८ लाख निकासा गरिसकेको छ ।महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार माध्यमिक विद्यालय मधवापुरलाई २ कोठे शौचालय निर्माणमा १४ लाख, राष्ट्रिय आधारभूत विद्यालय रम्पुरा मल्हनियाँलाई २ कोठे भवन निर्माणमा १६ लाख, माध्यमिक विद्यालय हनुमाननगरलाई २ कोठे भवन निर्माणमा १६ लाख, कोशी आधारभूत विद्यालय कोशी ब्यारेजलाई २ कोठे भवन निर्माणमा १६ लाख, दलित राष्ट्रिय प्राथमिक विद्यालय ईनर्वालाई २ कोठे भवन निर्माण कार्य

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १२८ पटक पढिएको
  • करेन्ट लागेर एकै परिवारका ४ जना गम्भीर घाइते,गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुदै

    सिरहा,कार्तिक ४ गते । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् ।आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो ।  होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि साहलाई छुटाउन जाँदा साहको ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनार

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १४१ पटक पढिएको
  • जुलुसमा रथबाट लडेर एक बालकको मृत्यू,चालक फरार

    सिरहा,कार्तिक ४ गते । मोहम्मद पैगम्बर डेको अवसरमा बुधवार सिरहामा निकालिएको जुलुसमा सहभागी रथबाट लडेर एक बालकको मृत्यू भएको छ ।मृत्यू हुनेमा सिरहा नगरपालिका १२ सारश्वरका इस्लाम मियाँका १० वर्षीय छोरा जाहिद राइन रहेका छन् । रथबाट लडेर घाइते उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएको प्रहरीको भनाई छ । जुलुस सिरहा सदरमुकामको विभिन्न भागमा परिक्रमा गरी सारश्वर फर्किने क्रममा रथबाट राइन  लडेको हो ।

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ११७ पटक पढिएको
  • फेरि कमला नदीको पुलको अर्को स्पान पनि भासियो

    सिरहा,कार्तिक ३ गते ।  हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको अर्को स्पान पनि तल भासिएको हो ।बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।यसअघि सिरहाको बसपिट्टा भन्ने स्थानमा पुलको एउटा स्पाम १७ असारमा स्पान भासिएको थियो । पुल निर्माणको ठेक्का २०६८ मै पप्प

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२