रौतहट, माघ २९ गते । अनधिकृत बसोबासको कारण बागमती नहर सफाइ र मर्मतमा समस्या हुँदा सिँचाइ प्रभावित बनेको छ। सुकुम्बासी हुँ भन्दै बागमती नहरको डिल ९ड्याम०मा घरटहरा बनाई बसेका बस्तीको कारण नहरको मर्मत र सफाइ कार्य हुन नसक्दा सिँचाइ प्रभावित बनेको हो। बागमती सिँचाइ परियोजनाको रौतहट खण्डमा पर्ने पूर्व–पश्चिम मूल नहरको चन्द्रपुर–५, राजपैडादेखि थलहीटोल हुँदै चन्द्रपुर–६, जङ्गल छेउसम्म करिब चार किलोमिटर दायाँबायाँ ड्याम अतिक्रमण गरी बस्ती बसेको छ। दुई सयभन्दा बढी घरधुरी रहेको सो स्थानमा पशुपालनसमेत गरिएको छ। डिल तल खेती गरी नहर साँघुरो पारिएको छ। चन्द्रपुर–६, बेल्डी नहर अतिक्रमण ग
सिरहा,माघ २७ गते । सिरहाको मिर्चैंया नगरपालिकाले वर्षौदेखि नगरपालिका जाने मुख्य बाटोमा अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि बनाइएको घर टहराहरु भत्काउन शुरु गरेको छ । सार्वजनिक क्षेत्रलाई मिचेर घर टहरा बनाएका कारण बजार क्षेत्र नै कुरुप देखिएको तथा बाटो साघुँरो भएकाले बाटो फराकिलो बनाउन घर टहरा भत्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिका र मुख्य बजार जाने मुख्य बाटो रहेकाले बाटो सानो हुँदा यावतजावत गर्नेहरु वर्षौदेखि समस्यामा पर्दै आएका छन् ।नगरप्रमुख श्रवण यादवले सम्बन्धित व्यक्तिहरुलाई पटक पटक लिखित र मौखिक रुपमा बाटोमा बनाइएको घर टहरा भत्काउन भनिए पनि वेवास्ता गरेपछि वाध्य भएर घर टहरा भत
जनककपुर,माघ १७ गते । इलाका प्रहरी कार्यालय महेन्द्रनगर,धनुषाको हिरासतबाट फरार भएका छ जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरारमध्ये रोशन महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोलाई सोमबार साँझ यसै जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । महतोमाथि अवैध हातहतियारको मुद्दा चलिरहेको छ । उनलाई गत बिहीबार प्रहरीले हतियारसहित पक्राउ गरी शनिवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको थियो । सोही कसुरमा पक्राउ परेका शङ्कर महतोसहित पाँच जना अझै फरार अवस्था
जनकपुर, माघ १४ गते । मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ ।धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।” यस हिसाबले महिनामा आठ दिन अत्यधिक भीडभाडको धनुषाधाम मेला भर्न धनुषा,
काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं। २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ अन्तर्गत उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थामा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारीका लागि नेपालको ना
बर्दिबास, माघ ७ गते । जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले लगत्तै ७ बुँदे सुझावसहित अनुगमन प्रतिवेदन जारी गरेसँगै स्थानीय तहका प्रमुख देखि अधिकांश जनप्रतिनिधिहरूमा तरङ्ग आएको छ । जनप्रतिनिधिहरू आफू चोखिन दिनहुँ जस्तै पत्रकार सम्मेलन गरी नाटकीय प्रतिक्रियाहरू दिँदै आएका छन् । बर्दिबास नगरपालिका समितिलाई नै उल्टै गलत साबित गर्ने प्रयास गर्दै पत्रकार सम्मेलन गरेसँगै जिल्ला समन्वय समिति महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधिहरू क्रसरमा संलग्न हुनु दुर्भाग्य भएको जनाएको थियो । जिम्मा पा
सिरहा,माघ १ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
पोखरा, माघ १ गते । चालक दलका चार सदस्य र ६८ जना यात्रु बोकेर कामाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरा विमानस्थल नजिकै बढी टर्निङ् लिन खोज्दा दुर्घटनाग्रस्त भएको अनुमान लगाइएको छ । विहान १० बजेर ३३ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरण हुनै लाग्दा सेती खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो । पोखराको मौसम पनि सामान्य र त्यहाँको भौगोलिक अवस्था पनि सामान्य नै रहेका कारण विमान के कारणले दुर्घटनामा पर्यो भन्ने चासोको विषय बनेको छ । दुर्घटनाको विषयमा छानविन हुन बाँकी छ ।तर, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान चालकले बढी टर्निङ् लिन खोज्दा जहा
झापा,पुस २७ गते । झापामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिएका छन् ।भोजपुरको अरुण गाउँपालिका वडा नं. १ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर
काठमाडौं, पुस २७ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।जसपाका मधेश प्रदेशका मुख्य सचिव दिनेशकुमार यादवका अनुसार सङ्घीय सत्तासमीकरण बमोजिम ६५ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश सभामा १०७ जना सदस्य रहेकोमा सरकार गठन गर्न बहुमतका लागि कम्तिमा ५४ जना प्रदेश सभा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.