X wada

स्थानिय

    Showing १,१७१-१,१८० of १,३२२ items.
  • अबैध लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

    सिरहा,मंसिर ५ गते – सिरहाको नरहा गाउँपालिका वडानम्बर ३ स्थित डण्डाटोल जाने बाटोबाट सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरालाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले बताए ।उनका अनुसार यी दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको छ ।पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १२७ पटक पढिएको
  • सिरहाको विभिन्न स्थानको अवैधरुपमा गाँजा खेती लागाएको प्रहरीद्धारा फडानी

    सिरहा,मंसिर ५ गते – सिरहाको प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा खेतमा लागाएको गाँजा फडानी गरेका छन् । । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नगरपालिकोको ७, ८ र १० नम्वर वडाको करिव १० विगहा जमिनबाट ५० हजारभन्दा बढी गाँजाको बोट फटानी गरी आगजानी गरेको हो ।अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियोन अन्तर्गत आज फल लाग्नु भन्दा अगावै फडानी गरिएको डिएसपी बुढाथोेकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान प

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १७२ पटक पढिएको
  • दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु

    सप्तरी,मंसिर ५ गते –सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको  प्रहरीले जनाएको छ । स ६ प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १३० पटक पढिएको
  • २२ एसपीको सरुवा, को कहाँ

    सिरहा,मंसिर ५ गते – नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौंका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरि

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १५१ पटक पढिएको
  • थप दुई मन्त्रीको आज सपथ

    जनकपुरधाम,मंसिर ५ गते – प्रदेश २ को गठबन्धन सरकारमा आईतवार दुई जना मन्त्री थपिने भएका छन् ।जनता समाजवादी पार्टी९ जसपा०नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी९एस०बाट सत्रुधन महतो र प्रमोद कुमार यादव सहभागि हुने भएका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट निर्वाचित साँसद महतो उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि महतो भने संघीय सरकारमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर को ‘ख’बाट निर्वाचित संविधान सभा सदस्य यादव पहिलो पटक मन्त्री बन्न लागेका हुन । यादवलाई कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दि

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १३९ पटक पढिएको
  • लागूऔषध सहित एक युवक पक्राउ

    वीरगञ्ज,मंसिर ५ गते – पर्साबाट प्रहरीले उक हजार ३५० थान लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले धोविनी गाउँपालिका–२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो ।ना.४५प. ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका उनको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘लागूऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने ।साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १४९ पटक पढिएको
  • विश्व बाल दिवस

    सिरहा,मंसिर ४ गते –हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान्  । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला  । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ  ।हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के व

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • २०३ पटक पढिएको
  • महोत्तरीमा हराउने मानिस बढे

    जलेश्वर,मंसिर ४ गते – महोत्तरी जिल्लामा साउन महिनादेखि असोज महिनासम्ममा ५० जना हराएको (बेपत्ता) देखिएको छ । बेपत्ताहरुमध्ये १५ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले साउनदेखि असोज महिनासम्ममा ज्येष्ठ नागरिक, महिला, बालकबालिका गरी ५० जना मानिस बेपत्ता भएको उजुरी रहेको जानकारी दिनुहुँदै सोमध्ये १५ जना मात्रै फेला परेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता विष्टले आ.व।२०७८–०७९ को पहिलो त्रैमासिकमा (साउन, भदौ र असोज महिना) सम्पादन गरिएको कार्यहरुको जानकारी दिनुहुँदै

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १३६ पटक पढिएको
  • ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक साधु पक्राउ

    सिरहा,मंसिर ३ गते –धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक वृद्ध साधु पक्राउ परेको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका(६ घर भई ३र४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी राम रहेका छन् ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले क्षीरेश्वरनाथ नगरपालिका(८ को इच्छापुर स्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई पक्राउ गरिएको बताए ।पीडित परिवारजनले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी द

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १९५ पटक पढिएको
  • अबैध लागू औषध सहित २ जना पक्राउ

    सिरहा,मंसिर ३ गते– सिरहाकोे धनगढीमाई नगरपालिका वडा नं. १० स्थितमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले  पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं. ०२—०२३–प.९३९ नं.को (ओन टेस्ट) मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं। ७ बस्ने अं। बर्ष २५ को नागेश्वर भगत र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. ५ बस्ने अं। बर्ष २९ को रमन कुमार कर्ण समेतको साथबाट नोफिन–१९४ एम्पुल, प्रोमिथोजाईन– ३४२ एम्पुल, डाईजोपाम– ३८२ एम्पुल र लेवल नभएको– १८२ एम्पुल समेत फेला पारी मानिसहरु नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईक

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • ३५७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२