X wada

स्थानिय

    Showing १,१८१-१,१९० of १,३२२ items.
  • आज विश्व शौचालय दिवस

    सिरहा,मंसिर ३ गते – आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ (ख्बगिष्लन त्यष्भित) राखेको छ ।नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १६२ पटक पढिएको
  • ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु सात जना

    सिरहा,मंसिर ३ गते –सप्तरीमा विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् खडक नगरपालिका–६ विरपुर स्तिथ पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्वरको ट्याक्टरले विपरित दिसाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।ठक्करसँगै ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको प्रहरीले जाइको छ । ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको छ । दुर्घटना घाइते भएकी यादवलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो ।उपचारकै क्रममा उनको

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १४१ पटक पढिएको
  • कमला नदीमा डुबेर एक पुरुषको मृत्यु

    सिरहा,मंसिर ३ गते – सिराहाको कर्जन्हा नगरपालिका १ उत्तराहनीस्थित कमला नदीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदीप राय क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।कात्र्तिक पूर्णिमा नुहाउन कमला नदी आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको छ । मेलास्थल सुरक्षार्थ बन्दिपुरबाट खटिएका सुरक्षाकर्मीले स्थानीयको सहयोगमा क्षेत्रीको शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का उठाउने काम भएको छ ।मृचुल्का उठाई शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १५९ पटक पढिएको
  • लागु औषध सहित एक युवक पक्राउ

    सिरहा,मंसिर ३ गते – मोहत्तरीको अटोमा सवार एक युवकलाई लागू औषध सहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पक्राउ पर्नेमा गौशाला नगरपालिका–११ लक्ष्मिनिया बस्ने १९ वर्षीय राजाराम महतो रहेको प्रहरीले जनाएको छ ।प्रहरीले बिहिवार उनलाई पक्राउ गरेको हो । महतोको साथबाट नाईट्राभेट –१० ट्याबलेट ३० पिस,ईक्सपोलोन १०० एम एल–४ बोतल सहित बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवंडीएसपी प्रकाश बिष्टले बताए ।उनका अनुसार औरही नगरपालिका–४ कठुधार स्थित सम्सीबाट गौशाला तर्फ जाँदै गरेको ज.१.ह.४५११ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा         &nb

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • ११६ पटक पढिएको
  • तान्त्रिक सिद्धका लागि धामीझाँक्रीले गर्दै कमला स्नान

    सिरहा,मंसिर ३ गते। धनुषा र सिरहाकोको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुँइचो लागेको छ । धनुषाको सबैला नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न शुक्रबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्।कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुँइचो लागेको हो ।सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नव धाँमीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् । कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १७५ पटक पढिएको
  • बस र हायस ठोकियो, दुईको मृत्यु, आधा दर्जन घाइते

    सप्तरी ,मंसिर २ गते – सप्तरीमा यात्रुवाहक बसले विहिवार हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–८ बेरियमा दुर्घटना भएको हो ।पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४ प ५०७९ नम्बरको हायसलाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । यद्यपी, मृतकको सनाखत भने हुन सकेको छैन् । दुर्घटनामा परेर घाइते भएका केही यात्रुलाई विराटनगर र केहीलाई कञ्चनरुपस्थित धर्मेश्वर हस्पिटलमा उपचारको लागि भर्ना गरिएको प्रहर

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १६३ पटक पढिएको
  • धनुषामा भुत मेला जाँदै गरेको ट्याक्टर दुर्घटना स: २ भारतीयको ज्यान गयो, १८ घाइते

    जनकपुरधाम, मंसिर २ गते –धनुषामा भुत मेला हेर्न तीर्थालु बोकेर जाँदै गरेको ट्याकटर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीका कार्तिक पूर्णिमको दिन लाग्ने भुत मेला हेर्न तीर्थालु बोकेर गइरहेको अनटेस्ट भारतीय ट्याक्टर बिहीबार अपराहन्न ५ बजे हुलाकी सडक खण्ड अन्तर्गत धिनुषाको वदेह नगरपालिका ७ बेलापट्टीमा पल्टेको हो ।अर्को ट्याक्टरलाई अभरटेक गर्ने क्रममा ट्याक्टर पल्टेर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र त्रस्नेतलो टुडेपाटीलाई ानकारी दिए ।उनका अनुसार दुर्घटनामा दुई भारतीय नागरिकको उपचारको क्रममा प्रादे

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • २०९ पटक पढिएको
  • प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयसहित चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

    जनकपुरधाम,मंसिर २ गते – प्रदेश–२ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ।सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय रहेका छन् ।ती मन्त्रालयमा सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन भने अन्य मन्त्रालयको आर्थिक र प्रशासनिक गतिविधि दुई महिनादेखि ठप्प छ। मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम रोकिएका छन्।प्रदेशको आन्त

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ११९ पटक पढिएको
  • कारागारमै कैदीले गरे आत्महत्या

    रौतहट,मंसिर २ गते –  जिल्ला कारागार कार्यालय रौतहटमा बन्दी जीवन विताइ रहेका एकजना कैदीले आत्महत्या गरेका छन ।रौतहट जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक र जर्वजस्ती करणी मुद्दामा २१ वर्ष जेल सजाय र ३० हजार रुपैया जरिवाना सजाय पाइ बन्दी जीवन विताइ रहेका स्थानीय देवाही गोनाही नगरपालिका ७ बस्ने २२ वर्षीय लराइ साह तेलीले कारागार भित्र रहेका शौचालयमा गम्छाले घाटीमा पासो लगाइ आत्म हत्या गरेका हुन् । २०७६ साल बैशाख ४ गते देखि कारागारमा रहेका साहले दिउँसो करिव १ बजेको समयमा पासो लगाएर अचेत भएको अवस्थामा देखिएपछि कारागार प्रशासनले उपचारको साहलाई जिल्ला अस्पताल गौरमा लैजाँदा दिउँसो २ बजेर १० मि

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ८८ पटक पढिएको
  • पर्सामा फेरि फस्टायो गाजा खेती

    वीरगन्ज,मंसिर २ गते – एक दशकअघिसम्म पर्सा जिल्लालाई नेपालको अफगानीस्तान भनिन्थ्यो । कारण थियो , जिल्लाभर खुलेयाम रुपमा लागुऔषध गाजाको खेति र कारोबार हुन्थ्यो । यति सम्मकी ग्रामीण भेगका प्रहरी चौकीहरु नै गाजा खेतीको बीचमा हुन्थे। तर, २०६७ सालमा प्रहरी प्रशासनले कडाइ र कारबाही अभियान नै चलाएपछि जिल्लामा गाजाको खेती पूर्णरुपमा रोकिएको थियो ।पर्सा जिल्लामा एक दशक पहिले विस्थापित भएको गाजा खेती अहिले भने फेरि फस्टाउन थालेको छ। दुई वर्षयता कोभिड १९ संक्रमण नियन्त्रण र लकडाउनमा जिल्लाका सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको मौका छापेर कारोबारीहरु गाजा खेती गर्न हौसिएका छन् ।खासगरी राष्ट्रिय वन र निकुन्

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १३७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२