X Swastha nirdeshnalai

आर्थिक

    Showing १-१० of ५२८ items.
  • शंखमुलको दोभान पुल नजिक आगलागी

    सिरहा,बैसखा १६ गते । काठमाडौंको शंखमूलमा आगलागी भएको छ ।दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • १३२ पटक पढिएको
  • सुनचाँदीको मुल्य घट्यो

    सिरह,बैसाख १३ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबा

    • प्रकाशित मितिः बैशाख १३, २०८१
    • १३७ पटक पढिएको
  • महोत्तरीको मटिहानीमा भीषण आगलागी

    सिरहा,बैसाख १२ गते । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी(६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ। सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • १६४ पटक पढिएको
  • बटेश्वर गाउँपालिकाको एक वर्षको इन्धन खर्च ४३ लाख

    सिरहा,चैत्र २३ गते । जिल्लाको पहाडी खोचमा रहेको एक पालिकाले जनप्रतिनिधि र कर्मचारीको इन्धनमा एक वर्षमा ४३ लाख खर्च गरेको खुलासा भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका कार्यालयले एक वर्षमै इन्धनमा झण्डै ४३ लाख रुपैयाँ खर्च गरेको हो । आर्थिक वर्ष २०७९र०८० मा गाउँपालिका कार्यालयले ४२ लाख ८८ हजार २२ रुपैयाँ खर्च गरेको जनाएको छ ।इन्धन खर्चको विषयमा प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले कानुनबमोजिम नै इन्धन उपलब्ध गराएको दाबी गरे । तर, पालिकाका एक कर्मचारीकाले पालिका अध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनपरी आसेपासेलाई इन्धन बाँड्दा त्यसमा ठूलो रकम खर्च भएको दाबी छ ।अर्को कारण गाउँपालिका कार्या

    • प्रकाशित मितिः चैत्र २३, २०८०
    • १९९ पटक पढिएको
  • राजस्व संकलनमा पेट्रोलियम पदार्थको योगदान

    सिरहा,चैत्र २३ गते । जलेश्वर नाकाबाट सबैभन्दा बढी पेट्रोलियम ढुवानी भइरहेको जनाइएको छ । महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले संकलन गर्ने वार्षिक राजस्वमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी भइरहेको छ । भारतबाट आयात भएर भिठ्ठामोड नाका हुँदै नेपाल भित्रिने अन्य सामग्रीहरु मध्ये पेट्रोलियम पदार्थ ५५।५ प्रतिशत, कोइला ९ प्रतिशत, आलु ६ प्रतिशत, चामल ४ प्रतिशत, सेरामिक्स २ प्रतिशतको योगदान रहेको छ ।यसैगरी भन्सार राजस्व बढाउनमा उद्योगको खरानी मसाला, ग्रेनाइट, फलफूल तथा तरकारी मुख्य रुपमा रहेको छ । आर्थिक वर्ष ०८०र०८१ मा सो कार्यालयले अहिलेसम्म लक्ष्यको ८२।६५ प्रतिशत अर्थात् एक अर्ब ७

    • प्रकाशित मितिः चैत्र २३, २०८०
    • १५९ पटक पढिएको
  • सुन र चाँदीको मूल्य घट्यो

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँम

    • प्रकाशित मितिः फाल्गुन १०, २०८०
    • १३१ पटक पढिएको
  • गुठीको जग्गामा रहेका जनताको समस्या समाधान गर्न

    सिरहा,फालगुन ६ गते । सांसद नारायणी शर्माले राष्ट्रिय भूमि आयोगले काम गरिरहे पनि राजस्व तिर्न नसक्दा जनताले जमिन पाउनबाट वञ्चित रहेको बताएकी छिन् । उनले भूमिहीन तथा गुठीको जग्गामा रहेका जनताका समाधान गर्नका लागि सरकारका लागि ध्यानाकर्षण गराएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘भूमि आयोगले काम गरिरहे पनि कैयौँ कानुनी जटिलताका कारण जनताले जग्गाधनी पुर्जा पाउन सकिरहेका छैनन् । अधिक राजस्वले गर्दा जनताले पुर्जा लिन सक्ने अवस्था पनि छैन । नियम कानुनले पनि पुर्जा लिन समस्या भइरहेको छ । वनसम्बन्धी नियम वाधक भए त्यसलाई बदल्नुपर्ने र वनको समस्या हो भने जमिन

    • प्रकाशित मितिः फाल्गुन ६, २०८०
    • ३१९ पटक पढिएको
  • ट्रायलमा आफ्नै सवारी साधन

    सिरहा,माघ २८ गते । मधेश प्रदेश सरकारले सवारी साधनको सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा परीक्षार्थीले आफ्नै सवारी साधन चलाउन सक्ने निर्णय गरेको छ । यस अघि ट्रायल परीक्षा हुने स्थलमा सम्बन्धित ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा परीक्षार्थीले त्यसवापत अतिरिक्त रकम दिनुपर्दथ्यो । ट्रायल सेन्टरको सवारी साधन ट्रायलकै बखत चलाउँदा जानकारी भए पनि अप्ठ्यारो हुने गरेको गुनासा आउन थालेपछि मधेश प्रदेश सरकारले सम्बन्धित परीक्षार्थीले आफ्नै सवारी साधन लिएर ट्रायल दिने निर्णय गरेको छ ।जनमत पार्टी सरकारबाट बाहिरिएपछि श्रम तथा याता

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ८६ पटक पढिएको
  • ठगि मुद्दामा पक्राउ परेका प्र.अ.कर्ण अस्पताल भर्ना

    शिब दयाल यादबसिरहा,माघ २३ गते । सिरहाको चन्द्र माध्यमिक विद्यालय (चमावि)का प्राचार्य प्रधानाध्यापक मधुसुदन कर्ण अस्पताल भर्ना भएका छन् । व्यवसायीलाई ठगी गरेको आरोपमा सोमबार साँझ पक्राउ परेका प्राचार्य कर्णले पक्राउ परेको केही घण्टामै स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल भर्ना भएको बताईएको छ । प्रहरीका अनुसार, उनलाई प्रादेशिक अस्पताल सिरहाको एनआईसियूमा भर्ना गरिएको हो । उनलाई हर्टको समस्या देखाएको बुझिएको छ । नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सका संचालक सिरहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुदाको सुनुवाईको आधारमा प्रहरीले प्र

    • प्रकाशित मितिः माघ २३, २०८०
    • १५२ पटक पढिएको
  • दुई सय किलो माछाका सुकुटी बरामद

    बर्दिबास, पुस १९ गते । भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी ९सिद्रा० प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगे, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो । प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएपछि भारतीय माछाका सुकुटी तस्करी हुने गरेको रहस्य खुलेको हो । पूर्व पश्चिम लोकमार्गको बर्दिबास ५ स्थित माईस्थान चेक प्वाइन्टमा प्रहरी टोलीले सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको रेन्वो बसलाई तलासी लिँदा बसको छतमा रहेको जुट तथा प्लाटष्टिकको बोरामा माछाका सुकुटी फेला पारेपछि परेको प्रहरीले जनाएको छ । जलेश्वर भन्सार प्रमुख अमित पौडेलले महोत्तरीका नाकाबा

    • प्रकाशित मितिः माघ १९, २०८०
    • १६२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२