X Sharama Funecure

All Posts By सुरेश कुमार कर्ण

    Showing २१-३० of ८२ items.
  • धनुषामा तीनजना बालकको पोखरीमा डुबेर मृत्यु

    सिरहा भदौ २० गते ।धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीनजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्।मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा हुन्।

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ४०८ पटक पढिएको
  • बरियापट्टीमा एक पुरुको लाश फेला

     बरियापट्टीमा एक पुरुको लाश फेलासिरहा भदौ १७ गते ।सिरहाको बरियारपट्टीमा एक पुरुको लास फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ दशगज्जा भन्दा २ सय मिटर उत्तरमा रहेको खेतको आलिमा बेवारिसे अवस्था एक पुरुषको लाश फेला परेको छ ।सशस्त्र प्रहरी बलको क्याम्प भन्दा अन्दाजी २ सय ५० मिनेट पुर्व रहेको लासको सनाखत भएको छैन । शवलाई पोष्टमाटमसका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ३९८ पटक पढिएको
  • तीनजना अनसनकारी अस्वस्थ

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १,६४१ पटक पढिएको
  • वर्षौसम्म कमला पुल नबन्दा जोखिमपूर्ण यात्रा

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन कमला पुलको कार्य सम्पन्न नहुँदा सर्वसाधारणहरूलाई सास्ती भोग्नु परिरहेको छ ।१३ वर्ष अघि नै कमला नदीमा पुल निर्माण कार्य सम्पन्न भएर उद्घाटनको अवस्थामा रहेको बेला सिरहातर्फका दुई वटा पिलर भासिएपछि आवतजावतमा यात्रुहरुलाई सास्ती भोग्नु परिरहेको छ । कमला पुल भासिए पनि जोखिमपूर्ण यात्राका लागि दुवैतर्फका यात्रुहरुलाई बाँसको लचका र भ¥याङको प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।हुलाकी सडक आयोजना अन्तर्गत निर्माण भएको सो पुलको निर्माण गर्ने कम्पनी माथि मुद्दा दायर पनि भएको छ । अदालतमा मुद्दा भएको कारणले पुलक

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३४९ पटक पढिएको
  • १४ क्विन्टल गाँजासहित दुईजना पक्राउ

    सिरहा भदौ ६ गते । धरानबाट प्रहरीले १४ सय केजी गाँजा बरामद गरेको छ। धरान १३ स्थित सारङ्बाट प्रहरीले आज ९बिहीबार० बिहान ९ बजेतिर १४ क्वीन्टल गाँजा बरामद गरेको हो। १ क्वीन्टलमा एक सय किलोग्राम हुन्छ। यससँगै लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो। ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ। उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक गरी ट्रकमा ल

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • २४९ पटक पढिएको
  • पेट्रोल र डिजेलको भाउ घट्यो

    सिरह,श्रावण ३२ गते । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ।  निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ४९१ पटक पढिएको
  • मधेश प्रदेश,जग्गा खोज्दै

    सिरहा,श्रावण ३२ गते । मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयको प्रशासनिक भवन जीर्ण देखिएको हुँदा नयाँ जग्गा वा भवनका लागि विकल्पको खोजीमा दौडधुप बढेको छ ।मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी जग्गा तथा भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । मुख्यमन्त्री सतीशकुमार सिंहको अगुवाइमा मन्त्रीहरूको टोलीले धनुषाको नक्टाझिझसहित विभन्न स्थलमा रहेको जग्गा तथा कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको समेत अनुगमन गरेको छ ।संघीय सरकारको मातहतमा रहेका जनकपुरधामस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले मधेश प्रदेश सरक

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ३२८ पटक पढिएको
  • शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

    सिरहा,श्रावण १७ गते । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो ।उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो फर्कनुभएको थियो ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • १,७३६ पटक पढिएको
  • खाल्डोमा डुबेर एक बालकको मृत्य

    सिरहा,श्रावण १४ गते । रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।महोत्तरीको बर्दिवास–६ स्थित रातुखोला किनारमा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर अन्दाजी १३ वर्षका बालक रिदम विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । पौडी खेल्न भनी घरबाट निस्किएका बालक घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत अवस्थामा उनको शव फेला पारेका छन् ।उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका सयौं खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेसँगै बालबालिका पौडी खेल्न जाने गरेकाले यस्तो घटना

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ३३६ पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

    सिरहा,श्रावण  ९ गते । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ५७६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२