X Swastha nirdeshnalai

खेलकुद

    Showing ११-२० of ७३ items.
  • कंचिरामा मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु

    राजविराज, ८ पुस । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा आजदेखि मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराको आयोजनामा सुरु भएको प्रतियोगितामा मानिथम फुटबल टिमले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा समशेरपुर टिमलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै मानिथम फुटबल टिमले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोलीको खेल मोरङ्गको बिराटनगर र सिरहाको गोलबजार बीच हुने जनाएको छ ।  खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको सो प्रतियोगिता पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक समि

    • प्रकाशित मितिः पुष ८, २०८०
    • २७ पटक पढिएको
  • मदरल्याण्ड स्कुलमा कक्षा डेकोरेशन प्रतियोगिता

    वीरगञ्ज, ५ जेठ । वीरगञ्जस्थित मदरल्याण्ड सेकेन्ड्री स्कुलले आज कक्षा डेकोरेशन प्रतियोगिता आयोजना गरेको छ ।बार्षिक शैक्षिक क्यालेन्डर अनुसार विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा कक्षा ३ प्रथम, कक्षा ६ द्वितिय र कक्षा ७ तृतिय भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट शैक्षिक विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि राष्ट्रिय समाचार समिति पर्साका प्रमुख राजु विश्वकर्माले पुरस्कार वितरण गर्नुभयो ।विद्यालयका प्रिन्सिपल डा. नन्दन कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रिपोर्टस क्लब पर्साका अध

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • ८० पटक पढिएको
  • राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता

    सिरहा,फाल्गुन १२ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा दिंदै आजदेखि सिरहाको लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लहान नगर क्षेत्रभरि रहेका एघार वटा सामुदायिक विद्यालयका छात्र छात्राहरु सहभागी रहने छ । खेलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको छ । आजको उद्घाटन खेल अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फ पशुपति आर्दश माध्यमिक विद्यालयले जित हासिल गरेका छन् भने महिलातर्फ खेलाइएको खेलमा सगरमाथा मा.वि. ढोढनाले जित आफ्नो पोल्टामा पारेका हुन् । त्यसैगरी पुरुषतर्फ

    • प्रकाशित मितिः फाल्गुन १२, २०७९
    • १४३ पटक पढिएको
  • राजर्षि जनक कप आजदेखि हुने,जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने

    सर्लाही,माघ २५ गते । राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण आज बुधबार सुरु हुँदै छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा पहिलो दिन जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम बनाइएको प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी गराए । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिता

    • प्रकाशित मितिः माघ २५, २०७९
    • १३१ पटक पढिएको
  • गोलबजार स्पोर्ट क्लव विजयी

    सिरहा,माघ २४ गते । सिरहाको लहान नगरपालिका वडा नं. २२ गमहरीयामा सलहेश यूथ क्लवद्वारा आयोजित प्रथम गोल्ड कपको फाईनल पेनाल्टी खेलमा गोलवजार स्पोर्ट कल्वले गाईघाट फुटवल टिम गाईघाटलाई ३ का विरुद्ध ४ गोलले जित हासिल गरेको छ । विजयी गोलबजार स्पोर्ट क्लवलाई एकावन्न हजार नगद र दोस्रो हुने गाईघाट फुटवल कबल्वलाई सताईस हजान नगद ट्रफी तथा मेडल प्रदान गरेको थियो ।माघ १६ गतेदेखि संचालन भएको खेलमा सिरहा, ससप्तरी,  उदयपुर,धनुषा र सिन्धुली गरी ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाइएको छ । 

    • प्रकाशित मितिः माघ २४, २०७९
    • २१९ पटक पढिएको
  • मेयर कप अन्तर्गत मैत्रीपुर्ण महिला फुटबलमा मझौ बिजयी

    राजविराज,  ५ माघ । शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार छुट्टै मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत आज बिहीवार भएको शम्भुनाथ नगरपालिकाको मेयर ११ र प्रशासकीय ११ बीचको मैत्रीपुर्ण खेलमा मेयर ११ शुन्यका बिरुद्ध एक गोल अन्तरले बिजयी भएको छ । मेयर ११ को नेतृत्व शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ताले र प्रशासकीय अधिकृतको ११ को नेतृत्व प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले गर्नुभएको थियो । यस्तै बिहीवारै भएको शम्भुनाथ नगरपालिका भेट्रान र लहान भेट्रान बीचको मैत्रीपु

    • प्रकाशित मितिः माघ ६, २०७९
    • ९८ पटक पढिएको
  • प्रथम पुरस्कार सिसुवारी फुटवल टिमको पोल्टामा

    सिरहा,माघ २ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुल नाराका साथ शुरु भएको फुटवल टुर्नामेन्टमा सप्तरीको सिसुवारी फुटवल क्लवले नवाेबुध्द फुटवल क्लव मझाैलाई एक को विरुद्ध दुई गोलले  जित हसिल गरेको छ ।लहान नगरपालिका वडा नं. ११ स्थित पिडरबोनी फुटबल क्लव सिरहाद्वारा आयोजित फुटवल गोल्डकपमा विजयी भएका सिसुवारी फुटबल क्लवलाई एकाउन्न हजार नगदसहित शिल्ड प्रमाण पत्र प्रदान गरिएको थियो भने खेलमा दोस्रो हुने नवाेबुध्द फुटवल टिमलाई सताईस हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । पुस २३ गते आयोजित फुटबल गोल्ड कप टुर्नामेन्टमा सिरहा र सप्तरी जिल्लाका आठ वटा टिम सहभ

    • प्रकाशित मितिः माघ २, २०७९
    • १२४ पटक पढिएको
  • गोलबजारलाई पाखा लगाउँदै मझौ मेयर कपको सेमिफाइनलमा

    राजविराज, ३० पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा नमो बुध्द फुटबल टिम मझौ सप्तरी खडकनगर सेमिफाइनलमा प्रबेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार  सम्पन्न खेलमा कृपा चौधरीको ह्याट्रिकको मद्दतमा गोलबजार स्पोर्टस क्लब गोलबजारलाई  शुन्यका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मझौ सेमिफाइनलको यात्रा तय गरेको हो ।  दोश्रो हाफको ५ औं मिनेटमन मझौका कृपा चौधरीले गरी टिमलाई अग्रता दिलाएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको २६ औं मिनेटमा उहाँले मझौका लागि दोश्रो गोल गरेको थियो । खेलको २८ औं मिनेटमा चौधरीले ह्

    • प्रकाशित मितिः पुष ३०, २०७९
    • ४२६ पटक पढिएको
  • मेयर कपमा गोलबजार विजयी

    राजविराज, २६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव गोलबजारले विजयी सुरुवात गरेको छ ।  प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा बरख गण राजविराजलाई  एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै गोलबजारले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोली बुधवारको खेल आयोजक संयासी युवा फुटबल क्लव पोखरिया र  ब्रोदर्स फुटबल क्लब सिरहाबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्र

    • प्रकाशित मितिः पुष २६, २०७९
    • ४९ पटक पढिएको
  • गृहमन्त्री : टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

    काठमाण्डौ,पुस १९ गते । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यू

    • प्रकाशित मितिः पुष १९, २०७९
    • ३५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२