X Sharama Funecure

आर्थिक

    Showing १६१-१७० of ५४३ items.
  • पीपीए खुलाउन इप्पानको माग

    काठमाडौं,फागुन १७ गते – स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुलाउन माग गरेको छ। इप्पानले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै भनेको छ, ‘प्राधिकरणले पीपीए नगर्दा ऊर्जा उद्यमीहरूको अर्बौं लगानी जोखिममा परेको छ।त्यसैले तत्काल पीपीए खुलाउन माग गर्दछौं।’ ज्ञापनपत्र बुझ्दै घिसिङले आफू उद्यमीहरूको मागप्रति सकारात्मक र संवेदनशील  रहेको बताए। अहिले प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २ सय १५ वटा आयोजनाले प्रक्रिया र मापदण्ड पूरा गरेर पीपीएका लागि आवेदन दिएका छन्। उत्पादन अनुमतिपत्र लिएकाहरू

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १०३ पटक पढिएको
  • सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

    सिरहा,फागुन १७ गते –  सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ ।हनुमाननगर कंकालिनी नगरपालिका(१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय लागेको छ । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण गरेको छु ।’ विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियर अध्ययन गर्ने उनी हालै कोरोनाका कारण एक महिना कलेज बन्द भएपछि गाउँ फर्किएका थिए । त्य

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १०३ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,फागुन १६ गते – सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • ९५ पटक पढिएको
  • एमसीसी सम्झौता संसदबाट बहुमतले अनुमोदन

    काठमाडौं,फागुन १६ गते – नेपाल सरकार र अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।आइतबार साँझ ११बुँदे व्याख्यात्मक घोषणा समेटिएको पुरक प्रस्तावसहित एमसीसी सम्झौता संसदको बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता र व्याख्यात्मक घोषणासहितको पुरक प्रस्तावलाई दोस्रो बैठकमा प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई ध्वनिमतको प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।यसअघि पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • ९१ पटक पढिएको
  • सहकारीका अध्यक्ष माथि चोरीको आरोप

    जनकपुर,फाल्गुन १६ गते । धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् । गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २्३ थान ल्याप

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १२२ पटक पढिएको
  • एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ

    काठमाडौं,फागुन १५ गते – काठमाडौं महानगरपालिका १, नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १०३ पटक पढिएको
  • जलेश्वरमा शिव आगमनको आभास

    महोत्तरी,फागुन १५ गते –  शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ्गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ गरिएको छ ।  कलश शोभायात्रा सोमबार र विशेष महाशिवरात्रि पूजा मङ्गलबार गरिँदै छ । शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’( जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गर्नुभएको हो )।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गर्नुभएको जनाइएको छ । अहिले  मन्दिर सिँगार्ने काममा दर्जनाँ कामदार लागेका छन् । महाशिवरात्रि आउन तीन दिन मात्रै बाँकी रहँदा शिवभक्तिका गीतसङ्ग

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३० पटक पढिएको
  • ३५ लाखभन्दा बढी रुपैयाँ खर्च गरेर भण्डारा

    सिरहा,फाल्गुन १५ गते । मधेसमा कसैको निधन, विवाह, पूजापाठ र अन्य कार्यक्रममा भोज (भण्डारा) गर्ने चलन छ । अहिलेको समयमा सय र दुई सय साधुसन्तलाई भण्डारा खुवाउन मुस्किल पर्छ । तर सिरहाको औरही गाउँपालिका ३ तुलसीपुरमा एक साधुले ५२ मण्डलका साधुसन्तलाई भण्डारा गरेका छन् ।साधु विष्णु दास बावा र उनका सहयोगी भागरथ दास ९राजीव ठाकुर०ले यति ठूलो भण्डारा गरेर धेरैलाई चकित पारेका हुन् । तुलसीपुरको गागन नदी किनारमा एउटा राधाकृष्ण मन्दिर छ । त्यहाँ ति बाबाले १५ दिने श्री श्री १००८ श्री विष्णु महायज्ञको आयोजना गरेका थिए । महायज्ञको अन्तिम दिन शनिवारमा विशाल भण्डाराको आरोपना गरेको थियो ।भण्डारामा ५२ मण्डलीका करिब

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • २५१ पटक पढिएको
  • बजारमा दुधको फरक–फरक मूल्य

    जनकपुर,फाल्गुन १५ गते । मधेस प्रदेशको राजधानी जनकपुरमा दुधको मूल्यमा एकरुपता पाइँदैन । बजारमा फरक–फरक मूल्यमा दुध पाइने गरेको उपभोक्ता बताउँछन् । व्यापारीहरुले मूल्यमा एकरुपता नदेखिनुमा गुणस्तर र शुद्धता मुख्य कारक रहेको तर्क गर्दै आएका छन् । बढी मूल्यमा दुध बेच्दै आएका व्यवसायीले आफूहरुले शुद्ध दुध बेच्ने गरेको दाबी गर्दै आएका छन् भने तुलनात्मक रुपमा केही सस्तोमा दुध विक्री गर्दै आएका व्यवसायीहरु भने बजारमा पानी नमिसाएको दुध नै नपाइने दाबी गर्दछन् ।जतिसुकै मूल्य तिरे पनि शुद्ध दुध नपाइने महोत्तरी गाउँपालिका वडा नम्बर १, पर्सा बस्ने सर्वोत्तम ठाकुर बताउँछन् । उनले भने, ‘दुध बेच्नेले ८० रुपैयाँ

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ११४ पटक पढिएको
  • गौर राइस मिलको जग्गाको नक्कली कागजात बनाउनेमाथि कारवाही भएन

    रौतहट,फागुन १५ गते – गौर राइस मिलको जग्गाको बिक्री गर्ने प्रयोजनका लागि नक्कली कागजात सिफारिस गर्नेमाथि स्थानीय प्रहरी प्रसाशनले हाल सम्म कारवाही अघि बढाउन सकेको छैन ।सार्वजनिक रुपमा प्रयोग हुँदै आएको मिलको नाउंमा दर्ता रहेको ५ विघा १९ कठ्ठा १५ धुर जग्गाको मालपोत रजिष्ट्रेशन प्रक्रियाको लागि गौर नगरपालिका– १ का वडा सचिवले वडा नम्बर ३ का वडा सदस्य लाल महमदको दवावमा किर्ते घर बाटो प्रमाणितको कागजात तयार पारेको सार्वजनिक रुपमा स्वीकार गरे पनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालय रौतहटले कुनै कारवाही अगाडि बढाएको छैन । गौर नपा–१ का वडा सचिव विनोद पासवानले रक्सी खाएको बेला झुक्याएर सिफा

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १०६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२