वीरगन्ज,मघा २६ गते – पर्सामा निर्माणधीन वीरगन्ज(ठोरी हुलाकी सडक, ठेकेदार र चितवन राष्ट्रिय निकुन्जका कारण समयमै सम्पन्न हुन नसक्दा अलपत्र परेको छ। पर्सामा वीरगन्जको प्रतिमा चोकदेखि ठोरी गाँउपालिकाको चौतारासम्म ६० किलो मिटर हुलाकी सडक दुई वटा निर्माण कम्पनीले चार वर्षअघि ठेक्कामा लिएका हुन्। वीरगन्जको प्रतिमा चोकदेखि सेढवाको चमरी होलसम्म सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी होलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटरको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले सकारेको हो। वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँ
काठमाडौं,माघ २६ गते – गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुले नयाँ रुट खोज्न थालेका छन्। केही म्यानपावर व्यवसायीहरु नै सर्वसाधारणबाट महंगो पैसा लिएर भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउने गर्दै आएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा भएकाहरुलाई प्रस्थान अनुमति नदिएपछि मानव तस्कहरुले भारत, श्रीलंका हुँदै मलेसिया र खाडी मुलुक पठाउने प्रयत्न गरेको खुलेको छ। गत शुक्रबार धादिङकी रुपा तामाङ भारतको नयाँदिल्ली जाने भन्दै विमानस्थल पुगिन्। एयरलाइन्सले उनलाई बोर्डिङ पास दियो तर अध्यागमनले नयाँ दिल्ली जाने प्रस्थान अनुमत
काठमाडौं, माघ २६ गते – पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ रु मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ रु भन्ने समेतको सुझाव दिनेगरी उपसमिति गठन भएको
काठमाडौँ, माघ २५ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गर्नुभएको छ । श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा अस्पताल निर्माण सम्भाव्यताको अध्ययन टोली गठन गर्नुभएको हो । सो टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने जनाइएको छ ।अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्
सिरहा,माघ २५ गते – प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका– ७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो । साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । साथै यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।
काठमाडौं माघ २५ गते – निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् । दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६।०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब
काठमाडौं, माघ २५ गते – उपभोगनै गर्न नसक्ने गरी पेट्रोल, डिजल र एलपी ग्याँसको मूल्य अकाशिएसँगै उपभोक्ताहरुले यसको विकल्प खोज्न थालेका छन् । विदेशी मुलुकबाट आयात गरिएको इन्धनको मूल्य पटकपटक बृद्धिसँगै जीवन गुजारा गर्न धौधौ हुन थालेपछि विकल्पको रुपमा उपभोक्ताहरुले विद्युतीय सामग्री प्रयोग गर्न थालेका छन् ।केही समयअघिसम्म चुल्होमा ग्याँस नै प्रयोग गर्नुपर्ने बाध्यता थियो तर हिजोआज विद्युतीय इन्डक्सन चुल्हो विकल्पको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । यता भञ्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो वर्षहरुको तुलनामा विद्युतीय सवारीसाधनको आयत समेत बृद्धि हुँदै गएको छ । विभागका अनुसार हाल नेपालमा ४०
सिरहा,माघ २५ गते – सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ ।
काठमाडौं,माघ २५ गते – अध्यागमन विभागले भिजिट भिसामा दुबई जान लागेका तीन जनालाई सोमबार प्रस्थान अनुमति नदिई फिर्ता गरेको छ। अध्यागमनले अर्घाखाँचीका सजना केसी, संखुवासभाका महेश घिमिरे र गोरखाका यम गुरुङलाई शंकास्पद यात्रा भन्दै अनुमति नदिएको हो। अर्घाखाँचीका केसी र संखुवासभाका घिमिरेले भिजिट भिसामा दुबई जानुपर्ने औचित्य पुष्टि गर्न सकेनन्। उनीहरुले गृह मन्त्रालयलयले तोकेको मापदण्ड अनुसार कागजात बुझाउन नसकेपछि अध्यागमनले उनीहरुलाई फिर्ता गरेको हो। गोरखाका गुरुङलाई अध्यागमन कार्यविधि बमोजिम श्रम अवधि नभएकाले फर्काइएको अध्यागमन स्रोतले बताएको छ। अध्यागमनले सोमबार नै अन्य दुई जनालाई पनि प
सिरहा,माघ २५ गते – सिरहाको सखुवानन्कारकटि गाँउपालिकामा १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गर्ने पाँच दाजुभाइ लाई सखुवा नन्कारकटि गाँउपालिकाले दोसल्ला ओढाई सम्मान गरेको छ ।आमा शङकरियादेवी यादव, पिता पतासी यादव र काका फुसयाही यादवका सम्झनाका लागि एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले बताउनुभयो । जग्गा दान गरेपछि सखुवानन्कारकटि गाँउपालिकाले दोसल्लार र सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो । पाँच जना दाजुभाइ सम्मानबाट खुसी भएका छौं, उहाँले भन्नुभयो ।सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.