X Swastha nirdeshnalai

राष्ट्रिय

    Showing ११-२० of ९५५ items.
  • सभामुखद्वारा बैठक कक्षको अवलोकन

    काठमाडौं, माघ २१ गते । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गर्नुभएको छ ।सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार (आज) सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गर्नुभएको हो ।सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको छ । दैनिक नेपाल बाट

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ४७ पटक पढिएको
  • रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आयोगको छलफल

    काठमाडौँ, माघ २१ गते। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले  रिक्त रहेका विभिन्न २५ पदमा  हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ।प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ।विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ३९ पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकले गरे विभिन्न निर्णयहरू

    काठमाण्डौ,माघ १८ गते ।सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा। सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माल

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २० पटक पढिएको
  • छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख थापा र व्यवसायी चौधरी परे पक्राउ

    काठमाण्डौ,मघ १८ गते। प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा र व्यवसायी अरुण चौधरीलाई पक्राउ  गरेको छ ।कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि थापालाई काठमाडौंको बत्तीसपुतलीबाट तथा लैनचौरबाट चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  पक्राउ गरेको हो ।सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी चौधरीलाई पनि का पक्राउ गरेको जनाईएको छ ।सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • १३२ पटक पढिएको
  • छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु

    काठमाडौँ, माघ १८ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।  पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा ने

    • प्रकाशित मितिः माघ १८, २०८०
    • ५९ पटक पढिएको
  • ७ वटा रुग्ण उद्योग सञ्चालन सम्बन्धमा अध्ययन समितिको प्रतिवेदन अन्तिम चरणमा

    काठमाण्डौ,माघ १६ गते । सरकारले वर्षौँदेखि रुग्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएको छ । वर्षौंदेखि रुग्ण अवस्थामा रहेका उद्योग चलाउन प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीले समेत चासो देखाएका हुन् । सरकारको स्वामित्वमा रहेका तर बन्द अवस्थाका विभिन्न ७ वटा उद्योग सञ्चालनका लागि सरकारीस्तरबाट पहल भइरहेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जसरी पनि ७ वटा रुग्ण उद्योग चलाएरै छाड्ने योजना बनाएको छ । अघिल्ला उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो कार्यभार सम्हाल्दै रुग्ण उद्योग चलाउने घोषणा गरेका थिए । उक्त घोषणालाई वर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले

    • प्रकाशित मितिः माघ १६, २०८०
    • २९ पटक पढिएको
  • भ्रष्टाचार अवधारणा सूचकांकमा, नेपाल २ स्थान माथि उक्लियो

    काठमाण्डौ,माघ १६ गते । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले झिनो सुधार गरेको छ । व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष गत वर्ष ३४ अंक पाएको तुलनामा एक अंक बढाउदै यसपटक ३५ अंक  पाएको छ ।गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेकाले नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । ५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ६६ पटक पढिएको
  • नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्छ मेरो प्रष्ट मान्यता छ : प्रधानमन्त्री

    काठमाडौं, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभएको हो ।प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्चशिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उहाँले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताउनुभयो ।आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्द

    • प्रकाशित मितिः माघ १५, २०८०
    • ७१ पटक पढिएको
  • सम्पर्कविहीन नेपाल प्रहरीलाई,हाजिर हुन ताकेता

    काठमाण्डौ,माघ १० गते । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् ।सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

    • प्रकाशित मितिः माघ १०, २०८०
    • १२४ पटक पढिएको
  • विदेश जान ट्राभल एडभाइजरीसँगै आजदेखि नयाँ नियम

    काठमाण्डौ,माघ १० गते । भिजिट भिसामा विदेश जान आजदेखि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागु गरको छ ।भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि विभागले ट्राभल एडभाइजरीसँगै  नयाँ नियम लागू गरेको हो ।भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी ९पासपोर्ट० हुनुपर्ने गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने  गृह मन्त्रालय मातहतको अध्यागमन विभागले

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ६६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२